एसडीएफको वियजयात्रा


 सरकार स्थापना गरेपछि एसडीएफको वियजयात्रा आरम्भ भयो। 1994 देखि शुरू भएको एसडीएफको विजययात्रा अहिले पनि जारी छ। अहिलेसम्ममा एसडीएफ पार्टीले निरन्तर 13औं पल्ट जित हासिल गरिसकेको छ। अब 2017 मा सम्पन्न हुने ग्राम पञ्चायत र 2019 मा सम्पन्न हुने विधानसभा र लोकसभा चुनाउको 14 अनि 15औं जिततर्फ एसडीएफ पार्टी अग्रसर बनेको छ। शान्ति, सुरक्षा, विकास र समृद्धिलाई निरन्तरता दिने मुद्धा लिएर चुनाउको मैदानमा उत्रिएको एसडीएफ पार्टीले यसपल्टको नगर निकायको चुनाउमा सतप्रतिशत जित हासिल गरेर विपक्ष पीर्टीलाई धूलो चटायो।
सन् 1194 पछिको सबै चुनाउमा एसडीएफले आफ्नो जितलाई कायम राखेको छ। विधानसभा चुनाउ 1994, लोकसभा चुनाउ 1996, पञ्चायत चुनाउ 1997, लोकसभा चुनाउ 1998,एसडीएफ पार्टीको निम्ति कुनै चुनाउ जित्नु र कुनै चुनाउमा पराजय हुनु त्यति ठूलो विषय होइन। सिक्किमको चौतर्फी विकास गरेर पहिलो दुनियाँको हाराहारीमा पुर्‍याउने लक्ष्य राखेर सरकारले काम गरिरहेको छ। यही लक्ष्यलाई प्राप्त गर्न एसडीएफले आफ्नो क्रान्तिलाई अझ सशक्त बनाउँदै लगिरहेको छ। यो स्थानीय शहरी निकायमा एसडीएफले प्राप्त गरेको ऐतिहासिक विजयले सिक्किमेली समाजलाई सबै क्षेत्रमा अघि बढाउन धेरै मार्गहरू खोलिदिएको छ।
यसपल्टको चुनाउमा वर्गीय पार्टी एसडीएफलाई जनताको नजरबाट गिराउने अप्रजातान्त्रित शक्तिहरू परास्त भएका छन्। समाजबाट नकारात्मक शक्तिहरू पराजित हुनु भनेको समाजको लागि राम्रो विषय हो। समाजलाई एउटा स्पष्ट मार्गमा अग्रसर गराउनका लागि सबै पक्षमा सकारात्मक शक्तिको वर्चस्व कायम रहनु आवश्यक छ। यसपल्टको नगर निकायको चुनाउमा मतदाताहरूले विकास, शान्ति र समृद्धिको निरन्तरतालाई रोजेका छन्। सिक्किमेली समाज सदैव अग्रसर रहन चाहन्छ भन्ने कुराको प्रमाण पुनः यो नगर निकायको परिणामले दिएको छ। 

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद