Posts

Showing posts from November, 2015

डिल्लीराम दुलालकृत चुचेढुङ्गामा चढ्दा.......शेरबहादुर कार्की

शेरबहादुर कार्की भारतीय नेपाली साहित्य पनि लख्ख जवान भइसकेको छ। यसले पनि अन्य साहित्यले जस्तै विभिन्न मोड र धुम्तीहरुको फडको मारी यो जवानी अवस्थामा आइपुगेको हो। साहित्य पनि एउटा जीवन हो। यसले पनि दुख, सुख, आभाव, पूर्णता, आँशु, हाँसो सबै अनुभूत गरेको हुन्छ। यसले पनि जीवनले जस्तै समाजको सबै पाटाहरुलाई छोएको हुन्छ। समाजमा भएका असमता, विस्मता, विसङ्गति, सङ्गति आदिलाई अक्षर र शब्दहरूको माध्यमबाट प्रकाश पार्छ। हामीलाई पहिलादेखि घोकाउँदै ल्याएको के हो भने साहित्यकार स्रष्ट्रा र द्रष्ट्र दुवै हो। यसैले एउटा बौधिक समाजमा साहित्यकारको प्रभुत्व अनि मान रहेको छ। के, साहित्यकारको विचारले मात्र समाज सञ्चालन भइरहेछ ? प्रश्न गजबको छ। यो त पक्का हो कि कवि, लेखक, उपन्यासकारहरूले समाजलाई एउटा नयाँ विचार दिन्छन्, नयाँ आयाम दिन्छन् र नयाँ क्षितिजको आरोहण गराउन खोज्छन्। समाजको व्यख्या नयाँ तरिकाले गर्छन्। नयाँ-नयाँ पाटा, आयम र दृष्टिकोणबाट समाजको विवेचना गर्ने गर्छन्। वास्तवमा कवि, लेखकहरूले आफनो सिर्जनामा समाजलाई विभिन्न आयामबाट हेरी बखान गर्छन। यतिबेला कवि, लेखकहरूले सोचेसम्म उनीहरुको विचार वैयाक्

आपदाप्रति गम्भीर बन्न आवश्यक

सिक्किमको भौगोलिक स्थिति नै यस्तो छ, जहाँ कुनै पनि बेला प्राकृतिक प्रकोपको सामना गर्नुपर्ने स्थिति आउनसक्छ। विभिन्न प्रकारको मौसम, अविरल वर्षा र भिरालो जमिन, वर्षाको भार सहन गर्न नसक्ने माटोको क्षमता आदि संवेदनशील विषयहरू छन्। महत्वपूर्ण विषय के छ भने वर्षा लागेपछि विशेष ग्रामिण क्षेत्रमा बसोबासो गर्ने अधिकांश जनता त्रसित बन्नुपर्ने स्थिति वर्षौं पुरानो बिमारी बनेको हो। एकातर्फ गत अप्रेल महिनाको भुइँचालोको झट्का र यसले सिर्जना गरेको त्रास भुल्दै गरेको स्थितिमा पैह्रोको त्रासले पुनः ग्रामिण क्षेत्रमा बस्ने नागरिकहरूको निद्रा खोसिएको छ। अहिले भारी वर्षाले धेरै स्थानमा सडकहरू अवरूद्ध भएका छन्। एक त सिक्किमको भौगोलिक बनावट नै यस्तो छ जसले कुनै पनि समय प्राकृतिक आपदाको सामना गर्नुपर्ने स्थिति आइपर्छ भने भुइँचालोले यसलाई अझ संवेदनशील बनाइदिने गर्छ। दोस्रो सडक निर्माणबाट निस्किएको ढुङ्गा माटोलाई सही स्थानमा जम्मा नगर्नु, सडक बनाएपछि सुरक्षा पर्खाल नबनाउनु, भल निकासीका निम्ति सही नाला प्रबन्धन नहुनु जस्ता समस्याहरू देखिँदैछ। राष्ट्रियस्तरको पूर्वाधार विकासमा यही समस्या देखिँदैछ। निर्माण का

नीति र सिद्धान्तले नै पार्टी बलियो बन्छ

भनिन्छ, जुन पार्टी संस्थागत हुँदैन, जहाँ राजनीतिमा नीति-सिद्धान्त हुँदैन, त्यो पार्टीमा व्यक्ति हावी हुन्छ। संस्थागत नभएको पार्टीमा सिद्धान्तमाथि व्यक्ति बुई चढ्छ। जब पार्टीभित्र सिद्धान्तको राजनीतिमा व्यक्ति हावी हुन्छ, तब पार्टीले गलत बाटो लिन्छ। पार्टीमा कुनै व्यक्ति अलि बढी नै हावी हुँदै गएपछि उसलाई हाँक्न सारथीहरु निस्कन्छन्। ती सारथीहरुले आफ्नो स्वार्थ लुट्न कसैलाई अर्जुन र कसैलाई दुर्योधन बनाउँछन्। यसरी शुरू हुन्छ, पार्टीहरुमा द्वन्द्व। यस द्वन्द्वमा सारथीको भूमिका बढ्दै गए त्यहाँ पछि गएर मात्र सारथी सिद्धान्त बाँकी रहन्छ। गत वर्षको आम चुनाउना राजनीतिक पार्टीको नीति र सिद्धान्तको विषय धेरै चर्चामा आयो। नभन्दै चुनाउमा विगत 20 वर्षदेखि आफ्नो नीति र सिद्धान्तमा अडिग रहेको एसडीएफ पीर्टीलाई नीति र सिद्धान्त नै नभएको विपक्षी पार्टीले केवल व्यक्तिको विरोध गरेर चुनौती दिने दुष्प्रयास गर्‍यो। एसडीएफ पार्टीले बारम्बार जनतालाई नीति र सिद्धान्तको आवश्यकता र महत्वबारे बुझाउने प्रयास गरे धेरैले यसलाई स्वीकारे यसैकारण आज एसडीएफ पीर्टीको सरकार छ।  नीति र सिद्धान्त नभए तापनि विपक्षले केह

शहरी क्षेत्रहरूमा नयाँ आयाम थपिइने

विगत 22 वर्षदेखि सामाजिक सुरक्षा साथै मानवीय मूल्यको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको एसडीएफ सरकारले स्थानीय शहरी निकाय चुनाउको समयमा थप कल्याणकारी  योजनाहरू सिक्किम राज्यको शहरी क्षेत्रमा विस्तार गर्ने भएको छ। सामाजिक सुरक्षाको क्षेत्रमा प्रतिबद्ध रहेको एसडीएफ सरकारले सिक्किमलाई देशको उदाहरणीय राज्यको रूपमा स्थापित गर्न नवोन्मेषी र जनकल्याणकारी कार्यक्रमहरू विस्तार गर्न निरन्तर प्रयासरत छ।  नगर निगम, नगर परिषद तथा नगर पञ्चायत चुनाउका निम्ति एसडीएफ पार्टीले तयार गरेको घोषणा पत्रमा यी विषयहरू सामेल छन्। सिक्किमलाई नै कच्चाघरमुक्त बनाउने अभियानमा प्रतिबद्ध रहेको सरकारले ग्रामीण क्षेत्रका कच्चा घरहरूलाई पक्का घरमा परिणत गरिरहेको छ। यस योजनालाई अब शहरी क्षेत्रमा पनि लागू गर्ने घोषणा भएको छ। शहरी क्षेत्रका झोपडपट्टी र कच्चा घरहरूको पहिचान गरेर त्यसलाई पक्का आवासको रूपमा परिणत गर्ने योजना छ। महत्त्वपूर्ण विषय के रहेको छ भने शहरी क्षेत्रमा घरबार नभएका भाडाका घरमा बस्ने मानिसले भोक्दै आएका समस्याहरूसम्म पुग्न एसडीएफ सरकार सफल भएको छ।  सरकारले भाडाका घरमा बस्ने नागारिकहरूका निम्ति प

