बासुदेव बलवन्त फड्के -प्रियादर्शी दत्त (नेपाली अनुवाद)

बासुदेव बलवन्त फड्के
-प्रियादर्शी दत्त
सन् 1870 को मध्यतिर एकजना 30 वर्षीय उज्यालो अनुहारको रूप रङ र हेर्दा सुन्दर देखिने व्यक्ति जसलाई पुणेको गल्लीमा हातमा थाल चम्ची लिएर हिँडेको देखिन्थ्यो। चम्चीले थाल बजाउँदै उनी आफ्नो आगामी सम्बोधनबारे घोषणा गरिरहेका हुन्थे ‘आज बेलुकी सबै सानिवारवाडा मैदानमा आउनु पर्छ, हाम्रो देशमुक्त हुनुपर्छ, अंग्रेजहरूलाई बाहिर निकाल्नै पर्छ यसका लागि के गर्नुपर्छ त्यो उपाय मसित छ। ती उपायहरू सबै म आफ्नो  भाषणमा बताउने छु।’
यो भन्ने व्यक्ति हुन् बासुदेव बलवन्त फड्के जो पुणेस्थित सैन्य वित्त कार्यालयमा एकजना कर्मचारीका रूपमा सेवारत थिए। 4 नोभेम्बर 1845 मा ठाने जिल्लाको सिरडोनमा जन्मेका फड्केको परिवार कोणकणको एउटा गाउँबाट रहेको थियो। उनी बम्बई युनिभर्सिटीबाट स्नातक गर्ने प्रथम विद्यार्थीहरूको समूह मध्ये एकजना थिए। उनले ग्रान्ट मेडिकल कलेज र मुम्बईको कमिशार परीक्षण कार्यालयमा काम गरेपछि 1865 मा पुणे गएका थिए। उनी एकजना पारिवारिक जीवन भएका व्यक्ति थिए। त्यस समय पारिवारिक व्यक्तिले सरकारप्रति असन्तोषको भावनालाई लिएर उभिनु लगभग असम्भव नै थियो। तर उनले वास्तवमा नै त्यो आँट गरे जसले मध्य दिउँसो आफ्नो आगामी कार्यक्रमबारे घोषणा गर्दै हिँडेका थिए। त्यस समय उनी एक्लो व्यक्ति थिए जसले ब्रिटिशलाई बाहिर खेद्नु पर्छ भन्ने गर्थे। पश्‍चिमी भारतमा नवजात सार्वजनिक जीवन बम्बई प्रेसिडेन्सी एसोशिएसनर पुणे सार्वजनिक सभा आदिको उदाहरण केवल संवैधानिक राजनीतिसम्म नै सीमित थियो।
पुणेमा गरेको उनको भाषणले एउटा लहर सिर्जना गर्‍यो। उनको भाषण सुन्न मानिसहरूको भेट लाग्न थाल्यो। यसले गर्दा उनले पानभेल, ताले गाउँ र नर्सोबसी आदि स्थानमा जनसभालाई सम्बोधन गर्न आइतबारको दिनलाई प्रयोग गर्न थाले। उनी पहिलो भारतीय थिए जसले राजनैतिक विषय वस्तुलाई लिएर भ्रमण गरेका थिए। हुन त उनको भाषणले ईच्छा अनुसारको परिणाम ल्याउन सकेन। उनले जुन अपेक्षा गरेका थिए त्यस अनुसार जनता विद्रोही बन्न सकेनन्। यसले गर्दा उनले सार्वजनिक सभामा सम्बोधन गर्न छोडे। भाषण गर्न छोडे पछि उनले गोप्य सङ्गठनहरू गठन गर्न समर्पित भए। त्यस समय उनले एउटा स्थानीय जिम्नाजियम (अखडा)-लाई शारीरिक गठनका लागि प्रयोग गरे।  पुणे एउटा यस्तो स्थान थियो जहाँ मराठाको इतिहासका बिन्दुहरूसित सम्बन्धित  रहेको थियो। टोरना अथवा प्रचण्डगढ एउटा यस्तो  किल्ला थियो जसलाई शिवाजीले पहिलोपल्ट आफ्नो कब्जामा लिएका थिए। यो शहरदेखि धेरै टाढा थिएन।  फड्केले आफ्नो शारीरिक प्रशिक्षण शिविर पुणे नजिक गुलटेक डी पहाडमा शुरू गरेका थिए। 
उचित ढङ्गमा संरक्षित क्रान्तिकारी सङ्गठन हुनुपर्छ भन्ने फड्केको प्राथमिकता थियो। यसै अनुरूप उनले चारवटा समूह गठन गरे। पहिलो समूहले स्कूले छात्राहरूलाई लिएर तथा उनीहरूको शिक्षकको नजरदेखि टाढामा राखेर गोप्य स्थानमा सभाहरू गर्ने गर्थ्यो। फड्केका सङ्गठनका प्रवक्ताहरूले विद्यार्थीहरूलाई स्वतन्त्रताको उद्देश्य र ज्ञान भर्ने गर्थे। यसरी नै दोस्रो समूहमा घुमन्ते ब्याण्ड सामेल थियो यस समूहले शहरको परिक्रमा गरेर देशभक्ति गीत गाउने वा सुनाउने गर्थ्यो। तेस्रो समुहमा पनि एउटा साङ्गीतिक साँझको टोली थियो। यसले ब्रिटिश शासनको ब्यङ्ग गर्दै गीत गाउने गर्थ्यो भने भारतको दूरदशा र पीडा व्यथालाई केन्द्रित गरेर आलाप गर्थ्यो।
यसरी नै चौथो समूहमा मूल समूहका सदस्यहरू सामेल थिए। जसले क्रान्तिका गोप्य योजनाहरू बनाउने गर्थ्यो। फड्केले जनसञ्चारका नयाँ ढाँचा  शुरू गरेका थिए। उनले मानिसहरूमा आन्तरिक हृदयबाट नै देशभक्ति जगाउन भावनात्मक र आध्यात्मिक सम्बन्धलाई प्रयोग गरे। 
यहाँसम्मको यात्रामा उनले आफूलाई अग्रगामी प्रमाणित गरिसकेका थिए। लोकमान्य तिलक, लाला लाजपत राय, बिपिन चन्द्र पाल भन्दा अघि नै फड्केले भारतीय संस्कृतिमा देशभक्तिको भावना जगाउन सफल भएका थिए। यसपछि महाराष्ट्रमा सन् 1876-77 मा ठूलो अनिकाल लाग्यो। यस समय फड्के अनिकालबाट बद्लिएको समाजलाई हेर्न प्रभावित जिल्लाहरूको भ्रमण गरेर अनिकालले सिर्जना गरेको दयनीय स्थितिको साक्षी बने। उनले ब्रिटिशको जुन नीति छ त्यसलाई दाबी लगाउँदै यस विरूद्ध क्रान्ति गर्ने निर्णय पनि गरे। यसले पनि उनी अग्रगामी-भारतीय क्रान्तिका जनक हुन् भन्ने प्रमाणित गरे। राहतको अन्त्यमा अर्थात् 20 फरवरी 1879 मा फड्के र उनका साथीहरू जस्तै विष्णु गड्रे, गोपाल साथे, गणेश देवधर र गोपाल हरी कार्भेले पुणेदेखि आठ माइल टाढा उत्तरतर्फ एवं लोनीदेखि बाहिर आफ्नो दुईसय शक्तिशाली नागरिक सेवा तयार भएको  घोषणा गरे।
सम्भवतः भारतको यो पहिलो क्रान्तिकारी सेना थियो। फड्केले क्रान्तिलाई जीवान्त राख्नका लागि लूटमार गर्न आवश्यक छ भन्ने उद्देश्यमा चोरी डकैतीलाई स्वीकारेका थिए। उनले त्यस समय क्रान्तिमा भाग लिनका लागि घर छोड्ने आह्वान गरेका थिए। ‘हाम्रो पहिलो छापा पछि हामी धेरै हात हतियार धन जमा गर्न सक्छौं, हामीले पुलिस र सरकार विरूद्ध लड्नु पर्छ’ एक समयमा उनले भनेका थिए।
उनको जीवनको धेरै जसो क्षण जोखिमपूर्ण रह्यो। धनसङ्ग्रह गर्नु तथा हात-हतियार भेला गर्न फड्केको टोलीले कतिपय डरलाग्दो लुटमारलाई परिणाम दिएको थियो। यो कार्य विशेष गरी मुम्बई वरिपरि र पछि कोणकाणमा क्षेत्रमा भएको थियो। यस घटनाले ब्रिटिश शासनको मेरूदण्डमा चिसो पसेको थियो। फड्केको नामले सम्पूर्ण क्षेत्रलाई प्रेरणा दिएको थियो। मई 1879 मा फड्केले ऐतिहासिक उदघोषणा गरेका थिए। यस घोषणामा उनले सरकारको शोषणपूर्ण आर्थिक नीतिको निन्दा गर्दै सरकारलाई चेताउनी दिएका थिए। यस उदघोषणाका प्रतिहरू सरकार, कलेटर र अन्य सरकारी अधिकारीहरू समक्ष पठाइएको थियो। यस घटनाले सबैतिर सनसनी फैलायो। यसले गर्दा बकिम चन्द्र चट्टोपाध्यायको उपन्यास आनन्दमथ(1882)-को सार तत्वलाई अप्रत्यक्ष रूपमा प्रभावित पुर्‍याएको थियो। द टाइम्स, लण्डनमा जून 3, 1879 ले फड्के प्रक्रियालाई लिएर एउटा लामो सम्पादकीय पनि लेखेको थियो। यसले सरकारलाई भूमि मूल्याङ्कन नीतिलाई संशोधन गरेर कृषकहरूको अशान्तिलाई नियन्त्रण गर्ने सल्लाह दिएको थियो। यद्यपि, ब्रिटिश शासनले त्यसलाई स्वीकार गरेन। फड्केको छोटो जीवनकालमा भएको क्रान्ति लगभग पूरा भएको थियो। उनी आन्ध्राप्रदेशको कुरनल जिल्लास्थित श्री साईला मल्लिकार्जुना मन्दिर ज्योतिर्लिङ्ग जानका लागि महाराष्ट्र भागे। उनको आत्मकथाको दोस्रो भाग 25 अप्रेल 1879 मा समाप्त हुन्छ। जहाँ उनले सबै भारतीयहरू समक्ष आफ्नो असफलताकालागि क्षमा याचना गरेका छन्। छत्रपति शिवाजीको सालिग अघि एकपल्ट भ्रमण गरेर त्यस पवित्र स्थानमा आफ्नो जीवन बलिदान दिन चाहन्थे। तर उनलाई त्यहाँ जानबाट पुरोहितहरूले रोके। उनले रोहिला, शिख र अरबहरूसित मिलेर निजाम बलमा नयाँ क्रान्तिकारी सङ्गठन गठन गर्ने प्रयास गरे। उनले आफ्ना दूतहरूलाई भारतका विभिन्न प्रान्तमा पठाए। तर भाग्यले उनको योजनालाई सफल हुन दिएन। उनको योजना सफल हुनु अघि अर्थात् 20 जुलाई 1879 मा देवर नवदघीमा पक्राउ परे पछि उनको सपना चकनाचूर भयो। पुणेको अदालतमा भएको सुनुवाई पछि उनलाई आजीवान कारावासको सजाय सुनाइयो। त्यसताक उनका समर्थकहरू पीडा र गर्व दुवै बोकेर उनको संरक्षणमा सामेल भएका थिए। जेलमा उनलाई क्षय रोग भएको पहिचान गरियो। त्यस समय क्षय रोगको कुनै उपचार थिएन। आजीवन कारवास भन्दा फड्केले मृत्यु नै रूचाए।
एउटा स्वतन्त्रता सेनानीबाट यो भन्दा अधिक के आशा गर्न सकिन्छ? उनको मृत्यु 17 फरवरी 1883 मा 37 वर्षको उमेरमा भयो। यसै वर्ष महाराष्ट्रमा बीर सवारकरको जन्म भयो। फड्केको क्रान्तिकारी जीवन छोटो भए तापनि यसले स्वतन्त्र भारतका लागि सङ्गठित सैन्य गतिविधिकालागि मार्ग प्रशस्त गरेको थियो। (पीआइबी) लेखक एक स्वतन्त्र अनुसन्धानकर्ता एवं उदघोषक हुन्। यस लेखमा भएको विचार लेखक स्वयंको हो।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद