भारत की अग्निपुत्री – डा. टेस्सी थोमस


भारतकी अग्निपुत्री या मिसाइल-वुमन अव् इंडिया को रूपमा परिचित डा.टेस्सी थोमसलाई थोरै मात्र चिन्ने गर्छन। किनभने यीनले आफ्नो अहिलेसम्मको सम्पूर्ण जीवन भारतको अग्नि मिसाइललाई अनेक उन्नत एवं परिष्कृत संस्करणका लागि अनुसन्धान गरेर यसलाई विकसित गर्नुमा नै समय बिताएकी छन्।  भारतको 3500 किलो मीटर सम्म लक्ष्य साध्ने अग्नि- 4 मिसाइलको सफल परीक्षणपछिदेखि नै रक्षा अनुसन्धान एवं विकास संगठन अर्थात {DRDO} की यी महिला वैज्ञानिक डा. टेस्सी थोमसलाई अग्नि पुत्रीको नामले सम्बोधन गर्न थालिएको हो। जस्तो प्रकारले डा.ए.पीजे अब्दुल कलामलाई भारतका मिसाइल-मेन भनिन्छ, किन कि उनले आफ्नो सम्पूर्ण जीवन देशको मिसाइल कार्यक्रम अंतर्गत- पृथ्वी, आकाश, अग्नि, नाग, धनुष, त्रिशूल र ब्रहमोस जस्ता मिसाइलको अनुसन्धान र विकासमा समर्पित गरेका थिए। उसै गरी डा. टेस्सी थोमसका लागि पनि अग्निपुत्रीको नाम एकदमै उपयुक्त छ, किन भने यीनले यीनै मिसाइल परियोजनामा अग्नि मिसाइलका लगभग सबै संस्करणलाई जन्म दिएकी छन्। उनी डा.अब्दुल कलामलाई आफ्नो गुरु मान्छिन, जो भारतका मिसाइल कार्यक्रम र परियोजनाका जनक हुन। विश्वले डा. टेस्सी थोमसलाई त्यसमय चिन्यो जतिबेला यीनले 19 अप्रैल 2012 मा देशको सामरिक दृष्टिले अति महत्वपूर्ण र महत्वाकांक्षी मिसाइल परियोजना अग्नि-5 को प्रोजेक्ट डायरेक्टरका रूपमा अग्नि-5 को स्ट्राइक रेंज 5,000 किलोमीटरको मिसाइलको सफल परीक्षण गरेर देखाइन। भारतका लागि यो एक वैज्ञानिक उपलब्धि मात्रै थिएन तर यसले हाम्रो देशकोको सामरिक शक्ति र रक्षा कवच क्षेत्र विषय सम्पूर्ण विश्वलाई  परिचय दिएको थियो।
आज भारत अंतर महाद्वपीय मिसाइल प्रणाली अर्थात (Inter-Continental Ballistic Missile System – ICBM ) को क्षमताले सम्पन्न  विश्वको यस्तो पांचौ देश भएको छ, जसले 5000 कि. मी. सम्म आफ्नो मिसाइलको लक्ष्य मार्फत कुनै पनि शत्रुलाई उसको घरमा नै नष्ट वा घात मात्र नगरेर यसले आफ्नो नागरिकलाई पनि सुरक्षित रख्न  सक्षम छ।

 यसको श्रेय डा. टेस्सी थोमसलाई दिनसकिन्छ। डा. टेस्सी थोमसको जन्म अप्रेल – 1964 मा केरल राज्यको एक कैथोलिक परिवारमा भएको हो । उनको नाम शांतिकी दूत नोबेल पुरुस्कार विजेता मदर टेरेसाको नाममा राखिएको थियो। टेस्सी थोमस जब स्कूलमा पढ़्न थालिन त्यस समय नासाको अपोलो यान चन्द्रमामा उत्रिनेवाला थियो।टेस्सी थोमसलाई सदैव त्यस यानका बारेमा सुनेर  प्रेरणा प्राप्त भइरहेको थियो।