सक्किममा स्वच्छ भारत

स्वच्छ भारतको सपना महात्मा गान्धीले देखेका थिए।यसको सन्दर्भमा गान्धीजी ले भनेका थिए, भारतलाई स्वच्छता स्वतन्त्रता भन्दा अधिक आवश्यक छ। गान्धीजी आफ्नो देशमा भएको गरीबी र फोहोर मैला प्रति अवगत थिए यसकारण भारतलाई स्वच्छ बनाउनका निम्ति उनले अनेकौ प्रयास गरे तापनि सफलता हात लागेन। उनी स्वच्छता र निर्मलता दुवै नै स्वस्थ र शान्तिपूर्ण जीवनका निम्ति अनिवार्य छ भन्ने गर्थे। यो हाम्रो दुर्भाग्य हो स्वतन्त्रता पाप्तिको 68 वर्ष पछि पनि यी दुवै लक्ष्य प्राप्ति गर्ने विषयमामा देश पछि परेको छ। यसै विषयलाई मध्य नजर गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले 2 अक्टोबर 2014 को दिन नयाँ दिल्लीमा गान्धी जयन्तीको अवसरमा स्वयं झाडू लगाएर ‘स्वच्छ भारत’ मिशन शुरू गरेका थिए। 
स्वच्छ भारत अभियानको उद्देश्य वर्ष 2019 सम्ममा सम्पूर्ण देशमा स्वच्छता कायम गर्नु तथा राष्ट्रपितालाई स्वच्छ भारतको उपहार दिनु रहेको छ। प्रधान मन्त्री मोदीले यस अभियानको शुरूवात गर्नलाई दिल्लीको बाल्मीकि कोलोनी चयन गरेका थिए। इतिहासअनुसार यस स्थानमा राष्ट्रपिता महात्मा गान्धी अप्रेल 1946 देखि सितम्बर 1947 सम्म बसेका थिए। 
मिशनकाको अन्य उद्देश्यहरूमा देशमा खुल्ला स्थानमा शौच समाप्त गर्नु, अस्वास्थ्यकर शौचाल स्वस्थकर बनाउनु, हातले मलको सफाई गर्ने वा उठाउने परम्परा रोक्नु, ठोष र तरल फोहोरलाई पुन: पयोग गर्नु, मानिसहरूलाई सफाई प्रति जागरूक गराउनु, शहरी र ग्रामीण क्षेत्रमा सफाई व्यवस्था अनुकूल बनाउनु वा भारतमा निवेशकका लागि रुचि रखने सबै निजी क्षेत्रका लागि अनुकूल वातावरण प्रदान गर्नु आदि विषयहरू सामेल छन्। 
2 अक्टोबरका 2014 मा राष्ट्रपिता महात्मा गान्धी र पूर्व प्रधानमन्त्री लालबहादुर शास्त्रीलाई वहाँहरूको जन्म जयन्तीका अवसरमा श्रद्धाञ्जलि अर्पण गरेपछि मोदीले राजपथमा  मिशनको औपचारिक शुरूआत गर्नु अघि मन्दिर मार्ग स्थित वाल्मीकि बस्तीमा स्वयं झाड़ू लगाएर एउटा फुटपाथ सफा गरेका थिए। स्मरण योग्य कुरा के छ भने वाल्मीकि बस्ती सफाई कर्मिहरूको बस्ती हो।यो अभियान अहिले देशभरि नै चलिरहेको छ।
 सिक्किमको सन्दर्भमा कुरा गर्नु पर्दा, सिक्किम देशको पहिलो निर्मल राज्य हो। निर्मल राज्यको निम्ति वर्ष 2008 मा नै राष्ट्रिय पुरस्कारले सम्मानित सिक्किम अहिले देशका अन्य राज्यहरूको निम्ति अनुकरणीय बनेको छ। 
