Posts

Showing posts from 2012
Image
सम्मानका विषय बढ्दैछन् एसडीएफ सरकारको 18 वर्षको कार्यकालमा सिक्किमलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तर गरेर लगभग 30 पुरस्कार तथा सम्मान प्राप्त भइसकेको छ। अब सिक्किमले चाँडै नै थप दर्जनौं विषयहरूमा राष्ट्रिय छवि कायम राख्ने निश्‍चित देखिँदैछ। हालै पर्यावरण संरक्षण, नागरिक सुरक्षा, स्वच्छता एवं जल सुरक्षासितै सर्वाङ्गीण विकासको क्षेत्रमा राष्ट्रिय स्तरको पुरस्कार पनि प्राप्त भएको छ। यहाँ महत्वपूर्ण विषय के छ भने राज्यले सर्वाङ्गीण विकासको क्षेत्रमा साना राज्यमा प्रथम पुरस्कार प्राप्त गर्नु नै महत्वपूर्ण कुरा हो। हुन त यस अघि पनि सिक्किमले पर्यटन, पञ्चायतीराज, कृषि बागवाणी, पर्या-पर्यटन, राष्ट्रिय संसाधनको संरक्षण, शिक्षा, भारत निर्माण अभियान, ई-प्रशासन, ग्रामीण सडक, स्वास्थ्य, सूचना प्रौद्योगिकी, शाहसिक पर्यटन आदि विषयहरूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरको सम्मान प्राप्त गरिरहेको छ। राज्य सरकारले विकासलाई निरन्तरता दिँदै माथि उल्लेख गरिएका विषयसितै अन्य प्रमुख अभियानहरू शुरु गरिसकेको छ। यी अभियानलाई 12औं पञ्चवर्षीय योजना अवधिमा मूर्त रूप दिएर तथा परिणाममूलक बनाएर सिक्किमका ना

Sikkim Environment Conservation

पर्यावरण नीतिलाई मान्यता सिक्किमले आफ्नो राज्यलाई मात्र नहेरेर सम्पूर्ण हिमालय क्षेत्र अनि समग्रमा गएर राष्ट्रहितका निम्ति पर्यावरण संरक्षण गर्ने उद्देश्यमा काम गरिरहेको छ। भौगोलिक रूपमा सिक्किम सानो भए तापनि सिक्किमलाई जल सुरक्षा तथा राष्ट्रिय सुरक्षा जस्ता विषयहरूमा महत्वपूर्ण दायित्व छ। हिमालय क्षेत्रमा सिक्किममा अवस्थित भएको कारण यहाँका हिमनदी औ जल श्रोतहरू राज्यको निम्ति मात्र नभएर राष्ट्रका निम्ति नै महत्वपूर्ण छन्। यसरी नै सीमावर्ती राज्य भएको कारण आफ्ना नागरिकसितै राष्ट्रिय सुरक्षाको दृष्टिले पनि सिक्किम सरकार सदैव सर्तक बन्नु पर्ने विषय महत्वपूर्ण छन्।  हुनत सिक्किमले पर्यावरण संरक्षणको विषयलाई राष्ट्रिय र समग्रमा गएर अन्तरराष्ट्रिय विषय बनाएको छ। यसैकारण सिक्किमले पर्यटन क्षेत्रमा धेरैलाई नेतृत्व दिने क्षमता राखेको पनि प्रमाणित गरेको छ। यति मात्र हो कि सिक्किम सानो राज्य भएको र यस राज्यमा भइरहेको कार्यलाई कसैले महत्व दिन विलम्ब गर्दछन्। यद्यपि, कर्म गर्नु फलको आशा नराख्नु भने जस्तै प्रकारले सिक्किमले पर्यावरण क्षेत्रमा आफ्नै प्रकारले काम गर्दै आएको छ अनि अहिले आएर सिक्क

Nepali poem

  द्वविधा टेण्डोङ र मैनामको इतिहास ब्यूझाउन...... यहाँ भुइचालो आउने गर्छ, कृष्णको गोबर्धन पर्वत झैं, गौरव बोकेको टेण्डोङ र मैनाम पर्वतलाई.... क्रमशः भुइचालोले झस्काउने गर्छ, यसैले आफ्नो धर्मलाई बचाई राख्न- सक्छु कि भन्ने द्वविधामा छ, हिजो आज टेण्डोङ पर्वत तर अचम्मको कुरा यहाँ टेण्डोङ पर्वत मात्र होइन, भुइचालो पनि द्वविधामा छ, अरे टेण्डोङमा ताण्डव मचाउन अनि यसका पुजारीहरूलाई भय र त्रास भर्न आएको भुइचालोदेखि थोरै दुःखि र धेरै खुःशि भए अरे.. भन्नु नै हो भने दुखि हुनेहरूको गन्ती गर्न सकिन्छ, खुशि हुनेहरू अनगन्ती छन्। ओहो..... मैले त भन्न नै बिर्सिएछु, भुइचालो आफ्नो लक्ष्य प्राप्तिका निम्ति असफल हुदा  निराश बनेर होला पुनः आउन ग्राहो गर्दैछ अरे, दुःख दिन खोज्दा धेरैले सुख पाएको देख्दा, उसको नेत्र जल्दैछ अरे, घर नहुनेको नयाँ घर, घर हुनेको अझ अर्को घर घाडी.. थपिएको देखेर भुइचालो छक्क पर्दैछ भन्छन्, यति मात्र कहाँ हो र... भुइचालोपछि घर मरम्मतिको निहुमा भाडा बडाउने सपना देखेर... ..ए भुइचालो देव्ता  तिमि एकपल्ट पुनः आइदेउ भन्ने  म जस्तो पुजारीहरू देखेर भु
सिक्किङ्क पुनः चार विषङ्मङ्का सर्वश्रेष्ठ एकपछि अर्को गर्दै क्रङ्कशः सिक्किङ्क राज्ङ्मले प्रगतिको ङ्कार्ग तङ्म गर्दै राष्ट्रिङ्म छवि बलिङ्मो बनाउन सङ्खल बन्दै आएको छ।  विगत वर्षझैं ङ्मस वर्षको अन्त्ङ्मङ्का सिक्किङ्कले चारवटा विषङ्मङ्का सर्वश्रेष्ठ राज्ङ्मको सीएनएन-आइबीएन डाङ्मङ्कण्ड स्टेट्स अवार्ड ग्रहण गरेको छ। उल्लेख्ङ्म, सिक्किङ्क राज्ङ्मले पर्ङ्मावरण संरक्षण, जल संरक्षण तथा स्वच्छता, शिक्षा, स्वास्थ्ङ्म सेवा, रोजगार, क्षङ्कता विकास, आर्थिक विकास, ङ्कहिला सशक्तिकरण, पूर्वाधार विकास, गरीबी उन्ङ्कूलन कार्ङ्मक्रङ्क, नागरिक सुरक्षा, पञ्चाङ्मतीराज प्रणाली, पर्ङ्मटन एवं कृषि, बागवाणी उद्योग आदि क्षेत्रङ्का उल्लेखनीङ्म प्रगति गर्दै आएको छ। विगत दुइ दशकको अवधिङ्का भएको प्रगतिको श्रेङ्म अवश्ङ्म नै राज्ङ्मका ङ्कुख्ङ्मङ्कन्त्री पवन चाङ्कलिङलाई जाँदछ। ङ्काथि उल्लेख गरिएका सबैजसो विषङ्महरूङ्का सिक्किङ्कले राष्ट्रिङ्म तथा अन्तरराष्ट्रिङ्म पुरस्कार क्रङ्कशः हत्ङ्माउँदै आएको छ।  उल्लेखनीङ्म विषङ्म के छ भने जुन विषङ्मङ्का सिक्किङ्कले प्रगति गर्दै राष्ट्रिङ्म तथा अन्तरराष्ट्रिङ्म पुरस्कार प्राप
जैविक अभियान राष्ट्रिय अभियान एकपल्ट सिक्किमलाई जैविक राज्य बनाउने विषय असम्भव छ भन्ने लाग्दथ्यो, राज्यलाई पूर्व जैविक राज्ङ्म बनाउने विषयमा एसडीएफ सरकारले धेरै प्रतिक्रियाको सामना पनि गर्नुपर्यो। विशेष राज्यको भारतीय जनता पार्टीका अध्यक्ष (तत्कालीन) हरेराम प्रधानले आफू सिक्किमको कृषि क्षेत्रमा अनुभवी भएको दावी गर्दै एसडीएफ सरकारले राज्यलाई जैविक राज्य बनाउने जुन घोषणा गरेको थियो त्यसको जोडतोडले विरोध गरेका थिए। राजनीतिक स्तरमा जुन विरोध भयो त्यसको भिन्नै स्थान छ भने कृषकहरूले पनि शुरु शुरुमा सरकारले अब रसायनिक मल विशेष गरी युरिया र डीएपी बन्द गरेर, जैविक मल प्रयोग गर्ने निर्देश दिएपछि धेरैले क्षतिको सामना गर्नुपरेको थियो। यहाँसम्म, लगातार रसायनिक मल प्रयोग गर्न बानी बनेका कृषकहरूले रसायनिक मल प्रयोग गर्न नपाउँदा मकैको बोटहरू शिरू जस्तो बनेका थिए। यस्तो स्थितिमा कतिपय कृषकहरूले लुकी-चोरीमा छिमेकी राज्यबाट युरीया र डीएपी ल्याएर प्रयोग गरेका घटनाहरू पनि प्रकाशमा आएका थिए। यी सबै विषयहरू, कुनै महत्वपूर्ण परिवर्तनका निम्ति हुने मिश्रित नकारात्मक विषयहरू मात्र थिए। यसैले अब यी सब विषयहर
 चुनाउको प्रतीक्षामा नयाँ पुस्ता एसडीएफ पार्टीको सरकारले 18 वर्षको यात्रा पूरा गरेर 19 वर्षमा पाइला राख्यो। अब एसडीएफ पार्टी पञ्जीकरण गर्दा, आमाको गर्भमा हुने शिशु 19 वर्षको जवान भइसकेका छन्। सम्भव तः कतिपय यी युवाले यस वर्ष सम्पन्न भएको पञ्चायत चनाउमा पहिलो मताधिकार पनि प्रयोग गरे भने कतिपयले वर्ष 2014 -मा सम्पन्न हुने सिक्किम विधान सभाको प्रतीक्षा गर्दैछन्।  यहाँ महत्वपूर्ण विषय के छ भने जुन लक्ष्य र उद्देश्यमा सन् 1994 को 12 दिसम्बरमा एसडीएफ पार्टीको सरकार स्थापना भएको थियो अनि 1994 -अघिको सिक्किमको सामाजि-आर्थिक परिवेश कस्तो थियो अनि अहिले कस्तो भएको छ भन्ने विषय यी नयाँ पीडिका (युवा जमात) का निम्ति इतिहास नै भएको छ। वर्ष 2011-को सबै क्षणको आधार अनि स्कूलमा पञ्जीकृत सिक्किमका विद्यार्थीहरूको सङ्ख्याको आधारमा भन्नु हो भने लगभग 40 प्रतिशत नयाँ पीडिलाई वर्ष 1994 अघिको सिक्किम र वर्तमानको सिक्किममा भएको अन्तर छुट्याउन धेरै कठिन पर्ने विषय मान्न सकिन्छ। सरकार स्थापना भएको 19 औं वर्ष गाँठको अवसरमा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङद्वारा सिक्किमे जनताका निम्ति जारी गरिएको सन्देशका
सिक्किमलाई पछ्याउँदैछन् देशका ठूला राज्यले गुट्का, पान मसला, पान पराग आदिको सेवन प्रौढको तुलनामा विद्यार्थीहरूले अधिक गर्ने गरेको पनि एउटा अध्ययनले पुष्टि गरेको छ। आजका विद्यार्थीनै देशको भविष्य हुन् तर यी देशका भविष्य मानिने विद्यार्थीले दिनौं स्वास्थ्यको निम्ति घातक पदार्थको सेवन गर्न देशको निम्ति खतरा हो भन्ने विषयलाई आज देशका अधिकांश राज्यले स्वीकार गर्दै आएका छन्। यहॉं महत्वपूर्ण विषय के छ भने सिक्किम सरकारले २७ मार्च २००२-मा नै खाद्य अपमिश्रण ऐन, १९५४ (३४)-को आधारमा सिक्किम खाद्य अपमिश्रण ऐन १९९१-लाई संशोधन गर्दै राज्यमा गुट्का अथवा सुर्तीजन्य पदार्थको बेच-विखानमा पूर्णरूपले प्रतिबन्ध लगाएको छ। यसरी नै सरकारले २ अक्टोबर २००८-देखि सार्वजनिक क्षेत्रमा धुम्रपान गर्न निषेध गर्ने विषयलाई पनि प्रभावकारी ढङ्गमा कार्यान्वयन गरेको छ। यस अतिरिक्त सम्बन्धित ऐनविरुद्ध जाने व्यापारीलाई पहिलोपल्ट पक्राउ परेको खण्डमा रू. ५००/- जरिमाना, दोस्रोपल्ट दोब्बर जरिमाना साथै व्यापार लाइसेन्स जफत् गरिने प्रावधान पनि छ। यद्यपि कतिपय समाजविरोधी तत्त्वहरूले यस कल्याणकारी पहललाई निष्क्रिय बनाउने पहलसमे

Lok Shabha

संसद सत्रमा धेरै कार्य अधुरो यसपल्ट संसद सत्रमा कुल 30 वटा विधेयक पारित हुने कार्यक्रम थियो यद्यपि कोल ब्लक आवण्टनमाथि क्यागको रिपोर्टपछि शुरु भएको हो-हल्लापछि मात्र चारवटा विधेयक पारित हुनसक्यो। यस सत्रमा बीमा, ब्याङ्किङदेखि लिएर भूमि सुधार र माइनिङ जस्ता कुल तीसवटा महत्वपूर्ण बिल पारित गरिने भनिएको थियो। संसदमा होहल्लाका कारण प्रश्नकालसम्मको कार्वाही समेत पूरा हुन सकेन। यहॉं महत्वपूर्ण विषय के छ भने संसदीय परम्परामा प्रश्नकाल साना राज्यका सांसदहरूको निम्ति धेरै महत्वपूर्ण हुन्छ। यस कालमा नै साना राज्य तथा नयॉं र अन्जान सदस्यहरूले आफ्नो निर्वाचन क्षेत्रको समस्या सदनमा राख्ने गर्छन्‌। यी सांसदले ठूल्ठूला बहसमा बोल्ने अवसर पाउँदैनन्‌, यद्यपि उनीहरूको निम्ति बहुमूल्य क्षण हुने प्रश्नकालको अवधि पनि ढङ्गले चल्न सकेन। लोकतन्त्रमा विरोधको आफ्नै स्थान हुन्छ, त्यसमा कुनै दुइमत छैन। विरोधबिनाको लोकतान्त्रिक व्यवस्था अराजकतातर्फ बढ्‌नसक्छ। यद्यपि प्रमुख विपक्षी दल भारतीय जनता पार्टीले कोल ब्लक आवण्टनमा भएको कथित गडबडीलाई लिएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने सर्त राखेर सदनमा यस महत्वपूर

Nirmal Rajya sikkim

सिक्किमले देख्नु न त्यपरेस्तो दिन सिक्किम देशको पहिलो निर्मल राज्य हो। निर्मल राज्यको निम्ति राष्ट्रिय पुरस्कारले सम्मानित सिक्किम अहिले देशका अन्य राज्यहरूको निम्ति अनुकरणीय बनेको छ। केन्द्रिय ग्रामीण विकास मन्त्री जयराम रमेश जुन राज्यमा पुग्छन्‌, त्यहॉं स्वच्छताको निम्ति सिक्किमको अनुकरण गर्नु भन्दैछन्‌। वर्ष 2015- सम्ममा देशमा एउटा अभिशापको रूपमा रहेको सामाजिक परम्परा खुल्ला स्थानमा शौच गर्ने विषयबाट मुक्त गर्ने केन्द्र सरकारको अभियान छ। महत्वपूर्ण विषय के छ भने यस अभियानलाई सफल बनाउनु देशका महिलाहरूले आफ्नो महत्वपूर्ण योगदान दिन शुरु गरेका छन्‌। विशेष देशको ग्रामीण क्षेत्रमा महिलाहरूले एउटा अनौठो आन्दोलन नै शुरु गरेका छन्‌। ग्रामीण क्षेत्रबाट आएको यो अभियानको घटनालाई सामाजिक परिवर्तन अर्थात्‌ दूषित वातावरणबाट स्वच्छतातर्फ परिवर्तनको सूचक मान्नु पर्छ। अहिले यो शुरुवाती चरणमा नै छ। घटना मध्यप्रदेशको जनजातीय बाहुल्य क्षेत्र तथा बैतुलको हो। यहॉं एकजना नवविवाहिताले पहिलो रातमा नै लोग्नेलाई छोडेर माइता गएकी छन्‌। कारण आफूले बिहे गरेको घरमा शौचालय थिएन। उक्त महिलाको यस निर्णयले भ

जोखिम नियन्त्रणका निम्ति थप पहल गर्न आवश्यक

जोखिम नियन्त्रणका निम्ति थप पहल गर्न आवश्यक पूर्व सिक्किमको रोलेपमा जुन दुर्घटना भयो यसलाई भुइँचालोपछिको पहिलो भारी वर्षाका कारण भारी नोक्सानी भएको मान्न सकिन्छ। हुन त भारी वर्षाका कारण उत्तर सिक्किममा पनि धेरै घरहरू क्षतिग्रस्त बनेका छन्‌। पूर्व कै कुरा गर्नुपर्दा विभिन्न स्थानमा पैह्रोको कारण सडक मार्ग अवरुद्ध बनेको छन्‌। यही क्रम उत्तरमा पनि व्याप्त छ। यसरी नै पश्चिम जिल्लामा पनि पैह्रोको कारण धेरै स्थानमा सडक मार्ग अवरुद्ध बनेका छन्‌। दक्षिणमा हावा-हुण्डरी र भारी वर्षाका कारण धेरै स्थानमा बिजुलीको लाइन क्षतिग्रस्त बनेको कारण केही दिन नाम्ची बजार र वरपर अँध्यारो रह्यो। तर जुन क्षति पूर्वको रोलेपमा भयो जहॉं सात जनाले आफ्नो ज्यान गुमाए त्यस्तो  अहिले अन्य जिल्लामा भएको छैन। सिक्किमको भौगोलिक स्थिति नै यस्तो छ, जहॉंकुनै पनि बेला प्राकृतिक प्रकोपको सामना गर्नुपर्ने स्थिति आउनसक्छ। तर महत्वपूर्ण विषय के छ भने वर्षा लागेपछि विशेष ग्रामीण क्षेत्रमा बसोबासो गर्ने अधिकांश जनता त्रसित बन्नुपर्ने स्थिति वर्षौं पुरानो बिमारी बनेको छ। एकातर्फ गत वर्ष सितम्बर महिनाको भुइँचालोको त्रास भुल

Vigyan Express on World Environment Day

विज्ञान एक्सप्रेसमार्फत सिक्किमलाई विश्वमा प्रख्यात बनाउन आवश्यक भारत देश एउटा विविधतापूर्ण देश हो। जैवविविधताको मामिलामा भारत धनी र पारम्परिक ज्ञानले युक्त देशका रूपमा विश्वमा परिचित छ। भारतसित भूमिको केवल 2.4 प्रतिशत हिस्सा छ तर पनि भारतमा विश्वभरिको लगभग 7 प्रतिशत प्रजाति र सम्पूर्ण मानव जनसङ्‌ख्याको 18 प्रतिशत हिस्सा निवास गर्छन्‌। प्राकृतिक संसाधनको संरक्षण र यसको दिगो प्रयोगका सम्बन्धमा भारतको एउटा लामो इतिहास छ अनि जीववैज्ञानिक विविधतामा संयुक्त राष्ट्र महासम्मेलन समेत विभिन्न अन्तरराष्ट्रिय पर्यावरणीय महासम्मेलनमा पनि भारतको एउटा पक्ष छ। वर्तमान दशक (वर्ष 2011-2020)-लाई संयुक्त राष्ट्र जैवविविधता दशक र मरूस्थल र मरुभूमिकरण-को विरुद्ध लडाइँका लागि संयुक्त राष्ट्र दशकका रूपमा घोषित गरिएको छ। जैवविविधतामा संयुक्त राष्ट्र महासम्मेलनको पक्षका रूपमा 11औं बैठक भारतले यसैवर्ष 8 अक्टोबरदेखि 19 अक्टोबरसम्म हैदराबादमा कार्यक्रम गर्ने तय गरेको छ। यस सम्मेलनमा भारतले आफ्नो विस्तृत जैवविविधता, यसमा आउने खतरा तथा यसको संरक्षणका निम्ति चालिएका पाइलाहरूलाई प्रदर्शन गर्ने राम्रो अवसर छ। अ

SIKKIM ECOLOGY

पर्यावरण र जलसंरक्षणका निम्ति राष्ट्रिय योगदानमा समर्पित सिक्किम भौगोलिक रूपमा सिक्किम ठूलो भए पनि सम्पूर्ण राष्ट्रको निम्ति पर्यावरण सुरक्षा र जलसुरक्षाको क्षेत्रमा गहन दायित्व सिक्किमलाई छ। सिक्किमसितै पूर्वोत्तर राज्यहरूले राष्ट्रको पर्यावरण र जलसुरक्षाको गम्भीर दायित्व भएकोले यस क्षेत्रमा महत्वपूर्ण कार्य गर्न सिक्किम राज्य सदैव गम्भीर रहेको हालै चिन्तन भवनमा सम्पन्न पूर्वोत्तर बायोटेक हव समन्वय सभामा मुख्यमन्त्री पवन चामलिङले उल्लेख गरेका छन्‌। सिक्किम जस्तो हिमाली राज्यहरूमा करोडौं नागरिकहरूको निम्ति जलसंशाधनले युक्त भएको कारण हिमालय क्षेत्रको पर्या-प्रणालीलाई संरक्षण गर्ने विषय राष्ट्रिय मुद्दा हुन्‌ अनि यसका निम्ति राष्ट्रिय नीति हुन आवश्यक छ भन्ने महत्वपूर्ण मुद्दालाई पनि मुख्यन्त्रीले देशका पर्यावरणविद्‌ तथा वैज्ञानिकहरूसमक्ष उठान गरेका छन्‌ जो अतिनै महत्वपूर्ण मान्न सकिन्छ। महत्वपूर्ण विषय के छ भने, सिक्किमले जलसुरक्षा र पर्यावरण संरक्षणलाई राष्ट्रिय मुद्दा बनाउनु अघि यथेष्ट कार्यहरू सञ्चालन गरेर आफ्नो पक्ष बलियो बनाइसकेको छ। सरसर्ती हेर्दा सिक्किमले गरेका कार्यहर

BBC Nepali Patrakarita

भाषा आधारभूत सञ्चार माध्यम हो ।  छापा र विद्युतीय भन्ने प्राविधिक वर्गीकरण मात्र हो, सञ्चारको वास्तविक माध्यम त भाषा नै हो ― चाहे लेखियोस् वा बोलियोस्। भाषाको यही महत्वलाई ध्यानमा राखेर बीबीसी पत्रकारिता पाठशाला (BBC College of Journalism) ले बीबीसी विश्व सेवाका भाषा शाखाहरुका लागि पत्रकारितामा भाषाको प्रयोगका बारे विशेष सामाग्रीहरू तयार गर्ने निधो गरेको हो। नेपाली सेवाको वेबसाइटको यो खण्डमा प्रस्तुत सामाग्रीमा समाचार लेखनका संपादकीय पक्षहरू भन्दा पनि भाषागत पक्षहरुका बारे चर्चा गरिएको छ। यहाँ प्रस्तुत सामग्री  हाम्रो भाषा  पुस्तकका लेखक पत्रकार तथा भाषाविद् शरदचन्द्र वस्तीको सहयोगमा तयार पारिएको हो। बीबीसी पत्रकारिता पाठशाला तथा विश्व सेवा दक्षीण एशियाली भाषाहरू नेपाली, बंगाली, हिन्दी, तामिल, सिंहल र उर्दुमा पत्रकारितामा भाषाको प्रयोगका बारे विशेष सामाग्रीहरू प्रस्तुत गर्न पाएकोमा गर्व गर्दछ। दक्षीण एशियाली लगायत १९ वटा भाषाहरूमा बीबीसीले यस्ता सामाग्रीहरू सार्वजनिक गरिसकेको छ। बीबीसीका पत्रकारहरुको लामो अनुभव र विशेषज्ञता तथा विज्ञहरुको सहयोगमा तयार पारिएका यी सहायक सामाग्रीहरु सन्स

Nepali Patrakarita

अनुवाद गर्दा मूल भाषाको छायाँले नछोपोस् र आशय नउल्टियोस् भनेर सधैं सतर्क रहनुहोस् । छायाँ पर्दा अनुवाद गरिएको कुरा मात्र होइन आफ्नै भाषा समेत विकृत हुँदै जाने डर हुन्छ भने शब्दको आशय र अर्थ पर्गेल्न नसक्दा 'म गर्छु आग्राका कुरा, ऊ गर्छ गाग्राका कुरा' हुन पुग्छ। • तिमी तिम्रो घर जाऊ। यो अंग्रेजीको छायाँ परेको वाक्य हो। यसलाई नेपाली बनाउन भन्नुपर्छ ― तिमी आफ्नो घर जाऊ। — श्याम उसको होमवर्क नगरी आएको रहेछ। यहाँ पनि कुरा उही हो। 'उसको' को सट्टा 'आफ्नो' शब्द राख्‍नुपर्छ। — जब उनी फेल भइन्, सीता निकै रोइन्। अंग्रेजी वाक्यमा पहिले सर्वनाम, त्यसपछि नाम राख्‍ने चलन छ। नेपालीमा भने पहिले नाम, त्यसपछि मात्र सर्वनाम आउँछ। त्यसैले भन्नुपर्छ ― जब सीता फेल भइन्, उनी निकै रोइन्। (अझ राम्रो त 'फेल भएपछि सीता निकै रोइन्' हुन्छ।) संक्षेपमा भन्दा, स्रोत भाषामा भनिएको कुरालाई आफ्नो भाषामा पुनर्लेखन गर्नु नै अनुवाद हो। — म ज्यादै खुशी हुनेछु, यदि तिमी भोलि नै फर्क्यौ भने। यो पनि अंग्रेजीबाटै प्रभावित वाक्य हो। नेपाली शैलीको वाक्य हुन्छ ― तिमी भोलि नै फर्क्यौ भने म ज्यादै खुश