शहरी क्षेत्रहरूमा नयाँ आयाम थपिइने


विगत 22 वर्षदेखि सामाजिक सुरक्षा साथै मानवीय मूल्यको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको एसडीएफ सरकारले स्थानीय शहरी निकाय चुनाउको समयमा थप कल्याणकारी  योजनाहरू सिक्किम राज्यको शहरी क्षेत्रमा विस्तार गर्ने भएको छ। सामाजिक सुरक्षाको क्षेत्रमा प्रतिबद्ध रहेको एसडीएफ सरकारले सिक्किमलाई देशको उदाहरणीय राज्यको रूपमा स्थापित गर्न नवोन्मेषी र जनकल्याणकारी कार्यक्रमहरू विस्तार गर्न निरन्तर प्रयासरत छ।  नगर निगम, नगर परिषद तथा नगर पञ्चायत चुनाउका निम्ति एसडीएफ पार्टीले तयार गरेको घोषणा पत्रमा यी विषयहरू सामेल छन्।
सिक्किमलाई नै कच्चाघरमुक्त बनाउने अभियानमा प्रतिबद्ध रहेको सरकारले ग्रामीण क्षेत्रका कच्चा घरहरूलाई पक्का घरमा परिणत गरिरहेको छ। यस योजनालाई अब शहरी क्षेत्रमा पनि लागू गर्ने घोषणा भएको छ। शहरी क्षेत्रका झोपडपट्टी र कच्चा घरहरूको पहिचान गरेर त्यसलाई पक्का आवासको रूपमा परिणत गर्ने योजना छ। महत्त्वपूर्ण विषय के रहेको छ भने शहरी क्षेत्रमा घरबार नभएका भाडाका घरमा बस्ने मानिसले भोक्दै आएका समस्याहरूसम्म पुग्न एसडीएफ सरकार सफल भएको छ। 
सरकारले भाडाका घरमा बस्ने नागारिकहरूका निम्ति पनि सुलभ दरमा हाउजिङ सुविधाहरू उपलब्ध गराउने जस्ता विषयलाई पनि  सम्बोधन गरेको छ। अर्को महत्वपूर्ण विषय समाजका कमजोर र आसक्तहरूको निम्ति राज्य सरकारले अभिभावक र रक्षकको भूमिका निर्वाह गर्ने, शहर बजारहरूमा अनाथालय, वृद्धाश्रम जस्ता सुविधाहरू निर्माण गर्ने कुरालाई पनि उच्च प्राथमिकता दिएको छ। सामाजिक सुरक्षाको क्षेत्रमा अर्को महत्त्वपूर्ण विषयका रूपमा विभिन्न वर्गलाई कल्याणकारी योजनामार्फत सहयोग गर्ने कुराले एसडीएफ पार्टीको घोषणा पत्रमा स्थान प्राप्त गरेको छ। विपन्न वर्गको जीवनस्तरलाई सुधार गर्न पहिलादेखि शुरू गरिएका कार्यक्रमहरूलाई निरन्तरता दिइने वचनबद्धता पनि  पार्टीले दोहोर्‍याएको छ।
 सरकार स्थापनादेखि अहिलेसम्म अर्थात् 22 वर्षको अवधिमा राज्यको गरीबीदरलाई 42 प्रतिशतदेखि घटाएर लगभग 5 प्रतिशतसम्म पुर्‍याउन सफल एसडीएफ सरकारले रहल गरीबीलाई घटाउन शहरी क्षेत्रको कमी कमजोरीलाई पनि सम्बोधन गर्ने विषय प्रंशसनीय छ। यस विषयले शहरी क्षेत्रमा बसोबासो गर्ने नागारिकहरूको सामाजिक सुरक्षा सुनिश्‍चित गर्नुको साथै राज्यलाई समृद्धितर्फ बढाउने विषयमा अवश्य नै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। 

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद