नीति र सिद्धान्तले नै पार्टी बलियो बन्छ
भनिन्छ, जुन पार्टी संस्थागत हुँदैन, जहाँ राजनीतिमा नीति-सिद्धान्त हुँदैन, त्यो पार्टीमा व्यक्ति हावी हुन्छ। संस्थागत नभएको पार्टीमा सिद्धान्तमाथि व्यक्ति बुई चढ्छ। जब पार्टीभित्र सिद्धान्तको राजनीतिमा व्यक्ति हावी हुन्छ, तब पार्टीले गलत बाटो लिन्छ। पार्टीमा कुनै व्यक्ति अलि बढी नै हावी हुँदै गएपछि उसलाई हाँक्न सारथीहरु निस्कन्छन्। ती सारथीहरुले आफ्नो स्वार्थ लुट्न कसैलाई अर्जुन र कसैलाई दुर्योधन बनाउँछन्। यसरी शुरू हुन्छ, पार्टीहरुमा द्वन्द्व। यस द्वन्द्वमा सारथीको भूमिका बढ्दै गए त्यहाँ पछि गएर मात्र सारथी सिद्धान्त बाँकी रहन्छ।
गत वर्षको आम चुनाउना राजनीतिक पार्टीको नीति र सिद्धान्तको विषय धेरै चर्चामा आयो। नभन्दै चुनाउमा विगत 20 वर्षदेखि आफ्नो नीति र सिद्धान्तमा अडिग रहेको एसडीएफ पीर्टीलाई नीति र सिद्धान्त नै नभएको विपक्षी पार्टीले केवल व्यक्तिको विरोध गरेर चुनौती दिने दुष्प्रयास गर्यो। एसडीएफ पार्टीले बारम्बार जनतालाई नीति र सिद्धान्तको आवश्यकता र महत्वबारे बुझाउने प्रयास गरे धेरैले यसलाई स्वीकारे यसैकारण आज एसडीएफ पीर्टीको सरकार छ।
नीति र सिद्धान्त नभए तापनि विपक्षले केही हदसम्म जनतालाई अल्मल्याउन सके अर्थात विपक्षको खातामा दश सिट गयो। लगभग एक वर्षको अवधिमा एसडीएफ पार्टीको सरकारले गरेका कार्यहरूलाई निरन्तर देशका प्रधानमन्त्री, केन्द्रिय मन्त्री आदिले प्रसंशा गरी नै रहे। केन्द्र सरकार समक्ष पोल लगाउने जाल-झेल र षड्यन्त्र गरे तापनि केन्द्रले सिक्किममा एसडीएफ पार्टीको सरकारले राम्रो काम गरिरहेको कुरा स्वीकार गर्यो। अर्थात प्रजातन्त्रमा अपेक्षा गरेअनुसार सकारात्मक र निर्माणात्मक राजनीतिको अभाव विपक्षी पार्टीमा भइरह्यो।
अर्कातिर पहिलादेखि नै नीति सिद्धान्त र कार्यक्रमको अनिकाल झेली रहेको, विकासको मौलिक मुद्दा नै नभएको विपक्षीलाई आफ्नो अस्तित्व बचाउन नै गाह्रो पर्न थाल्यो। पार्टीको अध्यक्षीय र महत्वपूर्ण पदका सदस्यहरूले नै पार्टी छोडेको विषयले यहाँ यो सार्थक बन्छ, राजनीतिक अडान र सिद्धान्तले नै पार्टी र नेताको अस्तित्व बाँच्छ। यो नबुझ्नु नै दुर्भाग्य बन्यो। यसरी एसकेएम पार्टी कुनै सिद्धान्तको जगमा अडेको बलियो घर होइन तर झरी-वर्खाको मलमा उत्पन्न च्याउ जस्तो बन्न वा कहलाउन बाध्य भयो भन्दा यहाँ अतित्युक्ति नहोला।
Comments
Post a Comment