चुनाउको प्रतीक्षामा नयाँ पुस्ता

एसडीएफ पार्टीको सरकारले 18 वर्षको यात्रा पूरा गरेर 19 वर्षमा पाइला राख्यो। अब एसडीएफ पार्टी पञ्जीकरण गर्दा, आमाको गर्भमा हुने शिशु 19 वर्षको जवान भइसकेका छन्। सम्भव तः कतिपय यी युवाले यस वर्ष सम्पन्न भएको पञ्चायत चनाउमा पहिलो मताधिकार पनि प्रयोग गरे भने कतिपयले वर्ष 2014 -मा सम्पन्न हुने सिक्किम विधान सभाको प्रतीक्षा गर्दैछन्। 
यहाँ महत्वपूर्ण विषय के छ भने जुन लक्ष्य र उद्देश्यमा सन् 1994 को 12 दिसम्बरमा एसडीएफ पार्टीको सरकार स्थापना भएको थियो अनि 1994 -अघिको सिक्किमको सामाजि-आर्थिक परिवेश कस्तो थियो अनि अहिले कस्तो भएको छ भन्ने विषय यी नयाँ पीडिका (युवा जमात) का निम्ति इतिहास नै भएको छ। वर्ष 2011-को सबै क्षणको आधार अनि स्कूलमा पञ्जीकृत सिक्किमका विद्यार्थीहरूको सङ्ख्याको आधारमा भन्नु हो भने लगभग 40 प्रतिशत नयाँ पीडिलाई वर्ष 1994 अघिको सिक्किम र वर्तमानको सिक्किममा भएको अन्तर छुट्याउन धेरै कठिन पर्ने विषय मान्न सकिन्छ। सरकार स्थापना भएको 19 औं वर्ष गाँठको अवसरमा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङद्वारा सिक्किमे जनताका निम्ति जारी गरिएको सन्देशका आधारमा भन्नु हो भने, विगत 18 वर्षमा एसडीएफ सरकारले सिक्किमको सामाजित आर्थिक परिवेशमा सुधार ल्याउन महत्वपूर्ण पाइला चालेको छ। 
यसमा पनि महत्वपूर्ण दुइवटा विषयलाई पार्टीले महत्व दिएको स्पष्ट छ। जसमा सिक्किमको संसाधन र ऊर्जालाई गुणात्मक शिक्षा, स्वास्थ्य र मानव विकासको क्षेत्रमा लगानी गरिएको छ भने दोस्रो, राजस्व आर्जनका संसाधनहरूको पूर्ण उपयोग गर्दै जलविद्युत उत्पादन, पर्या-पर्यटन व्यवसायलाई विकसित गर्ने काम भएको छ। यी दुइ विषयलाई प्रमुखदा दिएकै कारण, राज्यमा प्रजातन्त्र संस्थागत हुनका साथै राज्यको सामाजिक क आर्थिक सम्पन्नता शान्ति, र सुरक्षा अनि साम्प्रादयिक सद्भावना र विकास कार्यमा भएको छ। अनि यी विषयलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा मान्यता पनि प्राप्त हुँदै आएको छ। यसैको परिणाम स्वरूप आज सिक्किमको विकास दर र सफल घरैलु उत्पाद एवं प्रति व्यक्ति आय दर पनि राष्ट्रिय औसत भन्दा अब्बल दर्ता भएको छ। 
युवा जमात कै कुरा गर्नु पर्दा एसडीएफ सरकारले नयाँ पुस्ताका निम्ति धेरै उदाहरणीय कार्य गरेको छ। स्वास्थ र शिक्षा क्षेत्रलाई मात्र हेर्दा पनि यो स्पष्ट हुन्छ। शिक्षा आर्जनको निम्ति प्राथमिक स्तरदेखि विश्‍वविद्यालय स्तर सम्म अध्ययनको सुलभ अवसर सृजना गर्न सरकार सफल भएको छ। आर्थिक क्षेत्रमा औद्यिगीकरणलाई महत्वपूर्ण सफलता मान्न सकिन्छ। यहाँ उल्लेखनीय विषय के छ भने, एसडीएफ सरकारले समग्र आर्थिक विकास गर्ने प्रयासमा व्यक्ति विशेषलाई फाइदा पुर्याउने आर्थिक नीतिमा पनि सफलता प्राप्त गर्यो। सिक्किमे रैथानेलाई आयकरबाट छुट प्राप्त भएपछि, सरकारी नोकरी र व्यवसाय गर्नेलाई आयकरको बोझबाट मुक्त राखिएको छ। यसरीनै ठेगा कार्यको निम्ति सरकारी समितिको गठनलाई पनि महत्वपूर्ण पाइला मान्न सकिन्छ। आज गाउँ-गाउँ सबै वर्गका नागरिकले ठेगा गर्ने आँट गरेका छन्। सरसर्ती हेर्दा धेरै कार्यहरू भएको र भइरहेको देखिए तापनि, अबको रणनीति के हो त भन्ने सबैको निम्ति जिज्ञासा बन्छ। यसमा गुणात्मक विकास, दोस्रो पुस्ताको क्रान्ति जस्ता विषयहरू आइरहेका छन्। अब सङ्ख्यात्मक विकासदेखि गुणात्मक तर्फ अघि बढ्ने कुराहरू भइरहेका छन्। यद्यपि, नयाँ पुस्ताले नयाँ खोज्ने प्राकृतिक स्वभावका निम्ति नयाँ- नयाँ विषयहरू सृजना गर्ने र सोही प्रकारले नयाँ पुस्तालाई मार्गदर्शन गराउँदै जाने समयको आवश्यकता मान्नु पर्छ।    




