Posts

Showing posts from February, 2016

सम्पर्क माध्यमको सुधारमा सकारात्मक पहल

सिक्किमको सम्पर्क माध्यम सडक, रेलमार्ग र हवाई मार्गलाई सुधार गर्ने विषयमा राज्य सरकारले निरन्तर पहल गर्दै आएको छ। यसपल्ट केन्द्रमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्वमा रहेको सरकार सिक्किमको सम्पर्क माध्यमलाई सुधार गर्न गम्भीर रहेको कुरा अहिले विभिन्न केन्द्रिय मन्त्रीहरूले दिएको बयानले स्पष्ट गरेको छ। 8 जनवरीको दिन नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनको अवसरमा पूर्वोत्तर क्षेत्र विकास (डोनर) मन्त्री डा. जितेन्द्र सिंहले सिक्किमको पाकिममा निर्माणाधीन ग्रीन फिल्ड हवाई अड्डाको निर्माणकार्य प्रगतिमा रहेको र यो वर्ष 2017 देखि सञ्चालन हुने बताएका छन्। डा. जितेन्द्र सिंहले पाकिम हवाई अड्डाको निर्माणकार्य पुरा भए पछि सिक्किम क्षेत्रको एउटा अति नै सुन्दर गन्तव्यका रूपमा उदय हुने पनि बताए। अझ महत्त्वपूर्ण विषय के छ भने, डा. जितेन्द्र सिंहले नरेन्द्र मोदीको  नेतृत्त्वमा रहेको केन्द्र सरकारले चाँडै नै सिक्किमलाई भारतको रेल मानचित्रमा सामेल गर्ने बताएका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोेदी केन्द्र सरकारमा आउन साथ मेघालय र अरूणाचल प्रदेशलाई भारतको रेल मानचित्रमा सामेल गरिसकेको र अब पालो स

सामाजिक दायित्व सबैले लिन आवश्यक

सिक्किम हाम्रो हो, सिक्किम राम्रो भए सबैलाई राम्रो हुन्छ, सिक्किमको विकास प्रगति र समृद्धिसितै सुनाम फैलिँदा त्यसको लाभ प्रत्येक नागारिकलाई प्राप्त हुँदछ। यो विचार प्रत्येक नागारिकमा हुँदा नै सिक्किमको प्रगति निश्‍चित छ अनि सिक्किमको छविलाई अझ उचाईंमा पुर्‍याउन सकिन्छ। विगत केही दिनको अवधिमा सिक्किम राज्यमा भएका छुटपुट घटनाले राज्यको छविलाई धमिल्याउने नकारात्मक विषयहरू दर्शाएको छ। सिक्किम अहिले पूर्ण जैविक राज्यको उत्सवसितै देशका प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनलाई लिएर तयार भएको छ। यसका निम्ति राजधानी गान्तोक वरिपरि साथै जैविक उत्सवको प्रमुख स्थलहरूलाई सजाउने काम भएको छ। यद्यपि, कतिपय नकारात्मक सोच भएका व्यक्तिले फूलको गमलाहरू फुटाएको गमलाहरू चोरेको कुराहरूले आफ्नोपनको भावना नभएको तथा कतिपय नकारात्मक शक्तिले सिक्किमको छविलाई धमिलो बनाउने प्रयास गरेको दर्शाउँछ। यस्ता छुटपुट घटनाहरूमा कतिपय स्थानमा स्ट्रीट लाइट फुटाउने, प्रचार प्रसारका ब्यानरलाई ढुङ्गा हिर्काउने, पटेका पढ्काउने, फोहोर मैला जताततै फ्याँक्ने गरेको पनि देखिन्छ। हालै सिङताममा सार्वजनिक सम्पत्तिलाई नष्ट गरिएको घटना प

पर्यटन शहरका रूपमा एमजी मार्ग

गान्तोक शहर पर्यटन शहरका रूपमा स्थापित भयो। सिक्किमको राजधानी गान्तोकको मुटु मानिने एमजी मार्गले हालैका दिनमा प्राप्त गरेको प्रंशसा र मान्यतासितै वर्तमानमा भइरहेका उत्सव र रमाइला कार्यक्रमहरूले पर्यटकहरूलाई आकर्षित तुल्याएको छ। गान्तोक शहरले अहिले विश्‍वको ध्यान खिच्न सफलता प्राप्त गरेको छ। हालै सिक्किम भ्रमणमा आएका देशका प्रधानमन्त्री नरेन्द्र मोदीले एमजी मार्गको प्रसङ्ग उठाएर यो मार्ग देशका निम्ति उदाहरणीय बनेको बताएका थिए। प्रधानमन्त्रीले गाडीको घुइँचो, फोहोर मैला र अन्य अव्यवस्थित स्थितिलाई मुख्यमन्त्री पवन चामलिङले नवोन्मेशी विचारमार्फत सुधार गर्ने पहल गर्दा धेरै विरोध भएको समेत प्रधानमन्त्रीले उल्लेख गर्दै गान्तोक शहर वर्तमानमा देशको स्वच्छ 10 शहरहरूमध्ये एक बन्न पुगेकोमा सिक्किमे जनतालाई बधाई पनि दिए। स्वच्छ भारत अभियानअन्तर्गत देशका शहरहरूलाई प्रतिस्पर्धी ढङ्गमा स्वच्छ र सुन्दर बनाउने अभियानअन्तर्गत भारत सरकारले गरेको सर्वेक्षणअनुसार सिक्किमको राजधानी गान्तोक शहर स्वच्छ शहरको शीर्ष 10 मा आउन सफल भएको छ। यो वर्ष 2016 को ताजा उपलब्धि हो। देशका प्रधानमन्त्रीलाई राजधानी गान्तोक

ऐतिहासिक अवसर

१२ वर्षको निरन्तर परिश्रमपछि सिक्किम जैविक कृषिको क्षेत्रमा देशलाई नेतृत्त्व दिन सक्षम भएको छ। सिक्किम राज्यले वर्ष २००३ देखि नै जैविक खेतीको निम्ति सङ्घर्ष शुरू गरेको हो। वर्ष २००३ मा नै सिक्किम विधानसभामा सिक्किमलाई पूर्ण जैविक राज्य बनाउने घोषणा गरिएको  हो। त्यसपछि जैविक कृषिको निम्ति रोडम्याप र कार्य योजनाहरू तयार गरियो। कृषकहरूलाई रसायनिक मलको प्रयोग नगर्ने सल्लाह दिँदै वर्ष २००३ देखि नै निरन्तर रसायनिक मलमा प्रदान गरिने छुट बन्द गरेर २००८ सम्ममा छुटलाई पूर्णरूपले बन्द गरियो। त्यसपछि राज्यमा जैविक खेतीका निम्ति जैविक मल बनाउन शुरू भयो। जैविक कृषिका निम्ति आवश्यक क्षमता विकासका कार्यक्रमहरू भए। यसरी नै फसलोत्तर आवश्यक पूर्वाधारहरू र बीज प्रसंस्करण केन्द्रहरू स्थापना गरियो। वर्ष २००८ मा माटो जाँचका निम्ति प्रयोगशाला स्थापना गरियो। यसरी नै २००६ देखि २००९ को अवधिमा ९ वटा भर्मिकल्चर हेचेरी स्थापना गरियो। यसरी नै पश्‍चिम सिक्किमको बीरदाङमा अदुवा प्रसंस्करण इकाईको स्थापना गरियो भने २००९ मा नै बायो फर्टिलाइजर(जैविक मल) उत्पादन एकाई स्थापना गरियो। त्यसपछि २००९ यता नै अनुसन्धानमार्फत प्रा

यसरी उपलब्धिमूलक बन्नेछ नयाँ वर्ष २०१६

नयाँ वर्ष २०१६ मा प्रवेश भइसकेका छौं। नयाँ वर्षको आगमसितै यो वर्ष सिक्किमको निम्ति कस्तो रहने हो त्यो अति नै महत्वपूर्ण विषय छ। बितेको वर्षमा घटेका विभिन्न घटनाहरू सबै नै सिक्किम र सिक्किमेको पक्षमा भएको कुरालाई हामीले स्वीकारेका छौं, अनि वर्ष-२०१६ सिक्किमको विकास, समृृद्धि र प्रगतिका निम्ति धेरै महत्वपूर्ण हुनेछ। यसका निम्ति  सबैले कामना पनि गरिरहेका छन्। विकाससितै राज्यमा स्थापित शान्ति, नागरिक सुरक्षाको विषय पनि उतिकै महत्वपूर्ण, जसको कामना सबैले गरेका नै हुन्छन्। यस वर्षको पहिलो महिनामा देशका प्रधानमन्त्री सिक्किम भ्रमणमा आएर सिक्किमलाई पूर्ण जैविक राज्य घोषणा गर्ने कुराले सर्वाधिक महत्व पाइरहेको छ। अवश्य नै यो घोषणापछि सिक्किम अवसरहरूको राज्य  बन्नेछ। कृषिसितै यसले कृषि अद्योग, पर्यटनमा पनि व्यापक अवसरहरू सिर्जना गर्नेछ। कृषि उत्पादको माग बढनुसितै यसले कृषिका नयाँ उद्यम विकसित गर्न, कृषी-बजार व्यवस्थापनमा नयाँ आयाम जोड्ने, कृषि र पर्यावरणविद्हरूलाई अध्ययनका निम्ति आकर्षण गर्ने नै छ। यसले गर्दा समग्रमा सिक्किमको कृषिप्रति देश नै आकर्षित बन्ने छ, यो निश्‍चित छ। कृषिपछि सिक्क

संघीय राज्यहरूमाथि समानतामूलक दृष्टि

लोकतान्त्रिक प्रणालीमा देखापरेका कमजोरीहरूलाई नरेन्द्र मोदीको नेतृत्त्वमा रहेको केन्द्र सरकारले सुधार गर्ने महत्त्वपूर्ण पहलहरू गरेको छ। अहिले सङ्घीय सहकारिताले व्यापक प्रचार पाएको छ भने सिक्किम जस्तो सानो राज्यको कुरालाई गम्भीरतापूर्वक सुनेर सुनुवाई गर्ने काम भइरहेको छ। यसपल्ट केन्द्र सरकारले सिक्किमलाई प्राथमिकता मात्र नदिएर प्रधानमन्त्री स्वयंले राष्ट्रिय कृषि सम्मेलनका निम्ति सानो अनि पहाडी राज्य सिक्किमलाई चयन गरे। सिक्किममा सम्पन्न भएको राष्ट्रिय कृषि सम्मेलनको सिफारिसलाई सिक्किम डिक्लारेशनका रूपमा स्वीकार गरेर आ-आफ्नो राज्यमा सान्दर्भिक हुने सबै घोषणा र सिफारिसलाई लागू गर्ने सल्लाह पनि दिए। देशको विकासका निम्ति सबै राज्यहरूको सहकार्य आवश्यक छ। यही विषयलाई लिएर हालै केन्द्रिय वित्तमन्त्री अरूण जेटलीले पनि देशको समग्र विकासका निम्ति राज्यहरूलाई अघि आउने आह्वान गरेका छन्। अर्को महत्त्वपूर्ण विषय के छ भने सिक्किम अहिले केन्द्र सरकारका निम्ति एउटा उदाहरणीय राज्य भएको छ। सिक्किमले प्राप्त गरेको विकास दरसितै पर्यटन, कृषि, स्वच्छता  आदि क्षेत्रमा स्थापित गरेको सफलता राज्यका निम्ति

जैविक खेतीका विधिहरू

  प्रस्तवना सिक्किममा अहिले जैविक खेतीको अभियान शुरू गरिइएको छ। खेती-किसानी गर्दा खेतबारीमा रासयनिक मल प्रयोग गर्न नपाउने वा प्रयोग नगर्ने नियम बनाइएको छ। खेती-बालीमा रासयनिक मल वा फर्टिलाइजरहरू प्रयोग नगर्ने र जैविक मलहरू मात्र प्रयोग गर्ने नियम लागू गरिएको छ। यो नियम लागू गर्नुको पछाडि धेरै गहिरा कारणहरू छन्। किन रासयनिक मलहरू प्रयोग नगर्ने? किन जैविक वा प्राकृतिक मलहरू मात्र प्रयोग गर्ने? के कारणले यस्तो नियम बनाइयो? कसको हितमा यस्तो निर्णय गरियो? आदि-आदि थुप्रै प्रश्‍नहरू अहिले धेरै जनाको मनमा उब्जेको हुनुपर्छ। सर्वप्रथम हामीले यिनै प्रश्‍नहरूको जवाब खोजेर जैविक खेतीका बुनियादी कुराहरूबारे स्पष्ट बन्ने प्रयास गर्नुपर्ने छ। रासयनिक मल किन प्रयोग नगर्नु? अन्न-बाली वा फल-फूलहरूलाई धेरै मात्रामा फलाउनाका लागि हामी केमिकल फर्टिलाइजर वा रासयनिक मलहरू प्रयोग गर्छौं। रासयनिक मलहरूको प्रयोगले शुरू-शुरूमा धेरै अन्न-बाली, फसलहरू फलाउन सकिए तापनि लामो समयमा त्यसको असर उल्टो हुँदै जान्छ। यसले उत्पादन मूल्यलाई महँगो बनाउनुसँगै माटोको फलनशीलतालाई नष्ट गरिदिन्छ। अजैविक वा रासयनिक मलको प्रयो