टेस्सी थोमसको यो ती दिनहरूको एउटा सपना थियो,  अग्नि – 5 को सफलताले उनको मेहनत, लगन र प्रतिभाले केवल टेस्सी थोमसको मात्र सपना पूरा भएन तर यस देशलाई स्वदेशी राकेट र मिसाइल तकनीकले वैज्ञानिक र सामरिकरूपले आफ्नो खुट्टामा उभिएको हेर्न वर्षौ अघि डॉ. विक्रम साराभाई र डा. सतीश धवनले देखेको देशको सपना पूराभयो। टेस्सी थोमसले त्रिचुर इन्जिनियरिङ कलेजकालीकट (केरल) बाट बीटेक गरिन र यसपछि उनी एम्टेकको लागि पुणे स्थित डिफेन्स इंस्टिट्यूट अफ़ एडवांस टेक्नोलजीको प्रवेश परीक्षा पास गर्ने तीन छात्रहरू मध्ये एक थिइन र  पहलो महिला पनि। उनको यसै प्रतिभाका कारण उनलाई गाइडेड मिसाइल एंड वेपन टेक्नोलजी को विशेष कोर्सका लागि चयन गरियो। १९८५ मा  राष्ट्रीय स्तरको परीक्षामा प्रथम भएर उनले २१ वर्षको उमेरमा नै देशको रक्षा अनुसन्धान एवम विकास संगठन – DRDO –मा पाइला टेकिन र यस क्षेत्रमा पुरुषहरूको प्रभुत्वलाई तोडन सफल भइन। आफ्नो प्रतिभा, मेहनत एवं लगनका कारण 1988 मा डा. टेस्सी थोमस भारतकी मिसाइल परियोजनामा सामेल भइन, तब डा. अब्दुल  कलामले यस परियोजनाको नेतृत्व गरिरहेका थिए। डा. टेस्सी थोमस जो डा. कलामलाई आफ्नो गुरु मान्छिन र भनि्छन मीडियाले उनलाई अग्निपुत्री या मिसाइल वुमन जे पनि भनेर संज्ञा दिन्छ तर डा. कलामको  प्रतिभा र लगन साथै  देशप्रेम अघि म आजीवन नतमस्तक नै हुन्छु। डा. कलामसित उनले धेरै वर्षसम्म  काम गरिन। यो अनुभव नै उनको लागि आज पनि काम आइ रहेको छ। जो उनले DRDO  मा डा. अब्दुल कलामको नेतृत्वमा मिसाइल परियोजनामा उनीसित  काम गरेर प्राप्त गरेकी थिइऩ। एक विनम्र र साधारण लाग्ने डा. टेस्सी थोमसलाई जब अग्नि मिसाइल प्रयोगशालासित जोडिएको विषयमा प्रश्न उठ्छ तब उनी आफ्नो  प्रयोगशालामा आफ्नो विषय सलिड प्रोपेलेट्स सिस्टम अर्थात ( ठोस प्रणोदक प्रणाली ) लाई देशम चोटीकी विशेशज्ञ हुन्। यसै विशेषताका कारण नै उनी यस परियोजनाकी निर्देशक हुने गौरव पाउछिन। डा.टेस्सी थोमसलाई अग्नि मासायललाई परिष्कृत संस्करण विकसित गर्ने सम्पूर्ण जिम्मेवारी यसकारणले प्रदान गरिएको थियो, किनभने राकेट ठोस प्रणोदक प्रणालीमा जुन विशेषज्ञता छ, त्यबिना कुनै राकेट अथवा मिसाइललाई हवामा उड़ाउन सकिन्दैन। साथै डा. टेस्सी थोमसले गाइडेड मिसाइल सिस्टम मा पनि विशेषज्ञता हाँसिल गरेकी छन। यही विशेषताले कुनै रकेटलाई मिसाइलमा परिवर्तन गरिन्छ, र त्यसलाई अचूक निशानाका लागि तयार गरिन्छ। यी दुवै विशेषज्ञता एक्लो वैज्ञानिकमा हुनु, विश्व एक दुई  वैज्ञानिकमा नै सम्भव भएको छ। यस मध्ये एउटा नाम हो डा.टेस्सी थोमस।  यो हाम्रो देश भारतका लागि लाभान्वित र गौरवान्वित हुने विषय हो। अग्नि २ देखि अग्नि -5 सम्म सबै संस्करणहरूलाई विकसित गर्नमा डा.टेस्सी थोमसले महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन्। कुनैसंस्करणमा उनलाई सहायक निर्देशक बनाइएको छ भने कुनैमा एसोसिएट निर्देशक त कुनैमा  अतिरिक्त निर्देशकको रूपमा पनि काम गर्ने अवसर प्रदान गरिएको छ। अग्नि -5 को संस्करणका लागि उनलाई मिशन-डायरेक्टरका रूपमा कार्य गर्ने अवसर दिइएको थियो र यो कार्य सफलताका साथ पूरा गरेकी थिइन्।  वर्तमानमा उनी अग्नि परियोजनाकी निदेशक छन्।अग्नि -5 को परीक्षणका लागि डा. टेस्सी थोमसलाई मिशन डायरेक्टर नियुक्त गरिएको थियो। यसमा मिसायलको डिजाईन, निर्माण र अचूक परीक्षणको  पूर्ण कार्यभार उनको काँधमा थियो। यस जिम्मेवरीलाई पुरा गर्नका लागि डा. टेस्सी थोमसले लगातार तीन वर्षसम्म काम गरेकी थिइन्। यस प्रोजेक्टमा  देशभरिका लगभग दर्ज़नौ रक्षा र सार्वजनिक क्षेत्रमा प्रयोगशालाहरूका साना ठूला लगभग 1000 वैज्ञानिकहरूसित समन्वय गरेर जोखिमपूर्ण तकनीकीमा काम गर्दै आफ्नो नेतृत्वलाई डा. टेस्सी थोमसले सफलतापूर्वक पुरा गरिन। डा. टेस्सी थोमसला धेरै पुरुस्कारले सम्मानित गरिएको छ। भारतका राष्ट्रपति श्री प्रणव मुखर्जीको बाहुलीबाट उनलाई लाल बहादुर शास्त्री नेशनल अवार्ड -2012 ले सम्मानित गरिएको छ। यसरी नै 2001, 20072008 मा DRDO को तर्फबाट उनलाई विशेष तकनीकिको विकासका लागि पांच पल्ट पुरुस्कृत गरिएको छ।  कल्पना चावला पुरुस्कार, सुमन शर्मा पुरुस्कार जस्ता वैज्ञानिक क्षेत्रको प्रतिष्ठित पुरुस्कार र इंडिया टुडे वुमन अव् दी इयरको उपाधी 2009 मा प्रदान गरिएको छ। डा. टेस्सी थोमस एक कुशल गृहिणी पनि हुन्, जब उनी घरमा हुन्छिन तब कम्तिमा एकपल्टको खाना स्वयं बनाउने गर्छिन। भनिन्छ, एक टीभी चैनललाई समय बचाउनका लागि उनले आफ्नो भान्साघरबाट नै अन्तरवार्ता दिएकी थिइन्। उनको पति सरोज कुमार भारतीय नौसेनामा तैनात छन्। छोरा- तेजस उनले इजीनियरिंगको पढाई पढाई पूरा गरेका छन्। डा. टेस्सीका माता पिता विज्ञान पृष्ठभूमिबाट थिएनन्पिता एक अकाउन्टेन्ट र माता एक शिक्षिका थिइन तर  शुरूदेखि नै टेस्सीलाई गंणित र विज्ञानमा नै रूचि थियो। यस रूचिले उनलाई आज यो ऊचाईसम्म पुर्योयो। 

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद