झरि च्याउदेखि डराउनु
यसले सुन्दर रूपमा
विष धारण गरेको हुन्छ
क्षणिक सुन्दरतामा
भ्रम बोकेको हुन्छ ,
उज्यालो भविष्यमा अन्धकार त के मृत्यु नै बोकेको हुन्छ
सूर्यको ताप सहन नसक्नेले,
अूरूलाई भलो गर्दैन,
किनकी उ आफै काफर हुन्छ
किनकी उ फलेको वृक्ष होइन,
साँझ गोठमा झुण्डाएको दुध बिहान सेतै
भए पनि ढाडेको झुठो देखिन्न
तर पनि यसलाई अमृत सम्झेर
देवतालाई चढाउने भुल गर्छो।
हामी किन भ्रमा पर्छो?
हिजोसम्म मेरो खेतमा
रायको साग ठिकै थियो
तर च्याउ फले भनेर
उफ्रि उफ्रि कराउनेले आज
अस्पतालको चक्कर काट्नु पर्दैछ।
भ्रम कै कारण मन त भ्रष्ट थियो थियो
तन पनि भ्रष्ट भयो
यसैले झरि च्याउदेखि डराउनु
Comments
Post a Comment