पञ्चायतहरूको महत्वपूर्ण दायित्व हुन्छ
नयाँ वर्षको सङ्घारमा राज्यमा नवनिर्वाचित पञ्चायतहरूलाई स्वागत गर्ने, बधाई दिने क्रम चलिरहेको छ। यसरी नै नयाँ पञ्चायतलाई आफ्नो दायित्व र जिम्मेवारी बोध गराउने काम पनि भइरहेको छ। धरातलीयस्तरमा प्रजातन्त्रलाई अझ सशक्त र दरिलो बनाउन पञ्चायतहरूको भूमिका महत्वपूर्ण हुन्छ। यसरी नै समाज, राज्य र राष्ट्रलाई विकसित बनाउने विषयमा पनि पञ्चायतहरूको दायित्व महत्वपूर्ण हुन्छ। वास्तवमा पञ्चायतहरू नै देशका आम जनतासित सम्बन्धित रहेकाले पञ्चायतहरूको मार्गदर्शनले नै आम नागरिकहरू देशको विकासमा सहभागी बन्न पाउँछन्। आम नागरिकलाई सामाजिक, आर्थिकसितै राजनीति आदि विषयमा जागरूग गराउने विषयमा पनि पञ्चायतहरूको भूमिका महत्वपूर्ण हुन्छ।

धरातलस्तरका जनतालाई आफ्नो क्षेत्रलाई विकसित बनाउने विषयमा पञ्चायतले सफलता प्राप्त गरेपछि समग्रमा गएर राज्यलाई विकासको मार्गमा डोहोर्याउन सम्बन्धित राज्य सरकारलाई सफलता प्राप्त हुन्छ। यसरी नै कुन पार्टी र सरकारले जनमुखी कार्यक्रम लिएर आएको छ, सरकारका के कस्ता कार्यक्रम र योजना छन्, आदि विषयमा पञ्चायतले जागरूग गराउन सक्छन्। यस्तै प्रकारले सरकारद्वारा जनताका निम्ति प्रायोजना गरेका योजना र कार्यक्रमलाई पनि पञ्चायतमार्फत नै गाउँ-गाउँसम्म पुर्याइने गरिन्छ। विशेष वर्गलाई आधार बनाएर तयार गरिएका योजनाहरू पनि सही वर्गसम्म पुर्याउने दायित्व पञ्चायतहरूकै हुने गर्छ। यहाँ उल्लेख योग्य विषय के छ भने राज्य सरकारले गरीब र गाउँमुखी कार्यक्रमहरू तयार गरेर गरीब र गाउँलाई माथि उठाउने प्रयास गरिरहेको छ। यद्यपि, कतिपय पञ्चायतहरूले सही लाभार्थीको चयन नगरीकन, पक्षपात, भाइभतिजावाद, पक्ष विपक्ष छुट्याउने गर्दा योजनालाई सफल बन्न नदिइरहेका आरोप पनि लाग्ने गर्छन्। यस्ता नकारात्मक विषयहरूदेखि नयाँ पञ्चायतहरू जोगिएकै राम्रो हुन्छ। यसरी नै राज्यमा अहिले एसडीएफ पार्टीका पञ्चायतहरू नै छन्। पार्टीले पञ्चायत चुनाउ घोषणा पत्र जारी गरेर अघावै पञ्चायतका जिम्मेवारी विषय अवगत गराइसकेको छ। पार्टीको घोषणाअनुरूप नै पार्टीलाई व्यापक समर्थन प्राप्त भएको सम्झेर पनि पञ्चायतहरूले आफ्नो कर्त्तव्य-घोषणा पत्रमा उल्लेख गरिएका घोषणालाई पूरा गर्ने प्रयासमा समयदेखि नै लागि पर्ने आवश्यकता पनि छ। यस अतिरिक्त सरकारले विगत वर्षमा नै ग्रामीण विकासका योजना तयार गरिसकेको छ। यस योजनाले सिक्किमका गाउँको भविष्य कोरेको छ, यसलाई पनि पूरा गर्ने विषयमा काम गर्न नयाँ पञ्चायतहरूको दायित्व हुन्छ। अर्को उल्लेखनीय विषय के छ भने ग्रामीण विकासका योजना र कार्यक्रमलाई गुणस्तरीय  र पारदर्शी बनाउन पनि पञ्चायतहरूको महत्वपूर्ण भूमिका हुन्छ। यसको निम्ति प्रत्येक योजना र कार्यक्रमलाई ग्राम सभा मार्फत तय गर्नु। सरकारद्वारा स्वीकृत योजनालाई पुनः ग्रामसभा अथवा जनसुनवाई गरेर नै गति प्रदान गर्नु आदि दायित्व पनि पञ्चायतहरूलाई छ। यसरी नै आफ्नो गाउँलाई कस्तो रूप दिने, त्यस सन्दर्भमा परिकल्पना गरेर सरकारलाई परिकल्पना औं प्रस्ताव दिने कार्य गरे पञ्चायतको गरिमा अझ बढेर जानेछ भन्दा कुनै अत्युक्ति नहोला।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद