Dhara Vikash in Sikkim

धारा विकास कार्यक्रम
pani (water)मानव समाजको निम्ति अमूल्य संसाधन हो, तर वैश्‍विक तापमानमा वृद्धिका कारण मौसममा हुने परिवर्तनले प्रकृतिको यस निशुल्क उपहारलाई भारत जस्तो देशमा पनि (sangkat ko)समटको सामना गर्नुपरिरहेको छ। हाम्रो देश भारतमा बसोबासो गर्ने अरबौं मानिसहरूको निम्ति स्वच्छ जलस्रोतका रूपमा परिचित हिमालय क्षेत्रका कतिपय जलस्रोतहरू अहिले मौसममा निर्भर गर्नेभएका छन् अर्थात बाह्रैमास पानी पलाउने पानीका मुहानबाट लगभग 6 महिनामात्र पानी बग्नेगर्छ। अर्कातिर कतिपय पानीका मुहानहरू सुक्दै जानथालेका छन्। दिन प्रदिदिन बढ्दो जनसङ्ख्या र हिमालय क्षेत्रमा स्थापित विकास कार्यक्रमको परिणास्वरूप हिउँदका महिनामा पानीको समस्या बढ्दै जाने विषयले पहाडी क्षेत्रलाई समेत सताउन शुरु गरेको छ। पानीको मुहानलाई पारम्पारिक रूपमा संरक्षण गर्ने कार्य मात्र सीमित राखे पहाडी क्षेत्रमा बसोबासो गर्ने मानिसहरू चाँडै पानीको समटमा पर्ने स्थिति आउनसक्छन्। यसैले नयाँ तक्निकी र समाधानका उपायहरू खोजी गरी, हिमालय क्षेत्रका मानिसलाई वर्षभरि नै शुद्ध पिउने पानीको व्यवस्था सुनिश्‍चित गर्न आवश्यक देखिन्छ।
जनसङ्ख्याको वृद्धिसितै, वैश्‍विक मौसम परिवर्तनको समटलाई ध्यानमा राख्दै  सिक्किम सरकारले जल प्रबन्धनको विषयलाई उच्च प्राथमिकता दिएको छ। जलस्रोत संरक्षण गर्ने विषयमा विशेष राज्य सरकारले ग्रामीण क्षेत्रका नागरिकहरूको जलस्रोतलाई संरक्षण गर्न विशेष पहल गर्दैआएको छ।
वर्तमानमा विशेष ग्रामीण क्षेत्रका स्रोतहरू हराउँदै जाँदैछन्। यस्ता स्रोतहरूलाई संरक्षण गरेर वर्तमानसितै भावी-पिँढीका निम्ति सुरक्षित राख्न एक विशेष कार्यक्रम हुनु आवश्यक छ। यसै विषयलाई ध्यानमा राख्दै राज्य सरकारले सिक्किम ‘धारा विकास’ कार्यक्रम शुरु गरेको छ। सिक्किम राज्यमा जल स्रोतहरूको संरक्षण गर्न शुरु गरिएको धारा विकास सम्बन्धमा यहाँ चर्चा गरिन्छ।
हिमालयको ङ्गेदमा पानीको समस्यालाई समाधान गर्न प्रभावकारी ढङ्गमा कार्य शुरु गर्दै जलस्रोत उद्यानको नयाँ अवधारणा सिक्किममा विकसित गरिएको छ। जलस्रोत परिसरलाई संरक्षण गर्न, गाई-वस्तु चराउने र रुख काट्ने कार्यलाई रोकेर, जलस्रोत परिसरको जमीनलाई धेरै पानी रोक्नसक्ने क्षमतामा परिणत गर्न आवश्यक छ। यदि जलस्रोत परिसरमा पानी अडिन सक्ने क्षमता भएमा टिकाउ जलस्रोत हुनेछ अनि मात्र हिउँदका दिनहरूमा पनि पानीको मुहान सुक्ने छैन।
धारा विकास सरकारद्वारा प्रायोजित कार्यक्रम हो। गैर सरकारी सङ्गठन अथवा अन्य सामाजिक संस्थानको सहयोगमा ग्रामीण क्षेत्रमा भएका पानीको मुहानलाई सुरक्षित राख्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। सामुदायिक भागिदारीको आवश्यकतासहित कार्यान्वयन गरिने यो योजना विकेन्द्रित जल प्रबन्धनको एउटा उदाहरणका रूपमा पहिलोपल्ट वर्ष, 2008-09 मा यस योजनाको परिकल्पना गरिएको हो। शुरुका वर्षहरूमा क्षमता विकास कार्यक्रममा नै सीमित रह्यो। यसपछि वर्ष 2010 मा पहिलो योजनालाई कार्यान्वयन गरियो।
धारा विकासलाई ग्रामीण स्तरको जल प्रबन्धन प्रणालीका रूपमा लिइएको छ। यस कार्यक्रमले ग्रामीण क्षेत्रमा भएका पानीको मुहानलाई संरक्षण गर्न क्षेत्रका समुदायलाई नै शक्ति प्रदान गरिन्छ। हुन त सिक्किम राज्यमा धारा विकास कार्यक्रम शुरु भएको धेरै भएको छैन, यसैले यसको सङ्गलता एवं विङ्गलताको परिणाम आउन अवश्य नै केही समय लाग्नेछ।
धारा विकास कार्यक्रममा प्रयोग गरिने तक्निक भनेको पानीको मुहानबाट उम्रेको पानीलाई सजिलो गरी बगेर जान नदिन,  मुहान परिसरमा पानी अडिनसक्ने वातावरण तयार गर्नु। मुहान परिसरलाई शीतलता अर्थात छायाँ प्रदान गर्नु आदि विषय सामेल छन्। अर्को महत्वपूर्ण विषय के छ भने मौसम परिवर्तनसित दिनप्रतिदिन वर्षामा हुने परिवर्तनले गर्दा राज्यको अधिकजसो भिरालो जमीनले पानीलाई लामो समयसम्म भण्डारण गर्ने क्षमता राख्न सक्दैन। यसकारण भिरालो जमीनमा भएको जलस्रोत परिसरमा देवल लगाउने तथा खेती गरिएको खेत बारीमा कुलो निर्माण गरेर वर्षाको पानीलाई जमाउने अथवा पानीलाई सजिलोसित बगेर जान नदिने तरिका अप्नाउने आदि विषयलाई धारा विकासमा विशेष सामेल गरिएको छ। खेत-बारीमा निर्माण गरिएका कुलोमा पानी जमाउनाले बालीलाई आवश्यक पानी उपलब्ध हुनका साथ-साथै भल माटोलाई पनि जमाएर राख्ने गर्छ।
धारा विकासको अर्को महत्वपूर्ण विषय के छ भने पानी स्रोतलाई संरक्षण गर्नु हो भने यसको परिसरलाई संरक्षण गर्नुपर्छ, यसका निम्ति पानीको मुहानदेखि 20 मीटर टाढासम्म छायाँ बनाउन आवश्यक छ। यसपछि मुहान परिसरमा रुख-पात काट्नु, गाई-वस्तु चराउने, दाउरा काट्ने सबै काम बन्द गर्नुपर्छ- जसलाई योजनामा सामाजिक बन्देज पनि भनिन्छ।
योजनान्तर्गत जलस्रोतको संरक्षण गर्ने कार्यमा पहिला स्रोतलाई श्रेणीगत आधारमा विभाजन गरिन्छ, जस्तै स्रोतसित कति परिवार निर्भर छन्, तथा यसको संरक्षणको पहलले एउटा ठूलो जमातलाई ङ्गाइदा पुग्छ-पुग्दैन, जलस्रोतबाट पानी घट्दै जाँदैछ वाा छैन, यसपछि जुन स्रोत संरक्षण गर्न अदि आवश्यक छ, त्यसलाई प्राथमिकता दिनेगरिन्छ। यसै गरी अर्को उल्लेखनीय विषय के छ भने खण्ड स्तरमा भएका क्षेत्र सहजकर्ताले कुन स्रोतलाई विकसित गर्न आवश्यक ठान्छन्, त्यसका निम्ति अघि उल्लेख गरिएका श्रेणीगत विषयलाई आधार बनाएका हुन्छन्। संरक्षणको श्रेणीमा तेस्रो महत्वपूर्ण विषय हो, निजी जमीनमा भएको स्रोतलाई संरक्षण गर्न जमीन मालिकको इच्छा हुनु। यदि कुनै पनि निजी जमीनमा भएको जलस्रोतलाई भावी पिँढीका निम्ति तथा त्यस स्रोतसित निर्भर मानिसहरूका निम्ति संरक्षण गर्नचाहेमा त्यसलाई योजनामा सामेल गर्नसकिन्छ। यसका निम्ति क्षेत्र सहजकर्ताले ग्रामसभामा यसको स्वीकृतिका निम्ति प्रस्ताव ल्याउने गरिन्छ। यदि ग्रामसभाले प्रस्तावलाई स्वीकृत गरे धारा विकासको योजना कार्यान्वयन गरिन्छ।
धारा विकास कार्यक्रममा महात्मा गान्धी ग्रामीण रोजगार ग्यारेण्टी योजना (ऐन) मार्ङ्गत कोष उपलब्ध गराएर श्रमिकलाई रोज भुक्तान गरिन्छ। धारा विकास कार्यक्रमअन्तर्गत ग्रामीण जल तथा स्वच्छता समिति (भीडब्लुएससी) को गठन गर्ने प्रावधान पनि छ। प्रत्येक ग्राम पञ्चायत एकाइमा जलस्रोत प्रबन्धन गर्नु यो समितिको उद्देश्य रहेको हुन्छ। समितिमा एनजीओका कार्यकर्ता, अवकाशप्राप्त सरकारी कर्मचारी, आशा आदिलाई सामेल गरिएको हुनुपर्छ। यस समितिले आफ्नो क्षेत्रका कार्ययोजना तयार गर्नेछ।
वर्ष 2010 देखि मात्र योजनालाई कार्यान्वय गरिएको छ। दक्षिण सिक्किमको कमेरे गाउँको मालागिरी धारालाई धारा विकासको एउटा पाइलट योजनाका रूपमा लिनसकिन्छ। यस योजनामा लुप्तप्राय प्रजातिका औषधीय वनस्पति मालागिरीको संरक्षणसित पानीको मुहानको सुरक्षा गर्ने प्रयास भएको छ। कार्याक्रमअन्तर्गत सरकारले कृषकलाई आम्दानी हुने रुखपातका विषय जस्तै सुन्तला, अलैंची, अम्लिसो, चाइनिज टीक आदिका बिरुवा रोप्ने आह्वान गर्दै, आवश्यक सहयोग पनि पुर्याउँदै आएको छ। वर्ष 2010 को 6 ङ्गरवरीमा शुरु भएको मालागिरी धारा विकासको सङ्गलतापछि दक्षिण सिक्किममा प्रत्येक वर्ष 50 वटा नयाँ जलस्रोतमा योजनालाई कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ। राज्यको ग्रामीण प्रबन्धन एवं विकास विभागले केन्द्रिय जल संसाधन मन्त्रालयसित 50 मध्ये 30 जलस्रोतको संरक्षण गर्न सहयोग गर्ने माग पनि गरिसकेको छ। वर्ष 2012-13 को अवधिमा दक्षिण सिक्किमका 81 विभिन्न समटग्रस्त जलस्रोतमध्ये निम्नतम 20 प्रतिशत धारा विकास योजनामार्ङ्गत संरक्षण गर्ने लक्ष्य राखिएको छ। हिमाली राज्य सिक्किमजस्तो ठाउँमा पनि पूर्व र दक्षिण जिल्लाका कतिपय स्थान सुक्खाले ग्रस्त हुनेगरेको छ। भविष्यमा यस्तो सुखा अन्य क्षेत्रमा नबढोस् भन्ने उद्देश्यलाई पूर्ति गर्न धारा विकास कार्यक्रम महत्वपूर्ण छ। जेहोस्, सरकारले राज्यमा शुरु गरेको धारा विकास कार्यक्रम, जल संरक्षणको दृष्टिले उल्लेखनीय छ। यस योजनाको सङ्गलताका निम्ति आम नागरिक जागरूक हुन आवश्यक छ। प्रत्येक गाउँमा भएका पानीको मुहानलाई संरक्षण गर्न सामूहिक पहल हुनुपर्छ। यस अतिरिक्त समय हुँदा नै मानव संसाधन तयार गरेर यस क्षेत्रमा सामेल गराउने विषय पनि उत्तिकै महत्वपूर्ण छ। धारा विकासका निम्ति गठित ग्राम स्तरीय जल प्रबन्धन समितिलाई जुन शक्ति प्रदान गरिएको छ, त्यसलाई प्रयोगमा ल्याउन भविष्यका निम्ति अति नै जरुरी पनि छ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद