अब गुड्नेछ पिसाबबाट कार
पृथ्वीमा बस्ने सबै मानिसहरुले एक दिनमा गर्ने पिसाब जम्मा गर्ने हो भने साढे १० अर्ब लिटर हुन्छ,जसले ४ हजार २ सय वटा ओलम्पिक खेलमा प्रयोग हुने पौडि पोखरी भरिन्छन् ।मलमूत्र स्वभावैले फोहर चिज हो र यसलाई हामीले फोहरकै रुपमा वर्गिकरण गरी थान्को लगाइन्छ । तर वैज्ञानिकहरुले भने पिसाबबाट गाडि गुडाउने लक्ष्य तय गरिसकेका छन् । दक्षिण कोरियाका वैज्ञानिकहरुले यस्तो महत्वाकांक्षी परियोजना सुरु गरिसकेका छन् जसबाट भविष्यमा पिसाबबाटै उर्जा निकालेर गाडि चलाउने मात्र होइन गाउँ तथा सहरमा विजुली समेत बाल्न सकियोस् ।कोरिया विश्वविद्यालयका शोधकर्ताहरुले मानिसको पिसाबमा हुने कार्वन परमाणुबाट सस्तो विजुली उत्पादन गर्ने महत्वाकांक्षी योजना सुरु गरेका हुन् ।वैज्ञानिकहरुको दाबी पत्याउने हो भने उर्जा उत्पादनका लागि अहिले प्रयोग भैरहेको प्लाटिनम फ्युल सेलको साटो मानव मूत्रमा पाइने कार्वनको प्रयोग गरिनेछ । फ्युल सेल्स भनेको यस्तो प्रविधि हो जसले रासायनिक उर्जालाई विद्युतिय उर्जामा परिवर्तन गर्छ, जसमा अक्सिजन र हाइड्रोजन बीच प्रतिक्रिया गराइन्छ ।फ्युल सेलमा प्रयोग हुने प्लाटिनमको साटो कार्वन प्रयोग गर्न सकिए