  यस अभियानमा सिक्किम धेरै सफल छ, कारण भारतमा यस अभियानलाई सफल बनाउनु महिलाहरूले कठिन सङघर्ष  गर्नु परेका कथा छ। विशेष देशको ग्रामीण क्षेत्रमा महिलाहरूले एउटा अनौठो आन्दोलन नै शुरु गरेको कथा हामी रेडियो ,टेलिभिजन वा समाचार पत्रहरूमा सुन्ने गर्छौ। ग्रामीण क्षेत्रबाट आएको यो अभियानको घटनालाई सामाजिक परिवर्तन अर्थात दूषित वातावरणबाट स्वच्छतातर्फ परिवर्तनको सूचक मान्नु पर्छ। घटना मध्यप्रदेशको जनजातीय बाहुल्य क्षेत्र तथा बैतुलको हो। यहाँ एकजना नवविवाहिताले पहिलो रातमा नै लोग्नेलाई छोडेर माइता गएकी थिइन। कारण आफूले बिहे गरेको घरमा शौचालय थिएन। ती महिलाको यस निर्णयलाई भारतीय समाजले कसरी लियो, त्यो जान्न नसके पनि, केही वर्षअघि उत्तर प्रदेशको अलग-अलग क्षेत्रमा तीन नवविवाहिताले ठीक यस्तै निर्णय लिएर शौच र सफाईसित जोडिएका ग्रामीण महिलाहरू दूषित वातावरणलाई प्रोत्साहन गर्ने छैनन भन्ने सन्देश दिएका थिए। 
ग्रामीण तथा दुर्गम क्षेत्रसित जोडिएको यी महिला आधुनिक सोचले सम्पन्न छन। उनीहरूको विद्रोहले ग्रामीण भारतमा असङ्ख्य मानिससित जोडिएको त्यस दुखद सत्यतालाई छोएको छ। 21 औं सदीमा पनि हाम्रो देशमा करोडौं मानिस शौचालयको अभावमा खुल्ला स्थानमा शौच गर्न अभिशप्त छन। यसको पीडा महिलाहरूले नै भोग्नुपर्छ, किनभने पुरुष जस्तो जुनसुकै समयमा महिलाहरू खुल्ला स्थानमा शौच गर्न जान सक्दैन। उनीहरूले कि त झिसमिसे अँध्यारोमा अथवा घाँम अस्ताएर अँध्यारो भएसम्म प्रतीक्षा गर्नुपर्ने बाध्यता हुन्छ। यो बाध्यता सहन गर्न नसक्ने त छँदैछ साथै बिस्तारै महिलालाई पेट र आन्द्राको बिमार लाग्नसक्छ। यसबाहेक अँध्यारोमा शौच गर्न जानु अर्को खतरा पनि छ। खुल्ला स्थानमा शौच गर्न आर्थिक मजबूरीको परिणाम भए पनि हाम्रो देशमा लामो समयदेखि यो परम्परा छ।
ग्रामीण भारतमा अहिले पनि शौचालय बनाउनु अनावश्यक खर्च हो भन्ने मानिसको सङ्ख्या पनि धेरै छ। हुन त यो पुरुषप्रधान समाजको वर्चस्ववादी मानसिकताको परिचायक हो जसले महिलाहरूको पीडालाई कहिल्यै पनि बुझ्ने प्रयास गरेन। शौचालय विहीन असङ्ख्य घरहरूको यो त्रासद सच्चाइ त्यस देशको हो, जुन देशले 2020 सम्ममा विकसित राष्ट्र बन्ने सपना देखेको छ अनि स्वच्छताका लागि देशका महिलाहरू आन्दोलनमा उत्रिएका छन्।
भाग्यवश- सिक्किम यो आन्दोलनबाट मुक्त छ। कारण यो अघावै देशको अनुकरणीय निर्मल राज्य बनेको छ। यहाँका कुनै नवविवाहिताले शौचालयको अभावमा घर-परिवार त्याग्नु पर्ने स्थिति छैन। महिलाहरूले शौच गर्न कहिले घाम अस्ताउँछ भन्ने कुनै स्थिति छैन। वास्तवमा सिक्किममा महिलाहरूले कुनै सङ्घर्ष नगरीकन नै उपहारस्वरूप यो सुविधा प्राप्त गरेका छन। यो राज्यको निम्ति ठूलो उपलब्धी मान्न सकिन्छ। सिक्किमको समाजले सित्थैमा प्राप्त गरेको यस महत्वपूर्ण सामाजिक परम्परा स्वच्छलाई अझ सुदृढ बनाउन आवश्यक छ।
  महत्वपूर्ण कुरा के छ भने, गान्तोक शहरको निम्ति 2 अक्टोबर 2015 कै दिन मात्र प्राप्त ‘सफाइगिरी’ पुरस्कारले पनि सिक्किम स्वच्छतामको क्षेत्रमा धेरै अघि छ भन्ने कुरो प्रमाणित हुँदछ। यद्यपि, सिक्किमको निम्ति अझ अर्को जिम्मेवारी पनि बढेको छ। देशलाई पूर्णरूपमा स्वच्छ बनाउने अभियानलाई 1019-मा पूरा गर्ने लक्ष्य लिइएको छ। महात्मा गान्धीको सपना जस्तै भारतलाई सधैँ स्वच्छ राख्न जुन अभियान शुरू गरेर केन्द्रले लक्ष्य तय गरेको छ, त्यसलाई सफल पार्न निरन्तरता दिनु पनि उत्तिकै आवश्यक हुन्छ। त्यसैले मानव संशाधन विकास मन्त्रालयद्वारा केन्द्र सरकारले यस दिशामा पनि पहल जारी राखेको छ। त्यही पहलहरूमध्ये एउटा मान्न सकिन्छ अक्टोबर महिनालाई पनि। अक्टोबर महिनालाई केन्द्र सरकारले ‘स्वच्छ महिना’ भनेर देशभरिकै स्कूलहरूलाई स्वच्छ भारत अभियानमा संलग्न गराइरहेको छ। यदि देशलाई पूर्णरूपमा स्वच्छ बनाउनै हो भने निश्‍चय विद्यार्थीवर्ग र शिक्षक-शिक्षिकागणसितै स्कूलहरूलाई पनि यसतर्फ ध्यानाकर्षित गराउन जरुरी हुन्छ। अर्को कुरा, स्कूल तथा विद्यार्थीवर्गलाई यस दिशामा संलग्न गराउनु, उनीहरूलाई आकर्षित गराउनु भनेको देशप्रति पनि सचेत रहनु हो भन्ने बुझ्न सकिन्छ।
निश्‍चय नै स्वच्छतालाई हामीले हाम्रो संस्कार-संस्कृतिसित जोडेर हेर्नु आवश्यक हुन्छ, जसरी चाड-पर्व, धर्म-कर्म, परम्पराहरूलाई स्वच्छता, अनुशासनसित जोडेर वैज्ञानिक दृष्टिले पनि हेर्न सक्छौं। अहिले स्कूलको सन्दर्भलाई पर राखेर हेर्नु हो भने पनि राज्यले 2010 देखि नै जताततै कुडा-मैला फ्याक्न नपाउने भनेर घोषणा गरेको थियो। सरकारले ट्याक्सी, निजी वाहनदेखि सरकारी र भीआइपी वाहनमा पनि गार्वेज ब्याग राखिनुपर्ने अनिवार्य गरेको थियो। यस कुरोलाई कतिसम्म व्यावहारिकरूप दिइएको छ? कतिले स्वीकारेका छन् त सरकारको यस निर्णयलाई? सायद यसलाई पनि राज्यको संस्कारसितै अनुशासनसँग पनि जोडेर हेर्न सकिन्छ जस्तो लाग्छ।
 विश्‍वमा बढ्दो प्रदूषणको स्तर मानव समाजको अस्तित्वको निम्ति एउटा प्रश्‍नचिह्न बनेर उभिएको छ। यसरी नै अनियन्त्रित प्रकारले प्रदूषण बढ्दै गयो भने मानव समाजलगायत सम्पूर्ण प्राणीजगतको विनाश निश्‍चित छ भन्ने वैज्ञानिकहरूको विश्‍वास छ। अनियन्त्रित ढङ्गमा बढदो प्रदूषणको कारण मानिसहरूको शरीर वा स्वास्थ्यमा पनि अभूतपूर्व विकार र विकृतिहरू देखापर्न थालेको छ। अहिले संसारका अधिकांश मानिसहरू  आफ्नो स्वास्थ्यलाई लिएर चिन्तित छन्। संसारमा जैविक उत्पादनहरूको बढ्दो मागले पनि यो कुराको पुष्टि गरेको छ। हाम्रो देशको मानचित्रमा सिक्किमको भौगोलिक उपस्थिति पनि सानो छ। तर यो सानो राज्यले पृथ्वीको आयूलाई बढाउने दिशातर्फ पहल गरिरहेको छ। संसारको भौगोलिक मानचित्रमा नाङ्गो आँखाले देख्नसम्म गाह्रो पर्ने सिक्किमले गरेका कार्यहरूको चर्चा आज देश-विदेशमा चल्दैछ। सम्भवतः संसारमा सिक्किम मात्र यस्तो राज्य हो, जहाँ वनको घनत्व वृद्धि हुँदैछ।
राज्य  सरकारले जैविक कृषि अभियान, दश मिनट पृथ्वीका लागि (टेन मिनट टु अर्थ), पर्यावरण महोत्सव, हरित क्रान्ति, पटेका पड्काउन निषेध आदिजस्ता ठोस् कार्यक्रममार्फत आज संसारलाई नै गतिलो सन्देश दिएको छ। यसरी नै राज्य सरकारले स्वच्छतामाथि पनि आज भन्दा धेरै अघिदेखि विभिन्न प्रकारका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। राज्यका सबै बजारहरूमा डस्टबीनको प्रबन्ध गरिएको छ। प्रत्येक दोकानदारले आफ्नो दोकानमा अनिवार्य रूपमा डस्टबीन राख्नुपर्ने नियम बनाइएको छ। शहर-बजार अथवा सार्वजनिक स्थलहरूमा धूम्रपान गर्न नपाइने नियम बनाइएको छ। विभिन्न पर्व तथा उत्सवहरूमा पटेका पड्काउन नपाइने नियम लागू गरिएको छ। समग्रमा भन्नुपर्दा प्रकृतिमाथि घात हुने सबै प्रकारका गतिविधिहरूको रोकथाममा राज्य  सरकारले यस्ता नियमहरू लागू गरेका छन्, जुन नियमहरू आजको स्थिति वा वैश्‍विक परिवेशको निम्ति एकदमै लाभदायक छ।
सरकारले प्रकृतिको संरक्षण तथा सुरक्षाको निम्ति आरम्भ गरेका सबै पहलहरूको परिणाम अहिले एकपछि एक गर्दै देखापर्न थालेको छ। सिक्किमले कायम राखेको स्वच्छता आज देशको निम्ति उदाहरण बनेको छ। इण्डिया टुडे ग्रुपले विभिन्न वर्गअन्तर्गत राखेको पुरस्कारहरूमध्ये गान्तोक शहरले क्लीनेस्ट हिल स्टेशन वर्गमा प्राप्त गरेको यो पुरस्कार सिक्किम र सिक्किमवासी कै निम्ति अर्को उपलब्धी हो।
स्वच्छताको क्षेत्रमा सिक्किमले प्राप्त गरेको सफलता अहिले राष्ट्रिय स्तरमा चर्चाको विषय भएको छ। हालै राष्ट्रिय टेलिभिजनमा सिक्किमको स्वच्छतालाई देशका निम्ति रोल मोडल बताइएको कुराले सिक्किमलाई  यस क्षेत्रमा धेरै हौसला प्राप्त भएको छ।  यद्यपि, यस पछि पनि क्रमश निर्मल राज्यको गरिमालाई कायम राख्न सिक्किमले गरेका कार्यहरू राष्ट्र कै निम्ति अनुकरणीय भएको कुरा अहिले आएर राष्ट्रिय स्तरबाट स्वीकृति प्राप्त हुनु सिक्किमको निम्ति गौरवको विषय हो। 
भर्खरै सम्पन्न नगर निगमको चुनाउमा विजम बनेपछि गठित गान्तोक नगर निमग (जीएमसी) को नमाँ कार्यकारीले राजधानीको स्वच्छता, फोहोर प्रबन्धन, पिउने पानी, वाहन बिसाउनीलाई प्राथमिकताको आधारमा व्मवस्थित गर्ने निर्णम लिएको छ। मेयर शक्तिसिंह चौधरीले जीएमसीमा अहिलेसम्म सञ्चालन भइरहेको फोहोर प्रबन्धनलाई अझ् व्यवस्थित ढंगमा सञ्चालन गर्न फोहोरको स्रोतबाटै कुहुने र नकुहुने छुट्याएर प्रबन्धनको निम्ति तयार गरिने बताएका छन। यसको निम्ति पहल शुरू गरिसकेको बताउँदै मेयर चौधरीले जीएमसीको 17 वटा वार्ड मध्मे रानीपूल र तादोङ वार्डमा निलो र हरियो रङको डस्टबिन वितरण प्रक्रिमा पूरा भएको छ।  यसरी नै अन्म 15 वटा वार्डमा पनि चाँड़ै डस्टबिन वितरण गरिने र फोहोरलाई स्रोतबाटै दुई भाग गरेर प्रबन्धन गरिने कार्यक्रम छ। 
  यसरी नै विभिन्न कार्यक्रम र अवसरहरूमा प्रयोगमा ल्माइने थर्मकोल र यसबाट बनिएका थाल, गिलास र अन्य सामानहरूको नराम्रो प्रभावलाई ध्मानमा राखेर जीएमसीले यसको प्रयोगमाथि कड़ा पहल गर्ने निर्णम लिएकोछ। आउँदो वर्षदेखि थर्मकोलका उत्पादहरू बिक्री वितरणमा प्रतिबन्ध लगाउन जीएमसीले कारबाही थाल्ने भएको छ। अहिले पसलेहरूका पसलमा रहेको थर्मकोलका उत्पादहरू बिक्री गरिसक्न पाँच-छह महिनाको समम दिइने र बिक्री गरिसकेपछि नयाँ भण्डारण नगरिदिने र त्यसको वैकल्पिक एवं सजिलै सड़ने उत्पादहरूको प्रयोग गर्ने अभ्यास गर्न प्रोत्साहित गरिने योजना छ। स्वच्छ गान्तोकको निम्ति स्वच्छ भारत अभियानअन्तर्गत प्रत्येक घरको निजी जमीनमा 18 हजार रूपियाँको लागतमा शौचालम निर्माण गरिने योजना  पनि । राजधानी बाहेक राज्यको ग्रामिण  क्षेत्रमा पनि स्वच्छताका निम्ति पञ्चायत, गैर सरकारी संस्थान, सराकीरी तथा गैर सरकारी संस्थान, शिक्षक तथा विद्यार्थी, पर्यटनका हित धारक र समग्रमा आम नागरिकआदिको योगदानले सिक्किमलाई स्वचछताको निम्ति देशमा आदर्श राज्य बन्न सफल बनाएको छ। बस प्रत्येक नागरिकले स्वच्छतालाई आदत बनाएर यसलाई निरन्तरता दिनुसक्नु मात्र सिक्किमका निम्ति एउटा चुनौति छ। 

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद