नौसेना दिवस
आज भारतीय नौसेना दिवस
हो। यो दिन 1971 को युद्धमा भारतीय नौसेनाले पाकिस्तानी नौसेनालाई जितेको
स्मृतिमा मनाइने गरिन्छ। 3 दिसम्बरको दिन
भारतीय सेनाले पूर्वी पाकिस्तान (अहिलेको बांग्लादेश) मा पाकिस्तानी सेना विरूदध
युद्धको शुरूवात गरिसकेका थिए। यसै समय, 'अपरेशन ट्राइडेंट '(operation trident ) अन्तर्गत 4 दिसंबर, 1971 मा भारतीय
नौसेनाले कराची नौसैनिक अड्डामा पनि आक्रमण गरेको थियो। यस यु्द्धमा पहिलोपल्ट
जहाज ध्वस्त गर्ने एन्टी शिप मिसाइल मार्फत आक्रमण गरिएको थियो। भारतीय
नौसेनाले पाकिस्तानको तीन वटा जहाजलाई नष्ट
गरेको थियो। यसमा भारतीय नौसेनाको आईएनएस
खुकरी (INS khukri) पनि डूबेको थियो।
यसमा 18 अधिकारिहरू सहित
लगभग 176 नौसैनिक सवार
थिए। नौसेना प्रमुख एडमिरल एसएम नंदाको नेतृत्वमा अपरेशन ट्राइडेंटको (operation trident ) प्लान बनाएको
थियो। यस कार्यको जिम्मेदारी 25 औं स्क्वर्डन (25th squadron) कमान्डर बबरू भान यादवलाई दिइएको थियो। 4 दिसंबर,1971 मा नौसेनाले
कराची स्थित पाकिस्तान नौसेना हेडक्वार्टरमा पहिलो आक्रमण गरेको थियो। एम्यूनिशन
सप्लाई शिप समेत कयौ जहाज ध्वस्त गरिएको
थियो। यस अवधिमा पाकिस्तानको ओयल ट्याङकर (oil Tanker) पनि नष्ट भएको
थियो।भारतीय सेनाको सामुद्रिक अंग, भारतीय नौसेना भारतको गौरवशाली इतिहाससहित भारतीय सभ्यता
एवं संस्कृतिको रक्षक हो। यो विश्वको पाँचौ सबैभन्दा बृहत नौसेना भारतीय
सीमाको सुरक्षालाई प्रमुखताका साथ निर्वाह
गर्दै विश्वका अन्य प्रमुख मित्र
राष्ट्रहरूसित सैन्य अभ्यासमा पनि सम्मिलित हुनेगर्छ। विगत केही वर्षद्खि लागातार
आधुनिकीकरणको आफ्नो प्रयासले यो विश्वको एक प्रमुख शक्ति बन्ने भारतको
महत्कांक्षालाई सफल बनाउने दिशामा छ।
Comments
Post a Comment