Posts

Showing posts from December, 2015

मुख्यमन्त्रीको दिल्ली यात्रा

मुख्यमन्त्री पवन चामलिङले यसपल्टको दिल्ली भ्रमणमा प्रायः जसो केन्द्रिय मन्त्रीहरूसहित देशका प्रधानमन्त्री र राष्ट्रपतिसित भेट गर्दै सिक्किमको उज्ज्वल भविष्यका निम्ति थप ऊर्जा भर्ने कार्य गरेका छन्। हुन त एसडीएफ पार्टी तथा यसका नेता  पवन चामलिङले पार्टीको स्थापना कालदेखि नै सिक्किमको भविष्य सजाउन निरन्तर इमान्दार प्रयास गर्दै आएका छन्। यसपल्टको भ्रमणमा पनि मुख्यमन्त्री पवन चामलिङले सिक्किमको सामाजिक, आर्थिक र राजनैतिक मुद्दाहरूलाई जोडतोडले उठान गरेका छन्।  विशेष सिक्किममा सत्रौं ग्याल्वा कर्मापालाई रूम्तेक गुम्बामा आसन ग्रहणका निम्ति अनुमति प्रदान गर्ने, सिक्किमका छुटेका समुदायलाई जनजातिको मान्यता प्रदान गर्ने, सिक्किम विधानसभामा लिम्बु र तामाङको सीट आरक्षण गर्ने, सिक्किमको विकास र प्रगतिका निम्ति केन्द्रिय सहयोगको अनुदान, निर्माणाधीन हवाईअड्डाको समयमा निर्माणकार्य पूरा गर्न केन्द्र सरकारको सहयोग, स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा केन्द्रिय सहयोग, सडकहरूको विकास र सम्पर्क माध्यममा सुधार, ग्रामीण क्षेत्रको विकासलाई गति प्रदान गर्न आवश्यक सहयोग आदि महत्वपूर्ण विषयहरूमाथि मुख्यमन्

सिक्किम पुलिस

भारतको प्राचिन इतिहासमा दण्डधारी शब्दको उल्लेख गरेको पाइन्छ। भारत वर्षमा पुलिस शासनको विकास क्रममा त्यस कालको दण्डधारीलाई वर्तमान समयमा पुलिसजनको समकक्षको रूपमा स्वीकार गर्न सकिन्छ। प्राचिन भारतको स्थानीय शासन मुख्यतः ग्रामिण पञ्चायतमा आधारित थियो। गाउँको न्याय एवं शासन सम्बन्धी कार्य, ग्रामिणद्वारा मनोनित एकजना अधिकारीद्वारा गरिन्थ्यो।  यसरी नै भारतमा वर्तमान  पुलिस शासनको रूपरेखाबारे खोजी गर्दै जाँदा अंग्रेज शासनको समयमा लर्ड कर्नावलिसलाई वर्तमान पुलिस शासनको रूपरेखाका जन्मदाताको रूपमा पाइन्छ। वर्तमान समयमा हाम्रो देशमा अपराध नियन्त्रण सम्बन्धी कार्यको एकाईको दायित्व पुलिसमा छ। यसलाई थाना अथवा पुलिस स्टेशनका रूपमा पनि सम्बोधन गरिने गरिन्छ। थानामा नियुक्त अधिकारी एवं कर्मचारीहरूद्वारा यी दायित्वको पालन हुन्छ। सन् 1861 को पुलिस एक्टको आधारमा पुलिस शासन प्रत्येक राज्यहरूमा स्थापित छ। यस अन्तर्गत राज्यमा पुलिस महानिरिक्षकको अध्यक्षतामा र उपमहानिरिक्षकको निरिक्षणमा जनपदीय पुलिस शासन स्थापित छ। प्रत्येक जनपदीय वा जिल्लामा जिल्ला पुलिस महानिरिक्षकको सञ्चालनमा  पुलिसले कार्य गर्छ।

सक्किममा स्वच्छ भारत

स्वच्छ भारतको सपना महात्मा गान्धीले देखेका थिए।यसको सन्दर्भमा गान्धीजी ले भनेका थिए, भारतलाई स्वच्छता स्वतन्त्रता भन्दा अधिक आवश्यक छ। गान्धीजी आफ्नो देशमा भएको गरीबी र फोहोर मैला प्रति अवगत थिए यसकारण भारतलाई स्वच्छ बनाउनका निम्ति उनले अनेकौ प्रयास गरे तापनि सफलता हात लागेन। उनी स्वच्छता र निर्मलता दुवै नै स्वस्थ र शान्तिपूर्ण जीवनका निम्ति अनिवार्य छ भन्ने गर्थे। यो हाम्रो दुर्भाग्य हो स्वतन्त्रता पाप्तिको 68 वर्ष पछि पनि यी दुवै लक्ष्य प्राप्ति गर्ने विषयमामा देश पछि परेको छ। यसै विषयलाई मध्य नजर गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले 2 अक्टोबर 2014 को दिन नयाँ दिल्लीमा गान्धी जयन्तीको अवसरमा स्वयं झाडू लगाएर ‘स्वच्छ भारत’ मिशन शुरू गरेका थिए।  स्वच्छ भारत अभियानको उद्देश्य वर्ष 2019 सम्ममा सम्पूर्ण देशमा स्वच्छता कायम गर्नु तथा राष्ट्रपितालाई स्वच्छ भारतको उपहार दिनु रहेको छ। प्रधान मन्त्री मोदीले यस अभियानको शुरूवात गर्नलाई दिल्लीको बाल्मीकि कोलोनी चयन गरेका थिए। इतिहासअनुसार यस स्थानमा राष्ट्रपिता महात्मा गान्धी अप्रेल 1946 देखि सितम्बर 1947 सम्म बसेका थिए।  मिशनकाको अन

देशमै सिक्किमको ग्रामीण विकास नीति अग्रिम बन्दैछ

ग्रामीण क्षेत्रको विकासका निम्ति राज्य सरकारले राज्य बजेटको 70 प्रतिशत खर्च गर्दै आएको छ। यस खर्चको परिणाम स्वरूप राज्यले तय गरेका नीति र कार्यक्रमले प्राप्त गरेको सफलता र राष्ट्रियस्तरबाट सिक्किमलाई प्राप्त भएका सम्मानहरूले सिक्किमको ग्रामीण विकास देशमा नै अग्र पंक्तिमा छ भन्ने कुरा स्पष्ट गरेको छ। हालै मुख्यमन्त्री पवन चामलिङको दिल्ली भ्रमणका क्रममा केन्द्रिय ग्रामीण विकास मन्त्रीले पनि सिक्किमको ग्रामीण विकासका क्षेत्रमा धेरै राम्रो काम भएको कुरा प्रंशसनीय रहेको बताएका छन्। विशेष गरी ग्रामीण प्रबन्धन एवं विकास विभागले ग्रामीण क्षेत्रको विकासको निम्ति महत्वपूर्ण कार्यहरू गर्दै आएको छ। ग्रामीण क्षेत्रको विकासका निम्ति एमजी-नरेगालाई अभिसरणमा सामेल गरेर कृषि उत्पाददेखि ग्रामीण आवाससम्म विस्तार गरेको, सरकारद्वारा प्रायोजित योजनाको अन्तररिम तथा बाहिरी देखरेख प्रणाली पारदर्शिता जवाफदेही महत्वपूर्ण विषय छन्। यसको फलस्वरूप सिक्किमले 7 वर्षको अवधिमा राष्ट्रियस्तरबाट 25 अधिक पुरस्कार प्राप्त गरिसकेको छ। सिक्किमले वर्ष 2008 मा नै स्वच्छताको क्षेत्रमा निर्मल राज्य पुरस्कार प्राप्त गरेको हो भ

जल संरक्षणमा ध्यान दिनुपर्छ

हिउँले ढाकेको हिमाल, धेरैवटा हिम नदी, जलस्रोतसहित अत्याधिक वर्षा हुने सिक्किम राज्यमा पनि जल संरक्षणको विषय महत्वपूर्ण छ भन्ने कुरा अहिले चर्चाको विषय छ। वैश्‍विक तापमान वृद्धिका कारण हुने जलवायु परिवर्तनको प्रभावबाट सिक्किम अछुतो रहन सक्दैन, विकास गतिविधिलाई कार्यान्वयन गर्दा वैज्ञानिक पक्षलाई अनदेखा गर्न सकिन्न। भौगोलिक संरचनाको कारण यहाँको जलसंशाधन पनि चुनौतीपूर्ण छ। विगत केही वर्ष अघिदेखि क्रमशः एक दुई गर्दै पानीको प्राकृतिक मुहान र धाराहरू सङ्ख्या घट्दै जाने, बड्दो जनसङ्ख्या र व्यापक शहरीकरण आदि विषयले सिक्किमको जलसंसाधनलाई चुनौती दिइरहेको छ। यसकारण भविष्यमा हुने जोखिमलाई अहिले नै पहिचान गरेर यस तर्फ सुरक्षित उपायहरू शुरू गर्नु समयको आवश्यकता भएको छ। हुन त यस विषयमा सिक्किम सरकार अनभिज्ञ छैन। सिक्किमको हिमनदीहरूलाई संरक्षण गर्न हिमनदी अध्यन आयोगको गठनसितै पर्यावरण संरक्षणका विविध योजना र कार्यक्रमहरू सिक्किममा लागु भएको छ। यसरी नै साना कार्यक्रममार्फत पनि यस तर्फ नागारिवर्गलाई जागरूक गराउने र हरसम्भव संरक्षणका उपायहरूको लाभ प्रदान गर्दै आएको छ। यस सन्दर्भमा सिक्किममा शुरू गर

सडक योजनाका राज्यसितै राष्ट्रको हितमा

यसपल्टको नयाँ दिल्ली भ्रमणमा सिक्किमका मुख्यमन्त्री पवन चामलिङले केन्द्रिय सडक परिवहन तथा राजमार्ग मन्त्री नीतिन गडकरीसित भेट गर्दै सिक्किममा विभिन्न सडक पूर्वाधार विकास गर्न तथा नयाँ सडक योजनाका निम्ति रू.१०,२७० करोड सहयोग केन्द्र सरकारले दिनुपर्ने माग उठाएका छन। यो माग राज्यसितै राष्ट्रको हितमा छ। सिक्किम तीन अन्तरराष्ट्रिय सिमाले घेरिएको राज्य हो। हवाई र रेल दुवै क्षेत्रमा सिक्किम देशको पछौटे राज्य हो। सम्पर्क माध्यममा सडक मार्ग नै अहिलेसम्म प्रमुख रहेको छ। पूर्व सिक्किमको पाकिममा निर्माणाधीन हवाई अड्डा सञ्चालन शुरू हुन बाकी नै छ। अझ रेल मार्ग निर्माण कार्यले धेरै समय लिने स्पष्ट देखिँदैछ। यसर्थ राज्यको जीवनरेखा नै सडक मार्ग हो। यसमा राष्ट्रिय राजमार्ग अझ महत्वपूर्ण छ, यसले राज्यलाई राष्ट्रिय धारासित जोड्ने गर्छ। केन्द्रिय सडक परिवहन तथा राजमार्ग मन्त्री नीतिन गडकरी यसपल्ट  सिक्किमको सडक सम्पर्क माध्यम विषयमा गम्भीर भएको देखियो। वास्तवमा  सिक्किमको सडक मार्गलाई धेरै अघि नै अन्तरराष्ट्रिय मानकको बनाइनुपर्ने हो तर यसअघिका केन्द्र सरकारले राष्ट्रिय सुरक्षाको दृष्टिले सिक्किमको सडक

नौसेना दिवस

आज भारतीय नौसेना दिवस हो। यो दिन 1971 को युद्धमा  भारतीय नौसेनाले पाकिस्तानी नौसेनालाई जितेको स्मृतिमा मनाइने गरिन्छ।  3 दिसम्बरको दिन भारतीय सेनाले पूर्वी पाकिस्तान (अहिलेको बांग्लादेश) मा पाकिस्तानी सेना विरूदध युद्धको शुरूवात गरिसकेका थिए। यसै समय , ' अपरेशन ट्राइडेंट '(operation trident ) अन्तर्गत 4 दिसंबर , 1971 मा भारतीय नौसेनाले कराची नौसैनिक अड्डामा पनि आक्रमण गरेको थियो। यस यु्द्धमा पहिलोपल्ट जहाज ध्वस्त गर्ने एन्टी शिप मिसाइल मार्फत आक्रमण गरिएको थियो। भारतीय नौसेनाले  पाकिस्तानको तीन वटा जहाजलाई नष्ट गरेको थियो। यसमा  भारतीय नौसेनाको आईएनएस खुकरी ( INS khukri) पनि डूबेको थियो। यसमा 18 अधिकारिहरू सहित लगभग 176 नौसैनिक सवार थिए। नौसेना प्रमुख एडमिरल एसएम नंदाको नेतृत्वमा अपरेशन  ट्राइडेंटको ( operation trident ) प्लान बनाएको थियो। यस कार्यको जिम्मेदारी 25 औं स्क्वर्डन ( 25th squadron) कमान्डर बबरू भान यादवलाई दिइएको थियो। 4 दिसंबर ,1971 मा नौसेनाले कराची स्थित पाकिस्तान नौसेना हेडक्वार्टरमा पहिलो आक्रमण गरेको थियो। एम्‍यूनिशन सप्‍लाई शिप समेत कयौ  जहाज ध्

अन्तराष्ट्रीय विकलांग दिवस

अन्तराष्ट्रीय विकलांग दिवस अर्थात   International Day of Disabled Persons 3 दिसम्बरको दिन पालन गरिन्छ। यो दिवस शारीरिकरूपले अक्षम मानिसलाई देशको मुख्य धारामा ल्याउनका लागि मनाइने गरिन्छ।  अन्तरराष्ट्रीय विकलाङग दिवसको उद्देश्य आधुनिक समाजमा शारीरिक रूपले अक्षम मानिसहरूसित भइरहेको  भेद-भावलाई समाप्त गर्नु हो। यस भेद-भावमा समाज र व्यक्ति दुवैको भूमिका रेखाङकित हुदै आएको छ।  भारत सरकारद्वारा गरिएका प्रयासमा , सरकारी सेवामा आरक्षण दिनु, , योजनाहरूमा विकलाङ्गहरूको भागीदारीलाई  प्रमुखता दिनु आदि सामेल गरिन्दै आएको छ। सयुंक्त राष्ट्र संघले 3 दिसंबर 1991 देखि प्रतिवर्ष अन्तरराष्ट्रीय विकलाङ्ग दिवस मनाउने स्वीकृति प्रदान गरेको थियो।   संयुक्त राष्ट्र महासभाले वर्ष 1981 मा अन्तरराष्ट्रीय विकलांग दिवस घोषिणा गरेको थियो। सयुंक्त राष्ट्र महासभाले सयुंक्त राष्ट्र संघसितमिलेर वर्ष 1983 देखि 19 92 सम्म अन्तरराष्ट्रीय विकलांग दिवस दशक घोषित गरेको थियो।   भारतमा विकलाङगसित  सम्बन्धित योजनाहरूको क्रियान्वयन सामाजिक न्याय एवं अधिकारिता मंत्रालयको अधिनमा हुन्छ। संगम योजनाको सम्बन्ध भारमा विकलाङगहर

भोपाल ग्यास त्रासदी

भारतको मध्यप्रदेश राज्यको भोपाल शहरमा 3 दिसम्बर सन् 1984 मा एउटा भयानक औद्योगिक दुर्घटना भएको थियो। यस दुर्घटनालाई भोपाल ग्यास कान्ड अर्थात  भोपाल ग्यास त्रासदीको नामले जानिन्छ। भोपाल स्थित यूनियन कार्बाइड नामक कम्पनीको कारखानादेखि एउटा विषालू ग्यास निस्कन्दा लगभग 15 हजार भन्दा अधिक मानिसको ज्यान गएको थियो भने धेरै मानिस अनेक प्रकारको शारीरिक अपङगतादेखि लिएर अन्धोपनको पनि शिकार बनेका थिए। भोपाल ग्यास काण्डमा मिथाइल आइसोसाइनाइट अर्थात मिक नामक विषालू ग्यास रिसाव भएको थियो। यसको उपयोग कीटनाशक बनाउनका लागि गरिन्थ्यो। मध्यप्रदेशको तत्कालीन सरकारले 3 हजार 787 जना भोपाल ग्यासले त्रासदीले मर्नेहरूका रूपमा पुष्टि गरेको थियो। अन्य अनुमानअनुसार दुई हप्ता भित्र 8 हजार मानिसको मृत्यु भएको थियो भने लगभग अन्य 8 हजार मानिसले ग्यास फैलिएपछिको सम्बन्धित  बीमारको कारण मृत्यु स्वीकार्नु परेको थियो।  2006 मा  सरकारद्वारा दर्ता एउटा शपथ पत्रअनुसार  रिसावको कारण लगभग   5 लाख 58 हजार 125 जना मानिस सोझै प्रभावित भएको र  आंशिक रूपमा  प्रभावित हुनेहरूको संख्या लगभग 38 हजार 478 थियो। यसमा 3900 जना न

उपलब्धिपूर्ण बन्यो मुख्यमन्त्रीको दिल्ली यात्रा

मुख्यमन्त्री पवन चामलिङले यसपल्टको दिल्ली भ्रमणमा प्रायः जसो केन्द्रिय मन्त्रीहरूसहित देशका प्रधानमन्त्री र राष्ट्रपतिसित भेट गर्दै सिक्किमको उज्ज्वल भविष्यका निम्ति थप ऊर्जा भर्ने कार्य गरेका छन्। हुन त एसडीएफ पार्टी तथा यसका नेता  पवन चामलिङले पार्टीको स्थापना कालदेखि नै सिक्किमको भविष्य सजाउन निरन्तर इमान्दार प्रयास गर्दै आएका छन्। यसपल्टको भ्रमणमा पनि मुख्यमन्त्री पवन चामलिङले सिक्किमको सामाजिक, आर्थिक र राजनैतिक मुद्दाहरूलाई जोडतोडले उठान गरेका छन्।  विशेष सिक्किममा सत्रौं ग्याल्वा कर्मापालाई रूम्तेक गुम्बामा आसन ग्रहणका निम्ति अनुमति प्रदान गर्ने, सिक्किमका छुटेका समुदायलाई जनजातिको मान्यता प्रदान गर्ने, सिक्किम विधानसभामा लिम्बु र तामाङको सीट आरक्षण गर्ने, सिक्किमको विकास र प्रगतिका निम्ति केन्द्रिय सहयोगको अनुदान, निर्माणाधीन हवाईअड्डाको समयमा निर्माणकार्य पूरा गर्न केन्द्र सरकारको सहयोग, स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा केन्द्रिय सहयोग, सडकहरूको विकास र सम्पर्क माध्यममा सुधार, ग्रामीण क्षेत्रको विकासलाई गति प्रदान गर्न आवश्यक सहयोग आदि महत्वपूर्ण विषयहरूमाथि मुख्यमन्