ओज़ोन परतलाई नोक्सान पुग्ने चार नयाँ ग्यास
ओज़ोन परतलाई नोक्सान पुग्ने चार नयाँ ग्यास
ज़मीनदेखि 15 देखि 30 किलोमीटरको ऊँचाईमा वायुमन्डलमा पाइने ओज़ोन परत मानिस र जानवरलाई हानिकारक अल्ट्रावायलट (यूभी) किरणहरूलाई रोकनमा महत्वपर्ण भूमिका निर्वाह गर्छ। यूभी किरणले मानिसमा कैंसर हुन्छ।जानवरको प्रजनन क्षमतामा यसको नकारात्मक प्रभाव प़र्छ।ओज़ोन परतमा बढ़दो प्वालका कारण 1980 को दशकको मध्यदेखि क्लोरोफ़्लोरोकार्बन (सीएफ़सी) ग्यासको उत्पादनमा प्रतिबंध लगाइएको छ।
शोधनुसार यी चार ग्यास 1960 सम्म वायुमंडलमा थिएन।यसबाट के थाह लाग्छ भने यो मानव निर्मित ग्यास हो ।शोधकर्ता डाक्टर जानसन लाउबेअनुसार सीएफ़सीसित मिल्दो जुल्दो यी ग्यासको उत्पत्तिको सटीक कारण अहिले रहस्य नै छ।सबैभन्दा पहिला ब्रिटिश अंर्टाकटिक सर्बेका वैज्ञानिकहरूले 1985 मा अंर्टाकटिकमाथि ओज़ोन परतमा एउटा ठुलो प्वालको खोजी गरेका थिए।यसका लागि सीएफ़सी ग्यास जिम्मेवार छ ़भन्ने वैज्ञानिकहरूले पत्तो लगाएको थिए।जसको खोज 1920 मा भएको थियो। यस ग्यासको प्रयोग रेफ्रिज़रेटर, हेयरस्प्रे र डिअडरेंट बनाउने प्रोपेलेंटमाअधिकमात्रमा हुने गरेको वैज्ञानिकहरूको भनाई छ।
सीएफ़सीलाई नियंत्रण गर्नका निम्ति 1987 मा विश्वका देशहरूले सहमति बनाए र यसको उत्पादनलाई नियंत्रित गर्नका लागि मान्ट्रियल सन्धि अस्तित्वमा आयो।वर्ष 2010 मा सीएफ़सीको उत्पादनमा वैश्विक स्तरमा पूर्ण प्रतिबन्ध लगाइयो।यी चार नयाँ ग्यासको पत्तो ईस्ट एञ्जिलिया विश्वविद्लयका शोधकर्ताहरूले लगाएका थिए।यसमध्ये तीन ग्यास सीएफ़सी हुन र एक गैस हाइड्रोक्लोरोफ़्लोरोकार्बन (एचसीएफ़सी) हो, यस ग्यासले पनि ओज़ोन परतलाई नोक्सान पुर्याउन सक्छ। यस अध्ययनका प्रमुख शोधकर्ता डाक्टर जोनसन लाउबे भन्छन, ’’हाम्रो शोधबाट यि चार ग्यास 1960 सम्म वायुमण्डलमा नभएको पत्तो लाग्छ। अर्थात यो मानवनिर्मित ग्यास हो।वैज्ञानिक ध्रुवीय बर्फ़बाट निकालिएको हवाको विश्लेषणबाट पत्ता लगाउन सक्छन कि आजभन्दा 100 साल पहिला वायुमण्डल कस्तो थियो भनेर।शोधकर्ताहरूले यसको तुलना वर्तमान वायुमंडलमा पाइने ग्यासको नमूनासित पनि गरेका छन।यसका लागि तस्मानियाको दुर्गम क्षेत्रबाट नमुना ल्याइएको थियो।वैज्ञानिहरूको अनुमान छ कि वायुमंडलमा 74 हज़ार टन यस्तो ग्यास छ।यस मध्ये दुइ ग्यासले ओजोन परतमा क्षरणको दरमा उल्लेखनीय वृद्धि गरि रहेको छ।लाउबेअनुसार यी चार ग्यासको पहिचान धेरै चिन्ताजनक छ कारण यसले ओज़ोन परतको क्षरणमा योगदान दिन्छ।
Comments
Post a Comment