Sikkim multi hazard Zone
वविध आपदाको राज्य
सिक्किमका वैज्ञानिक तथा प्राकृतिक विशेषज्ञहरूअनुसार सिक्किम सबैप्रकारका प्रकोपका निम्ति संवेदनशील छ। भुइँचालो विषय धेरै जागरूक छन्, यद्यपि समय बित्दै जाँदा यसलाई पनि भुल्ने गरिन्छ। यसरी नै बर्खा लागेर पानी पर्न थालेपछि पैह्रोको त्रास बढ्ने गर्छ भने यसैसित आउने भल-बाढी र हुरी बतास पनि राज्यको निम्ति संवेदनशील विषय बन्ने वैज्ञानिकहरूले बताएका छन्। वैज्ञानिकहरूअनुसार साइकलोन अर्थात हुरी बतासले पनि सिक्किम राज्यलाई छुट्याउँदैन। यद्यपि, यस विषयमा धेरै जागरण र सुरक्षाका उपायहरू विषय कम्ती नै चर्चा भएको देखिन्छ। गाउँ-बस्तीमा हुरी बतास चलेर रुख भाँचिएको, घर-गाई-गोठका छाना उडाएको धेरै देखिने गरिन्छ। यसरी नै सिक्किमको भौगोलिक संरचना अभिन्न किसिमको भएको कारण राज्यको कतिपय स्थानमा सुख्खा (खडेरी)-को प्रकोप पनि देख्ने गर्छौ भने असिना-पानीले पनि वर्षमा एकपल्ट कृषकहरूलाई सताउने गर्छ। प्राकृतिक प्रकोपपछि मानवजनित प्रकोपको दृष्टिले पनि सिक्किम संवेदनशील छ।
तीन अन्तरराष्ट्रिय सीमाले घेरिएको राज्यमा कुनै पनि समय आपदको स्थिति आउनसक्छ। यद्यपि, देशको सुरक्षासित सम्बन्धि इकाई र स्थानीय प्रशासन सर्तक रहेको हुँदा आजपर्यन्त यस आपदालाई दोहोर्याउने आँट भएको छैन - नहोस् पनि। तथापि यस सुरक्षित स्थानलाई आफ्नो लुक्ने ठाउँका रूपमा प्रयोग गर्नसक्छन् भन्ने विषय पनि गहन छ। तरैपनि सिक्किमले सीमा राज्यको परिभाषा नै बद्ली गरिदिएको कुरालाई भने राष्ट्रले नै स्वीकार गर्दै आएको छ। यस धरतीमा आएपछि सबैलाई सुरक्षित वातावरणमा बाँच्ने अधिकार छ। यसैले यहाँ विविध प्रकारका आपदादेखि भाग्नु भन्दा अधिक सुरक्षात्मक उपायहरू अप्नाउने कुरालाई ध्यान दिन आवश्यक छ। वैज्ञानिकहरूको कुरालाई मान्नु हो भने प्राकृतिक आपदाको दृष्टिले राजधानी धेरै संवेदनशील छ। विशेष राजधानीमा भवन निर्माण गर्दा, वास्तुकार, भूवैज्ञानिक र अभियान्ताको परामर्श लिइएको छ। यद्यपि, यसका निम्ति अब राज्यमा बिल्डिङ बाइलजको नयाँ कानुन तयार गरिन्दैछ, जो चाँडै नै सम्पूर्ण सिक्किममा लागू हुनेछ। यसरी नै सरकारी भवन निर्माण गर्दा भू-वैज्ञानिकहरूको परामर्श लिने गरिन्छ।
आपदा सम्बन्धित वृहत रूपमा जनजागरण गराउने सम्बन्धमा संयुक्त राष्ट्र विकास कार्यक्रम युएनडीपीले राज्यको 200 अधिक स्कूललाई लिएर जागरण कार्यक्रम गर्ने योजना छ। ग्रामीण क्षेत्रको अर्को संवेदनशील विषय वर्षायामको पैह्रो हो। यहाँ महत्वपूर्ण विषय के छ भने पैह्रो अध्ययन गर्ने वैज्ञानिकहरू सडक निर्माण अधिक भएको कारणले होइन तर निर्माण गरिएको सडकको माटो सही स्थानमा व्यवस्थापन नगर्दा नै अधिक पैह्रो जाने सम्भावना भएको ठान्छन्। यसर्थ, यस सम्बन्धमा विशेष पहल हुन आवश्यक देखिन्छ। यसबाहेक सावधानीका उपायहरूबारे निरन्तर चर्चा गर्नु र आपदा प्रबन्धन विषय सम्पूर्णता प्रदान गर्दै जानु उतिकै आवश्यक छ।

Comments
Post a Comment