Sikkim in Innovative Age

कृषिदेखि नवीन प्रयोगसम्म
सिक्किम कृषि युगदेखि नवीनतम (इनोबेटीव) युगमा प्रवेश गर्यो। कृषि युगदेखि औद्योगीकरण, सेवा क्षेत्र(सर्विस सेक्टर) हुँदै वर्तमानमा नवीनतम प्रयोगको युगमा प्रवेश गरेको छ। यहाँ महत्वपूर्ण विषय के छ भने विकसित देशहरूले कृषि युगदेखि औद्योगीक युगसम्म पुग्न 200 देखि 300 वर्षसम्म सङ्घर्ष गरेको इतिहास छ। यसरी नै औद्योगीकरणको सफलताका निम्ति पनि सयौं वर्ष सङ्घर्ष गरेको पाइन्छ भने यसपछि सेवा क्षेत्र र वर्तमानको नवीनतम युगमा प्रवेश गर्नका निम्ति धेरै सङ्घर्ष गर्नु परेको छ।
यद्यपि सिक्किमले विकसित राष्ट्रलाई सयौं वर्ष लागेको काम मात्र दुई दशकमा गर्न सक्यो। सिक्किमलाई दुई दशकको अवधिमा कृषि युगदेखि नवीनतम युगसम्म ल्याउन राज्य सरकार सफल बनेको छ।
सन् 1994 मा एसडीएफ सरकार सत्तामा आउँदा यहाँ प्रमुख उद्योग भनेको नै कृषि थियो। यद्यपि कृषि पारम्परिक ढङ्गमा नै गरिन्थ्यो। यसपछि यसलाई नवीनतम प्रयोग मार्फत, जैविक कृषि शुरू गरेर वर्तमानमा यसलाई कमाई पेशाका रूपमा विकसित गर्न सरकारले हरसम्भव प्रयास गरिरहेको छ। सरकारले चाहे कृषि होस् अथवा पर्यटन उद्योग सबैलाई सम्मानित पेशाका रूपमा विकसित गर्ने कार्य गर्दै आएको छ। यसले सिक्किममेलाई युग-युगसम्मका निम्ति अवसर सृजना पनि गरेको छ।
एसडीएफ सरकारले शुरू गरेका उद्योगहरू अहिले राज्यको राजस्व वृद्धि गर्ने प्रमुख स्रोतहरू बन्दै गएको छ। यसमा जलविद्युत परियोजना प्रमुख छ। यहाँ महत्वपूर्ण कुरा के छ भने अन्तरराष्ट्रिय सीमा राज्य सिक्किमलाई देशकै शान्ति र सुरक्षित राज्यका रूपमा स्थापित गर्न सफलता प्राप्त गरेकै कारण आज सिक्किम निवेशमैत्री राज्य बन्न पुगेको छ, यसले राज्यको आफ्नै राजस्व बढाउन महत भूमिका निर्वाह गरेको छ। सिक्किमलाई औद्योगीकरण गर्ने प्रयासले सिक्किमलाई ऋण मुक्त राज्य बनाउने लक्ष्यतर्फ डोहोर्याइरहेको छ।
औद्योगीकरण पछि पर्यटन उद्योगमा शुरू गरिएका नवीनतम प्रयोगहरूमा पर्या-पर्याटन, सिक्किमलाई नै गुम्पा जस्तो सजाउने उद्देश्यमा गुरू पद्मसम्भव, भगवान बुद्ध र चेरेञ्जीको विशालकाय मूर्ति स्थापना गर्ने काम पूरा भइसकेको छ। हिन्दु धर्मावलम्बिका निम्ति भारतका प्रमुख चारतिर्थ स्थलको भ्रमण गर्न दुइ महिनासम्म लाग्छ। यद्यपि चार तिर्थ स्थल एकै दिनमा भ्रमण गर्न सकिन्छ, चारधाम ज्योतिर्लिङसहित यस अद्वितीय एवं नवीनतम प्रयोगले सिक्किम पर्यटनको मानचित्रमा छाएको छ। वास्तवमा असल शासनका कारण नै यो सम्भव भएको छ। सिक्किमले छोटो समयमा नै यत्तिका उपलब्धी हासिल गर्नु, सिक्किम साथै देशका निम्ति नै गौरवको विषय हो, यस गरिमालाई कायम राख्न सबैको दायित्व पनि उतिक्कै महत्वपूर्ण छ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद