Pro youth programme in sikkim
युवामुखी कार्यक्रममा अब्बल बन्दै
अब सिक्किम सरकारले शुरु गरेको युवामुखी कार्यक्रमले राष्ट्रिय मान्यता पाउने प्रतीक्षा गरिरहेको छ। एसडीएफ सरकारले धेरैअघि छुट्टै क्षमता विकास संस्थान शुरु गरेर युवाहरूलाई क्षमतावान बनाउने योजना शुरु गरेको थियो। पछि गएर केन्द्र सरकारले पनि सोही अनुरूप युवाहरूको क्षमता विकास गर्ने विषयलाई प्राथमिकता दिन शुरु गर्यो। केन्द्र सरकारले पूर्वोत्तर राज्यका युवाहरूलाई क्षमता विकास गराई सकारात्मक दिशा तर्फ डोहोर्याउने काम शुरु गरेको छ। विशेष आतङ्कवादले ग्रस्त क्षेत्रका युवाहरूको भविष्य सुनिश्चित गर्न विशेष प्याकेज र घोषणा सरकारले गरेको छ।
यद्यपि, सिक्किम सरकार यस प्रकारको योजना शुरु गर्न अब्बल बनेको छ। सिक्किमले शुरु गरेको युवामुखि योजनाको सकारात्मक परिणाम पनि आउन थालेको छ। राज्य सरकारले शुरुमा क्षमता विकास कार्यक्रम अनि क्रमैले उच्च शिक्षा आर्जन गर्न ब्याजसहित तथा निर्ब्याजी ऋण, जीविकोपार्जन स्कूल, करोबार शुरु गर्न ऋण सहायता (मुख्यमन्त्री स्वरोजगार योजना) मुख्यमन्त्री छात्रवृत्ति योजना पछि अहिले भारतीय प्रशासनिक एवं सम्बन्धित क्षेत्रमा तालिम, मुख्यमन्त्री फेलोशीप, सिक्किम स्काउट बटालियन जस्ता महत्वकांक्षी योजनामार्फत सरकारका युवामुखि कार्यक्रम भएको प्रमाणित गरिरहेको छ।
युवाहरूलाई क्षमतावान र रोजगार बनाउने प्रयाससितै विचारमा समेत परिवर्तन गराएर युवा साथै सिक्किमको भविष्य बनाउने काम भइरहेको छ। हुनतः राज्य सरकारले शुरु गरेका योजनाहरूको परिणाम के-कस्तो छ अथवा योजनाका लाभ तथा हानीको अध्ययन अनुसन्धान गर्नुपर्ने विषय हो। यसरी युवाकल्याणकारी योजनाको परिणाम औं सफलताको कथा के-कस्तो छ, यस सम्बन्धमा राष्ट्रिय स्तरको गैर सरकारी सङ्गठनलाई बोलाएर अध्ययन गराउन सके अवश्यै सिक्किम सरकारले शुरु गरेका योजनाहरूले राष्ट्रिय स्तरमा मान्यता पाउन सक्छ भन्दा कुनै अतियुक्ति नहोला। यस अतिरिक्त सरकारले राज्यको सर्वाङ्गीण विकास गर्न सफलता प्राप्त गरेको कारण राज्यमा अवसर सृजना गरेको छ।
विकासले अवसर सृजना गरेपछि सृजित चुनौतीको फाइदा उठाउन सक्नु पर्ने चुनौती अनि क्षमतावान हुनु-नहुनुबीच प्रतिस्पर्धा पनि भइरहेको छ। यस्तो स्थितिमा सरकारले युवाहरूको कमजोरीलाई शक्तिमा परिणत गर्ने मूल मन्त्र लिएर आफ्नो तर्फबाट काम गरिरहेको छ। यहाँ उल्लेखनीय विषय के छ भने राज्य सरकारले समयअनुसार युवाहरूलाई तयार गर्ने उद्देश्यमा काम शुरु गरिसकेूका छन् भने युवाहरू यी योजनालाई स्वीकार गर्न युवा तयार छन् त? भन्ने प्रश्न पनि उतिकै महत्वपूर्ण विषय छ।

Comments
Post a Comment