Nepali poem

 द्वविधा
टेण्डोङ र मैनामको इतिहास
ब्यूझाउन......
यहाँ भुइचालो आउने गर्छ,
कृष्णको गोबर्धन पर्वत झैं,
गौरव बोकेको टेण्डोङ र मैनाम पर्वतलाई....
क्रमशः भुइचालोले झस्काउने गर्छ,
यसैले आफ्नो धर्मलाई बचाई राख्न-
सक्छु कि भन्ने द्वविधामा छ,
हिजो आज टेण्डोङ पर्वत
तर अचम्मको कुरा यहाँ टेण्डोङ पर्वत मात्र होइन,
भुइचालो पनि द्वविधामा छ, अरे
टेण्डोङमा ताण्डव मचाउन
अनि यसका पुजारीहरूलाई
भय र त्रास भर्न आएको भुइचालोदेखि
थोरै दुःखि र धेरै खुःशि भए अरे..
भन्नु नै हो भने दुखि हुनेहरूको
गन्ती गर्न सकिन्छ,
खुशि हुनेहरू अनगन्ती छन्।
ओहो.....
मैले त भन्न नै बिर्सिएछु,
भुइचालो आफ्नो लक्ष्य प्राप्तिका निम्ति असफल हुदा 
निराश बनेर होला पुनः आउन ग्राहो गर्दैछ अरे,
दुःख दिन खोज्दा धेरैले सुख पाएको देख्दा,
उसको नेत्र जल्दैछ अरे,
घर नहुनेको नयाँ घर,
घर हुनेको अझ अर्को घर घाडी..
थपिएको देखेर भुइचालो छक्क पर्दैछ भन्छन्,
यति मात्र कहाँ हो र...
भुइचालोपछि घर मरम्मतिको निहुमा
भाडा बडाउने सपना देखेर...
..ए भुइचालो देव्ता
 तिमि एकपल्ट पुनः आइदेउ भन्ने
 म जस्तो पुजारीहरू देखेर
भुइचाला नै भयभित भएको छ रे
यसैले भुइचालो पनि द्वविधामा छ भन्छन्।






Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद