मोसो!


कुकुरले मालिकको भान्सा चोरेर खायो,
भानसा घरबाट कुकुर बाहिर निस्कन्दा
मोसोसरि थियो यति नै बेला
स्याल करायो....
कुकुर स्याल खेद्न जङगलतर्फ गयो,
कुकुर फर्किएर  मालिकको घरमा आउदा
भिजेर निथ्रुक्क भए पनि मोसो मेटिएको थियो
म छक्क परे अनि आफैलाई सोध्न बाध्य भए,
कराईको तेलसरीको
मोसो र मानिसको मन भित्रको मोसो
कुन गाडा हन्छ होला............ भनेर!
सायद रीस, डाह, आह्रीस र लोभको रोग
यही मोसोले पोतिएको हुन्छ
यसैले मानिसलाई यो रोग लागेपछि 
छुटारा पाउन ग्राहो पर्छ।

Comments

Popular posts from this blog

महानन्द पौड्याल : नेपाली साहित्यका एक महारथी

मौरी पालन- अनुवाद