आमाले भनेको


  बिहान घाम झुल्केदेखि ऩअस्ताएसम्म 
 मकै गोडेर घर फर्किए पनि 
बुहारीले मकैको पिठो र भुसको रोटी खानु पर्थयो,
तर  श्रीमान पनि त्यति निष्ठुरी थिएनन
आफ्नो भान्साबाट केही भाग
 श्रीतिका निम्ति छोडेर राख्थे
खटन गर्ने र रोक्ने-टोक्ने
अरू नै हुन्थे,
समय बदलिन्दै गयो 
पेन्दिम अङमोको विद्रोह नबुझेको जस्तो गर्ने 
समाज बिस्तारै 
 गणतान्त्रिक देशको अभिन्न अङग बन्न पुग्यो
देशले प्रधान मन्त्री, राष्ट्रपति, 
सदनमा अध्यक्ष गर्ने नेतृ पायो
बिचारले कोल्टे फेर्दै गयो, 
पुनह बुहारीलाई घरको ळक्ष्मी सम्झन थाल्यो।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद