Vigyan technology

30 हज़ार वर्षपछि फर्कियो भायरस
वैज्ञानिकहरूले  एक प्राचीन वायरस करीब 30,000 सालों तक सुप्तावस्था पछि फेरी जागेको दाबी गरेका छन्।यो वायरस साइबेरियाको बरफमा जामेको अवस्थामा पाप्त भएको छ। तर बर्फ़ पगलिएपछि  यो फेरी संक्रामक हुने बताइएको छ। फ़्रांसीसी वैज्ञानिहरूको भनाईमा यो वायरसले मानिस र  जानवरलाई कुनै खतरा छैन तर साइबेरियाको सतहबाट हटेपछि अन्य वायरस पनि बाहिर आउन सक्छ।यो शोध प्रोसीडिंग्स अफ द नेशनल एकाडमी अफ सान्इसेसमा  प्रकाशित भएको छ। फ़्रांसको एक्स-मार्सेली यूनिर्वसिटीमा नेशनल सेंटर अफ़ साइंटिफिक रिसर्च (सीएनआरएस)-का प्रोफ़ेसर ज्यां-मिशेल क्लवेरीले  पिहलोपल्ट कुनै भाइरसलाई  य़ति धेरै समयपछि संक्रामक हुदै आएको देखिएको बताएका छन्।

नासाले  ७१५ ओटा नया ग्रहहरु पत्ता लगाएको  छ

नासाले हाम्रो ब्रमाण्डमा बुधबार ७१५ ओटा नया ग्रहहरु पत्ता लगाएको जानकारी बाहिर ल्याएको छ | यो अहिले सम्मकै एकै पल्टमा सबै भन्दा बढी ग्रहहरु सार्वजनिक गरेको घटना हो | बुधबार सम्म मात्रै १००० भन्दा बढी नया ग्रहहरु खोजिएको बताइएको छ | नासाका  अनुसार भेटिएका ति ग्रहहरु मध्य ४ ओटा ग्रहहरु बस्न योग्य रहेका छन् | ति ग्रहहरुले ३०५ ओटा हाम्रो सुर्य जस्तै अरु ताराहरुको प्ररिक्रमा गर्ने बताइएको छ | नासाका बैज्ञानिकहरुले ति ताराहरु नया आधुनिक टेलिस्कोपको मद्दादले पत्ता लगाएका हुन् भने नया पद्दति द्वारा ग्रहहरु भएको पुष्टि गरेका हुन् |“verification by multiplicity,” नामक पद्दतिद्वारा येतिका ग्रहहरु एकै पल्ट खोज्न सफल भएको नासाका बैज्ञानिकहरु बताउछन | अहिले यो पद्दति नया , सजिलो यवं विश्वसनीय समेत रहेको बैज्ञानिकहरुको भनाइ छ | अन्धा तरिकाले ग्रहहरुको खोजि गर्ने भन्दा पनि , ग्रहहरुलाइ आफ्नो नक्षत्रमा घुमाउन सकिने ताराहरु खोजि गर्नुनै नया पद्दतिको शिदान्त हो | भेटिएका ९५ % ग्रहहरु बरुण ग्रह भन्दा सानो तारा पृथ्वी भन्दा ४ गुणा ठुला भएको जानकारी रहेको छ (|Source nepal japan online)


Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद