भोपाल ग्यास त्रासदी
भारतको मध्यप्रदेश राज्यको
भोपाल शहरमा 3 दिसम्बर सन् 1984 मा एउटा भयानक औद्योगिक
दुर्घटना भएको थियो। यस दुर्घटनालाई भोपाल ग्यास कान्ड अर्थात भोपाल ग्यास त्रासदीको नामले जानिन्छ। भोपाल
स्थित यूनियन कार्बाइड नामक कम्पनीको कारखानादेखि एउटा विषालू ग्यास निस्कन्दा लगभग
15 हजार भन्दा अधिक मानिसको
ज्यान गएको थियो भने धेरै मानिस अनेक प्रकारको शारीरिक अपङगतादेखि लिएर अन्धोपनको
पनि शिकार बनेका थिए। भोपाल ग्यास काण्डमा मिथाइल आइसोसाइनाइट अर्थात मिक नामक विषालू
ग्यास रिसाव भएको थियो। यसको उपयोग कीटनाशक बनाउनका लागि गरिन्थ्यो। मध्यप्रदेशको तत्कालीन
सरकारले 3 हजार 787 जना भोपाल ग्यासले त्रासदीले
मर्नेहरूका रूपमा पुष्टि गरेको थियो। अन्य अनुमानअनुसार दुई हप्ता भित्र 8 हजार
मानिसको मृत्यु भएको थियो भने लगभग अन्य 8 हजार मानिसले ग्यास फैलिएपछिको सम्बन्धित बीमारको कारण मृत्यु स्वीकार्नु परेको थियो। 2006 मा सरकारद्वारा दर्ता एउटा शपथ पत्रअनुसार रिसावको कारण लगभग 5 लाख 58 हजार 125 जना मानिस सोझै प्रभावित भएको र आंशिक रूपमा प्रभावित हुनेहरूको संख्या लगभग 38 हजार 478 थियो। यसमा 3900 जना
नराम्रो गतले प्रभावित भए भने उनीहरू
पूर्णरूपले अपाङताको शिकार भए। भोपाल ग्यास त्रासदीलाई लगातार मानवीय समुदाय र उसको
पर्यावासलाई सर्वाधिक प्रभावित गर्ने औद्योगिक दुर्घटनाहरूमा गन्ती गरिन्छ।
यसैकारण सन 1993 मा भोपालको यस त्रासदीमा बनाइको भोपाल-अन्तरराष्ट्रिय चिकित्सा आयोगलाई यस त्रासदीलाई पर्यावरण र मानव समुदाय माथि हुने दीर्घकालिक
प्रभावहरूबारे जान्ने काम सुम्पिएको थियो। आउनुहोस हामि पनि आजको दिनमा यस
त्रासदीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै यस प्रकारको प्रकोपबाट
मानव समाज र पर्यावरणलाई बचाउने सन्देश फैल्याउने कार्यमा योगदान दिउ।
Comments
Post a Comment