नवोन्मेषी कार्यहरू निरन्तर सफल बन्दै

एसडीएफ सरकारले शुरू गरेका नवोन्मेषी(इनोभेटिभ) कार्यहरू निरन्तर सफल भइरहेको छ। हालै सिक्किमले प्राप्त गरेका दुईवटा पुरस्कार यो पुनः दर्शाएको छ। हुन त यसअघि पनि सिक्किमले शुरू गरेका नवोन्मेषी  कार्यका निम्ति राष्ट्रियस्तरको सम्मान प्राप्त गरिसकेको छ। नाम्चीको सोलोफोक चारधामलाई नवोन्मेषी  योजनाका रूपमा   लिने गरिन्छ। भारतका महत्त्वपूर्ण चारधामलाई एकै स्थानमा स्थापित गर्ने नवोन्मेषी विचारलाई  कार्यान्वयन गर्दै स्थापना गरिएको चारधामले अद्वतीय पर्यटनका निम्ति राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ। ग्रामीण क्षेत्रलाई सूचना प्रौद्योगिकीको भरपूर लाभ प्रदान गर्ने र गाउँको समग्र विकासका निम्ति सूचना प्रौद्योगिकीलाई प्रयोग गर्ने नवोन्मेषी  अवधारणालाई दक्षिण सिक्किमको मल्लीडाँडा पायोङमा विस्तार गरियो। यसले छोटो समयावधिमा नै राष्ट्रियस्तरमा ख्याति प्राप्त गर्‍यो। हालै मल्लीडाँडा साइबर भिलेजका  निम्ति स्कच-अर्डर मेरिट  अवार्ड  प्राप्त भएको छ। यसरी नै सिक्किमलाई नै पूर्ण जैविक राज्य बनाउने सदाबहार कृषि क्रान्तिका निम्ति  पनि सिक्किमलाई स्कच आवार्ड प्राप्त भएको छ। हुन त जैविक खेतीको प्रंशसा देशका प

महिला सशक्तिकरणको दिशामा नयाँ कीर्तिमान

सिक्किममा महिला सशक्तिकरणको क्षेत्रमा ऐतिहासिक निर्णयहरू हुँदैआएको छ। यसपल्टको स्थानीय शहरी निकाय चुनाउमा सत्तारूढ एसडीएफ पार्टीको सरकारले महिलाहरूका निम्ति 50 प्रतिशत आरक्षण प्रदान गर्ने घोषणा गरेको थियो। 13 सितम्बरको दिन   एसडीएफ पार्टीद्वारा  नगर निगम चुनाउको निम्ति आफ्नो उम्मेदवारहरू घोषणा गर्नसाथ महिलाहरूलाई 50 प्रतिशत आरक्षण प्राप्त भएको पुष्टि भयो। यो सिक्किममा महिला सशक्तिकरणको क्षेत्रमा एउटा थप ऐतिहासिक उपलब्धी भयो। महत्वपूर्ण विषय के छ भने, यसपल्ट सत्तारूढ एसडीएफ पार्टीले महिलाहरूको निम्ति 50 प्रतिशत आरक्षण सुनिश्‍चित गरेको भए तापनि चुनाउको मैदानमा 56 प्रतिशत महिला उम्मेदवारहरू उतारेको छ। महिला सशक्तिकरणको क्षेत्रमा एसडीएफ पार्टीले आफ्नो स्थापना कालदेखि नै महत्वपूर्ण कार्यहरू गर्दैआएको छ। यी कार्यहरू सिक्किमको इतिहासमा स्वर्णिम अक्षरले लेखिनेछ।  सिक्किम विधानसभामा महिला विधानसभा अध्यक्ष,विधानसभामा पनि महिलाहरूलाई अवसर साथै मन्त्री र महत्वपूर्ण संवैधानिक पदहरूमा महिलाहरूलाई अवसर प्रदान गर्नु, पञ्चायतमा 50 प्रतिशत आरक्षण, पैत्रृक सम्पत्तिमा छोरी- चेलीलाई अधिकार प्रदान ग

स्वच्छतामा सिक्किम रोल मोडल

स्वच्छतामा सिक्किम रोल मोडल स्वच्छताको क्षेत्रमा सिक्किमले प्राप्त गरेको सफलता अहिले राष्ट्रिय स्तरमा चर्चाको विषय भएको छ। हालै राष्ट्रिय टेलिभिजनमा सिक्किमको स्वच्छतालाई देशका निम्ति रोल मोडल बताइएको कुराले सिक्किमलाई  यस क्षेत्रमा धेरै हौसला प्राप्त भएको छ। सिक्किमले वर्ष 2008-मा नै पहिलो निर्मल राज्यको पुरस्कार प्राप्त गरिसकेको छ। यद्यपि, यस पछि पनि क्रमश निर्मल राज्यको गरिमालाई कायम राख्न सिक्किमले गरेका कार्यहरू राष्ट्र कै निम्ति अनुकरणीय भएको कुरा अहिले आएर राष्ट्रिय स्तरबाट स्वीकृति प्राप्त हुनु सिक्किमको निम्ति गौरवको विषय हो। विशेषगरी सार्वजनिक स्थलमा धुम्रपान निषेध, सार्वजनिक स्थलमा थुक्न नपाउने, प्लास्टिक वा पोलिथिन ब्याग प्रयोगमा निषेध, ट्याक्सीमा मोबाइल कुडादानको प्रयोग आदि विषयले राष्ट्रिय स्तरमा प्रंशसा प्राप्त गरेको छ।  यसरी नै स्कूल स्तरमा पर्यावरण सम्बन्धित विषयलाई पाठ्यक्रममा अनिवार्य गर्नु, पर्यावरण संरक्षणका निम्ति स्मृति वन, पटेका पट्काउन निषेध गर्नु, पृथ्वीका निम्ति 10 मिनट आदि विषय पनि देशका निम्ति अनुकरणीय भएको छ। महत्वपूर्ण कुरा के छ भने, सिक्किमले शुरू

प्रदुषण नियन्त्रणको लाभांश

सिक्किमले पटेका पडकाउन निषेध गरेको छ। राज्यमा यस सम्बन्धमा कानून लागू गरिएको धेरै समय नभए पनि राज्यका नागरिक धेरै सचेत भएको हालै सम्पन्न स्थानीय शहरी स्वशासनको चुनाउ परिणाममा पछि  देख्न पाइयो। आफूले रूचाएको उम्मेदवारको जितको खुशीमा एक-दुई ठाउँमा कतै-कतै पटेका पड्के पनि धेरै जसो ठाउँमा सधै जस्तो पटेका पड्किएन। यो राज्यको निम्ति राम्रो सङ्केत मान्नु पर्छ। अहिले दशैं तिहारको मौसम शुरू भएको छ। आशा छ, राज्यमा  विस्तारै पटेका पडकाउने परम्परा हराउँदै पर्यावरण संरक्षणको दिशामा सिक्किमको पहल विश्‍वका निम्ति अनुकरणीय हुनेछ।  भनिन्छ पटेकाबाट निस्कने धुँवामा विषालू ग्यास र पार्टिकुलेट मेटर्स(पीएम) हुन्छ। यो स्वाथ्यका लागि धेरै घातक हुन्छ। आम नागरिकमा यसको प्रभाव त पर्छ नै तर यसको अधिक असर बुज्रुक र बालबालिकामा पर्ने गर्छ। महत्वपूर्ण कुरा के छ भने, केही दिन अघि देशको सर्वोच्च आदालतमा 6 देखि 14 महिनाका तीन शिशुहरूले पटेका पडकाउँदा प्रदुषण हुने र यसको सोझो असर शिशुहरूले झेल्नु पर्ने तर्क राख्दै दशैं तिहारमा पटेका पडकाउन निषेध गर्ने मागमा याचिका दर्ता गरेका थिए। तिहारमा पटेका पडकाउनु पर्छ भनेर क

एसडीएफको वियजयात्रा

 सरकार स्थापना गरेपछि एसडीएफको वियजयात्रा आरम्भ भयो। 1994 देखि शुरू भएको एसडीएफको विजययात्रा अहिले पनि जारी छ। अहिलेसम्ममा एसडीएफ पार्टीले निरन्तर 13औं पल्ट जित हासिल गरिसकेको छ। अब 2017 मा सम्पन्न हुने ग्राम पञ्चायत र 2019 मा सम्पन्न हुने विधानसभा र लोकसभा चुनाउको 14 अनि 15औं जिततर्फ एसडीएफ पार्टी अग्रसर बनेको छ। शान्ति, सुरक्षा, विकास र समृद्धिलाई निरन्तरता दिने मुद्धा लिएर चुनाउको मैदानमा उत्रिएको एसडीएफ पार्टीले यसपल्टको नगर निकायको चुनाउमा सतप्रतिशत जित हासिल गरेर विपक्ष पीर्टीलाई धूलो चटायो। सन् 1194 पछिको सबै चुनाउमा एसडीएफले आफ्नो जितलाई कायम राखेको छ। विधानसभा चुनाउ 1994, लोकसभा चुनाउ 1996, पञ्चायत चुनाउ 1997, लोकसभा चुनाउ 1998,एसडीएफ पार्टीको निम्ति कुनै चुनाउ जित्नु र कुनै चुनाउमा पराजय हुनु त्यति ठूलो विषय होइन। सिक्किमको चौतर्फी विकास गरेर पहिलो दुनियाँको हाराहारीमा पुर्‍याउने लक्ष्य राखेर सरकारले काम गरिरहेको छ। यही लक्ष्यलाई प्राप्त गर्न एसडीएफले आफ्नो क्रान्तिलाई अझ सशक्त बनाउँदै लगिरहेको छ। यो स्थानीय शहरी निकायमा एसडीएफले प्राप्त गरेको ऐतिहासिक विजयले सिक्किमेली

मतदान अधिकार र महत्व

प्रजातान्त्रिक प्रणालीमा मतदानको अधिकारलाई सबैभन्दा ठूलो अधिकार मानिन्छ। अर्को कुरा प्रजातन्त्रमा जनता नै सर्वोपरी हुन्। जनताद्वारा जनताका लागि जनताकै निम्ति प्रतिनिधि चयन गर्ने जनतालाई स्वतन्त्र अधिकार प्रदान गरिएको छ। मतदान विचार प्रकट गर्ने एउटा विधि पनि हो, जसद्वारा जनतालाई राम्रो विचार चयन गर्ने अवसर प्राप्त हुन्छ।  मतदानको  व्यवस्थाद्वारा कुनै वर्ग या समाजका सदस्य राज्यको सांसद अथवा विधानसभा अथवा स्थानीय स्वशासनमा आफ्नो  प्रतिनिधि चयन गर्ने वा कुनै उम्मेद्वारको निर्वाचनमा आफ्नो इच्छा प्रकट गर्ने या कुनै प्रस्तावमा आफ्नो निर्णय प्रकट गरिन्छ। यस दृष्टिले यो व्यवस्था सबै चुनाउ तथा सबै संसदीय या प्रत्यक्ष विधि-निर्माणमा प्रयुक्त हुनेगर्छ। अधिनायकवादी सरकारमा अधिनायकद्वारा पहिलादेखि नै लागू गरिएको निर्णयमा व्यक्तिलाई आफ्नो मत प्रकट गर्ने अवसर प्रदान गर्न सकिन्छ। जनतन्त्रात्मक सरकारमा नै मतदानलाई  प्रमुख क्षेत्र तथा महत्व प्राप्त भएको छ। मतदानद्वारा राज्य वा राष्ट्रको भविष्य उज्जवल बनाउन सही प्रतिनिधिको चयन गरिन्छ। राष्ष्ट्रको भविष्य उज्जवल बनाउनका निम्ति यसका अगुवा सही हुनुपर्छ।

देशभक्ति चर्चामा

सिक्किमको राष्ट्रभक्ति अहिले चर्चाको विषय भएको छ। केही दिनअघि राज्यपाल श्रीनिवास पाटिलले राष्ट्रपिता महात्मा गान्धीको जन्म जयन्तीको अवसरमा सिक्किमको राष्ट्रभक्ति देशमा नै अद्वतीय रहेको अनुभव  उजागर गरेका थिए। यसअघि मुख्यमन्त्री पवन चामलिङले पनि प्रजातन्त्रका चौथो स्तम्भलाई सम्बोधन गर्ने क्रममा देशभक्तिप्रति सिक्किम गम्भीर हुनुपर्ने समय आएको बताएका थिए।  महत्वपूर्ण विषय के छ भने, अन्तरराष्ट्रिय सीमाले घेरिएको सिक्किम राज्य विगत 2 दशकदेखि शान्तिपूर्ण ढङ्गले विकसित राज्यको रूपमा अघि बढिरहेको छ। सिक्किमले सीमा राज्यको परिभाषालाई नै परिवर्तन गरिदिएको छ। भारतका अन्य अन्तरराष्ट्रिय सीमा राज्यको तुलनामा सिक्किमले छुट्टै पहिचान बनाएको छ।  सिक्किमले सीमाको रक्षासितै आफ्नो राज्यको उत्तरोत्तर प्रगति गरेर राष्ट्रको विकासमा उल्लेखनीय योगदान दिँदै आएको छ। नागारिकहरूलाई भावनात्मक रूपमा राष्ट्रिय मूलधारामा सामेल गराएर राज्य साथै राष्ट्रको विकासका निम्ति समर्पित बन्न प्रेरणादायी कार्यहरू शुरू गरेर पनि राज्य सरकारले राष्ट्रप्रति राज्यको दायित्वलाई अझ  गम्भीर रूपमा अघि बढाउंदै आएको छ। सिक्किममा भए

सन्दर्भः पटेका प्रतिबन्ध

सिक्किमको निर्णय विश्‍वको हितमा  एसडीएफ सरकारले लिएको निर्णय सिक्किमे जनताको निम्ति मात्र नभएर यो देश तथा विश्‍वकै निम्ति एउटा उदाहरण हो भन्ने कुरा हालै पटेका पड्काउन निषेध गर्नुपर्ने माग गर्दै तीनजना शिशुहरू भारतको सर्वोच्च न्यायालयमा पुगेको घटनाले प्रमाणित गरेको छ। यी तीनजना शिशुले सर्वोच्च अदालतमा संविधानले स्वच्छ वातावरणमा बाच्नु बालबालिकाको मौलिक अधिकार हो भन्ने कुरा झिकेर दशैं-तिहार र विभिन्न उत्सवमा पटेका पड्काउँदा वातावरण प्रदूषित बन्ने  र यसलाई निषेध गर्नुपर्ने माग गरेका छन्। बालबालिकाको कलिलो फोक्सोले धेरै प्रदूषण सहन गर्न नसक्ने हुँदा प्रदूषणलाई नियन्त्रण गर्न यसलाई सुनिश्‍चित गर्नुपर्छ भन्ने माग गर्दै सर्वोच्च न्यायालयमा याचिका दर्ता गरेको खबर राष्ट्रिय दैनिकमा प्रकाशित भइसकेको छ।  सिक्किम सरकारले धेरै अघि राज्यमा प्रदूषण नियन्त्रणका निम्ति पटेका पड्काउन निषेध गरेको छ। राज्यमा यस सम्बन्धको कानुनलाई लागू गरिएको छ। यसरी नै बाली पाकेपछि यसबाट सिर्जना हुने  पात पतिङ्गर, घस्यौटा, सोतर, भुस, ढोड आदि जलाउन नपाउने कानुनसमेत सिक्किममा छ। यो विषय हेर्दा साधारण भए तापनि अहिले

पर्यामैत्री नीतिको लाभ

पर्यावरण संरक्षणका विषयमा उच्च प्राथमिकता दिएर कार्य गर्ने एसडीएफ सरकारले पर्यावरणलाई पर्यटनसित जोडेर यसको लाभांश सिक्किमे जनतालाई दिने नवोन्मेषी प्रयोग र कार्यहरू गर्दै आएको छ। पर्यावरणलाई संरक्षण गर्नसितै यसमार्फत सिक्किमलाई जुनी-जुनीसम्म आयस्रोतको रूपमा विकसित गर्ने कार्यमा पर्या-पर्यटन एउटा महत्वपूर्ण क्षेत्र हो। भौगोलिक रूपमा सिक्किम सानो भए पनि सम्पूर्ण राष्ट्रको निम्ति पर्यावरण सुरक्षा र जल सुरक्षाका क्षेत्रमा सिक्किमले उल्लेखनीय काम गर्दैआएको छ। यही दायित्वलाई आत्मसात गर्दै सिक्किमले पर्यावरण संरक्षणको क्षेत्रमा उल्लेखनीय कार्यहरू गर्दै आएको छ। यसैको परिणामस्वरूप सिक्किमको वन्य क्षेत्र प्रतिशतमा पनि निरन्तर वृद्धि हुँदै आएको छ। विश्‍वमा वन्य क्षेत्र प्रतिशत वृद्धि गर्ने सिक्किम एक्लो राज्य बनेको कारण आज पर्यावरण संरक्षण साथै पर्या-पर्यटनका निम्ति सिक्किम विश्‍व समुदायको आकर्षक केन्द्रका रूपमा स्थापित भएको छ। राष्ट्रको कूल भौगोलिक क्षेत्रको 0.2 प्रतिशत क्षेत्रफल रहेको सिक्किमलाई आज जैव विविधताको निम्ति देशको गडका रूपमा स्वीकार गरिएको छ। भारतको 26 प्रतिशत अधिक फूल फुल्ने बोट-ब

आत्मनिर्भर बन्ने दिशामा

थप एउटा उपलब्धि 96 मेगावाटको जोरथाङ लुप जलविद्युत परियोजनाको उद्घाटनपछि स्वनिर्भर राज्य बन्ने दिशामा सिक्किमले एउटा थप एउटा टेवा पाएको छ। यसअघि वर्ष 2009 मा 510 मेगावाटको टिस्टा जल विद्युत परियोजना-5 राष्ट्रलाई समर्पण गरिएको छ। राज्यमा पर्यटन, फार्मास्यूटिकल उद्योग र जैविक कृषि आदि प्रमुख आयस्रोतका रूपमा विकसित भइरहेको समय यसरी जलविद्युत परियोजना दिन प्रतिदिन राजस्व आर्जन गर्ने प्रमुख स्रोतका रूपमा विकसित हुनु राज्यको निम्ति ठूलो उपलब्धिको विषय हो। यसले एसडीएफ सरकारको उद्योग नीति सफल बन्दै गएको पुष्टि गर्दछ। मुख्यमन्त्री पवन चामलिङले 96 मेगावाट जोरथाङ लुप जलविद्युत परियोजनाको सफल सञ्चालन वर्तमान राज्य सरकारद्वारा शुरु गरिएको औद्योगीकरण नीतिको सराहणीय र अनुकरणीय उपलब्धिमध्ये एउटा हो भनेका थिए। यो सत्य हो, सिक्किममा जलविद्युत परियोजनाहरू स्थापना गर्ने विषयलाई लिएर राज्य सरकारलेे अनगिन्ती आलोचनाहरू सहेको थियो। सरकार विरूद्ध धेरै मामिला लाग्यो, तर अहिले यस परियोजनाले मात्र सिक्किमलाई वार्षिक रु. 21 करोड राजस्व प्राप्त हुने भएको छ। 35 वर्षपछि योजना राज्य सरकारलाई हस्तान्तरण गर्दा 12

कृषि चुनौती र परिवर्तित मान्यताहरू

आधुनिक कृषिमा रासायनिक  मल र कीटनाशकको प्रयोगपछि सिर्जना हुने चुनौतीहरू न्यून हुन नपाउँदै थप नयाँ चुनौतीहरू बढ्दै गएको छ। कृषि भारतीय अर्थव्यवस्थाको मेरूदण्ड हो। भारतमा कृषि परम्परा सिन्धु घाँटी सभ्यतादेखि नै चल्दै आएको हो। सन् 1960 पछि कृषि क्षेत्रमा हरित क्रान्तिको नयाँ प्रयोग आयो। यसरी नै वर्ष 2007 सम्ममा भारतीय अर्थव्यवस्था एवं कृषि सम्बन्धित कार्यको सकल  घरेलू उत्पाद अर्थात् जीडीपीमा  16.6 प्रतिशत हिस्सा थियो। शुरूमा पारम्परिक बीजहरूको प्रयोग गर्दा अर्थात् सन् 1960 को दशक मध्यतिर उब्जनी कम्ती भयो। त्यस बेलासम्म सिँचाईको आवश्यकता कम्ती हुने गर्थ्यो भने उर्वर क्षमता वृद्धि गर्न गाईको मललाई नै प्रयोग गरिन्थ्यो। त्यस समयमा आवश्यकता अनुसार उब्जनी गर्ने चुनौतीका निम्ति कृषि वैज्ञानिकहरूले उच्च उब्जनी क्षमता भएको बीज प्रयोग गरेर समस्याका समाधान खोजेका थिए।  1960 पछि उच्च उब्जनी हुने बिऊको प्रयोगसितै सिचाईं र रासायनिक मल तथा कीटनाशकको प्रयोगमा पनि वृद्धि भयो। यो प्रयोगबाट गहुँ र चामल उत्पादनमा व्यापक बढोत्तरी भयो। देशमा सबैभन्दा पहिला पञ्जाब, हरियाणा र उत्तर प्रदेशका कृषकहरूले कृषिको आध

उद्योगमा पनि सफल

सिक्किमलाई हालै पाँच विषयमा इण्डिया टुडे ग्रुपद्वारा पुरस्कार प्राप्त भएको छ। यी पाँच पुरूस्कारमा सक्किमको निवेश नीति पनि समामेल भएको छ। निवेश वर्गमा प्राप्त पुरूस्कारले सिक्किम सरकारको निवेशमैत्री नीतिलाई राष्ट्रियस्तरबाट मान्यता प्राप्त भएको छ, यो सिक्किमका निम्ति राम्रो सङ्केत मान्न पर्छ। यस कुरालाई आधार बनाएर औद्योगिक क्रान्ति गर्न एसडीएफ सरकार सफल भएको छ भन्न सकिन्छ। हिमाली राज्य भएको कारण सिक्किममा उद्योग कल-कारखाना स्थापना गर्नका निम्ति आवश्यक साधनको अभावको चुनौतीलाई सामना गरेर पनि औद्योगिक क्रान्तिलाई निरन्तर अघि बढाउन सरकार सफल बन्दै गएको छ। ठूल्ठूला कलकारखाना स्थापना गर्दा श्रम शक्तिसितै आवश्यक भारी माल वा कारखानाका निम्ति काँचो पर्दाथ ल्याउन रेल र सडक सुविधाको अभावमा पनि सिक्किमका कल-कारखानाहरू सफल बन्दै जानु सरकारको ठूलो उपलब्धी मान्नु पर्छ। अध्ययनअनुसार विश्‍वमा 230 वर्ष अघि औद्योगिक क्रान्ति भएको हो। भारतमा 70 वर्ष अघि औद्योगिक क्रान्ति शुरू भएको हो भने सिक्किममा औद्योगिक क्रान्तिको शुरूवात भएको लगभग दुई दशक पुग्दैछ। दुई दशकको अवधिमा 30 वटा जति औषधी कारखाना, बिजुल

सिक्किम विधानसभामा दुईवटा संशोधित विधेयक पारित

सिक्किम विधानसभामा दुईवटा संशोधित विधेयक पारित सिक्किम विधानसभामा 9 नोभेम्बरको दिन पेश गरिएका  दुईवटा संशोधित विधेयक आज पारित गरियो। पारित  यी दुईवटा विधेयकमा सिक्किम लोकायुक्त (संशोधन) विधेयक र सिक्किम म्युनिसिपालिटिज (संशोधन) विधेयक सामेल छन्। लोकायुक्तको विधेयकलाई  विधि तथा संसदीय मामिला मन्त्री आरबी सुब्बाले सदनमा पेश गरेका थिए भने सिक्किम म्युनिसिपालिटिज संशोधन विधेयकलाई शहरी विकास तथा आवास मन्त्री एनके सुब्बाले पेश गरेका थिए। विधेयकमा सिक्किम लोकायुक्त अधिनियमको धारा 4 को उपधारा (1)-मा लोकायुक्तका अध्यक्ष र सदस्यहरूको चयनका निम्ति चयन समिति गठन गर्ने व्यवस्था छ। अधिनियमको धारा 4 को (डी)-को उपधारा (1)-को प्रावधानअनुसार सिक्किम विधानसभाका विपक्ष पार्टीका नेतृत्व चयन समितिका सदस्य रहन्छन्। तर यदि विधानसभामा विपक्षका नेता नभएको स्थितिमा सिक्किम विधानसभाका वरिष्ठ सदस्यलाई चयन समितिका सदस्यका रूपमा लिइन्छ। यद्यपि, उक्त अधिनियममा सिक्किम विधानसभाका वरिष्ठ सदस्य पहिचान गर्ने मापदण्ड उल्लेख थिएन। सिक्किम उच्च न्यायालयमा दर्ता गरिएको जनहितयाचिका (सी) सङ्ख्या 49-2015 मा सुनुवाई गर्दै