Sikkim Environment Conservation
पर्यावरण नीतिलाई मान्यता
सिक्किमले आफ्नो राज्यलाई मात्र नहेरेर सम्पूर्ण हिमालय क्षेत्र अनि समग्रमा गएर राष्ट्रहितका निम्ति पर्यावरण संरक्षण गर्ने उद्देश्यमा काम गरिरहेको छ। भौगोलिक रूपमा सिक्किम सानो भए तापनि सिक्किमलाई जल सुरक्षा तथा राष्ट्रिय सुरक्षा जस्ता विषयहरूमा महत्वपूर्ण दायित्व छ। हिमालय क्षेत्रमा सिक्किममा अवस्थित भएको कारण यहाँका हिमनदी औ जल श्रोतहरू राज्यको निम्ति मात्र नभएर राष्ट्रका निम्ति नै महत्वपूर्ण छन्। यसरी नै सीमावर्ती राज्य भएको कारण आफ्ना नागरिकसितै राष्ट्रिय सुरक्षाको दृष्टिले पनि सिक्किम सरकार सदैव सर्तक बन्नु पर्ने विषय महत्वपूर्ण छन्।
सिक्किमले आफ्नो राज्यलाई मात्र नहेरेर सम्पूर्ण हिमालय क्षेत्र अनि समग्रमा गएर राष्ट्रहितका निम्ति पर्यावरण संरक्षण गर्ने उद्देश्यमा काम गरिरहेको छ। भौगोलिक रूपमा सिक्किम सानो भए तापनि सिक्किमलाई जल सुरक्षा तथा राष्ट्रिय सुरक्षा जस्ता विषयहरूमा महत्वपूर्ण दायित्व छ। हिमालय क्षेत्रमा सिक्किममा अवस्थित भएको कारण यहाँका हिमनदी औ जल श्रोतहरू राज्यको निम्ति मात्र नभएर राष्ट्रका निम्ति नै महत्वपूर्ण छन्। यसरी नै सीमावर्ती राज्य भएको कारण आफ्ना नागरिकसितै राष्ट्रिय सुरक्षाको दृष्टिले पनि सिक्किम सरकार सदैव सर्तक बन्नु पर्ने विषय महत्वपूर्ण छन्।
हुनत सिक्किमले पर्यावरण संरक्षणको विषयलाई राष्ट्रिय र समग्रमा गएर अन्तरराष्ट्रिय विषय बनाएको छ। यसैकारण सिक्किमले पर्यटन क्षेत्रमा धेरैलाई नेतृत्व दिने क्षमता राखेको पनि प्रमाणित गरेको छ। यति मात्र हो कि सिक्किम सानो राज्य भएको र यस राज्यमा भइरहेको कार्यलाई कसैले महत्व दिन विलम्ब गर्दछन्। यद्यपि, कर्म गर्नु फलको आशा नराख्नु भने जस्तै प्रकारले सिक्किमले पर्यावरण क्षेत्रमा आफ्नै प्रकारले काम गर्दै आएको छ अनि अहिले आएर सिक्किमलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाहरूले पनि सिक्किमको कार्यलाई प्रशंसा गर्न थालेका छन्। यसै सन्दर्भमो हालै पर्यावरण क्षेत्रसहित सिक्किमलाई राष्ट्रिय स्तरको चार पुरस्कार प्राप्त भएको लगत्तै दुइ दिनपछि सिक्किमले पर्यावरण संरक्षणको क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको प्रशंसा वन मन्त्रालय भारत सरकारका महानिर्देशक एवं विशेष सचिव एके श्रीवास्तवले गरेका छन्। महानिर्देशक श्रीवास्तवले सिक्किमको संरक्षित वन क्षेत्र राष्ट्रिय औसतभन्दा अधिक भएको साथै सिक्किमको वन प्रतिशत क्षेत्र पनि लगातार वृद्धि भइरहेकोमा सिक्किम सरकारको प्रशंसा गरेका छन्। उनले मुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा पर्यावरण संरक्षणको क्षेत्रमा उल्लेखनीय कार्य भइरहेको राष्ट्रियस्तरका आँकडाहरूले बताइरहेको पनि जनाएका छन्। यो प्रशंसाको विषय सिक्किमका नागरिकहरूका निम्ति खुशिको विषय हो साथै यस प्रशंसाको गरिमालाई कायम राख्न सिक्किमका नागरिकसितै पर्यावरण संरक्षणसित सम्बन्धित सङ्घ-संस्थाहरूको जिम्मेवारी पनि अझ बढेर गएको छ। उल्लेखनीय विषय के छ भने केन्द्र सरकारद्वारा प्रायोजित योजनालाई पनि सत प्रतिशत रूपमा कार्यन्वयन गरिरहेको र राज्य सरकारले आफ्नो तर्फबाट महत्वपूर्ण पर्यावरण संरक्षणका कार्यक्रमहरू शुरु गरेको उल्लेखनीय रहेको पनि महानिर्देशक श्रीवास्तवले बताएका छन्। विशेष गरी राज्य सरकारले आफ्नो पर्यटन नीति तयार गरेको, हरित अभियान, 10 मिनट पृथ्वीका लागि, स्कूलको पाठ्यक्रममा पर्यावरण शिक्षा, स्मृति वन, प्लास्टिकको प्रयोगमा प्रतिबन्ध तथा गौ चरण बन्द गरेको जस्ता कार्यक्रमहरू अनुकरणीय रहेको छ।
उल्लेख्य विषय के छ भने, सिक्किमले दुइ दशकको अवधिमा वन क्षेत्रको प्रतिसत 43 बाट 4 प्रतिशत बढाएर 47 प्रतिशत पुर्याएको छ। यसरी नै सिक्किमको संरक्षित वन क्षेत्र 30.77 प्रतिशत रहेको छ र यो पनि राष्ट्रिय औसतभन्दा लगभग 25 प्रतिशत अधिक रहेको छ।अर्को महत्वपूर्ण कुरा के छ भने राज्य सरकारले वर्ष 1995-96 -मा हरित क्रान्ति अभियान शुरु गरेको थियो। यसरी नै पृथ्वीका निम्ति 10 मिनट कार्यक्रम, स्मृति वन, गौ चरणमा प्रतिबन्ध लगाएको, राज्यमा प्लास्टिकलाई निषेध गरिएको, वन्य जीवको शिकार गर्न निषेध गरिएको, स्कूल स्तरमा पर्यावरण सम्बन्धी अध्ययन शुरु गराएको, सिक्किमलाई पर्या शहरको रूपमा विकसित गर्ने उद्देश्यमा कार्यक्रमहरू शुरु गरेको, सिक्किमलाई राष्ट्रिय स्तरको नामी संस्थाले हरित राज्य घोषणा गरेको छ भने विकास कार्यक्रमलाई कार्यन्वयन गर्दा पर्यावरण संरक्षण गर्ने विषयलाई महत्व दिएर कार्यन्वयन गर्दै आएको छ। यस अतिरिक्त सिक्किम सरकारको पहलमा राज्यको महत्वपूर्ण जल श्रोत मानिने हिम नदीहरूको अध्ययन गर्न आयोग पनि गठन गरिएको छ। पूर्वाधार विकास स्थलमा क्षति भएको पर्यावरणलाई पहिलाको स्थितिमा ल्याउने विषयलाई पनि राज्य सरकारले उच्च प्राथमिकता दिइरहेको छ। प्रमुख गन्तव्यहरूलाई पर्यागन्तव्यका रूपमा विकसित गर्ने र नागरिकहरूलाई नै पर्यावरणको विचारधारासित जोड्ने प्रयासमा सरकारले कार्य गर्दै आएको कारण विस्तार-विस्तारै सिक्किम सरकारको अनि विशेष मुख्यमन्त्री पवन चामलिङको पर्यावरण नीतिलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरबाट मान्यता प्राप्त हुँदै आएको छ। यो सिक्किमको निम्ति गौरवको विषय हो।
Comments
Post a Comment