डगी र फ्याउरोको कथा


==================
तल्लो घरे पाजीको फ्याउरो कुकुर बिमार भयो 
पाजीले त्यसलाई बाँसको चुङगे बनाएर 
पदिना पिसेर पानी फिटेर पिलायो 
तर फ्याउरो कुकुर जाति भएन,
धतुरोको धुवा लगायो 
कुकुर जाति भएन
अन्ततह, कुकुरको बिमार बडदै गयो,
बिरामी कुकुरको राल सिगान देखेर 
छिमेकीले त्यसलाई दोबाटोमा लगेर भोकै बाँध्ने सल्ला दिए 
कसैले झुण्डाएर मार्नुपर्छ समेत भने।
बिचरा पाजी कुकुरलाई आफ्नै परिवारको सदस्य माने पनि 
उसलाई बचाउन जानेन, कुकुर मर्यो,
पाजीको छोराले एक दिनसम्म रोएर भात खाएन।
केहीदिन पछि
माथ्लो घरे काजीको डगीलाई त्यस्तै बिमार लाग्यो
काजीले फोन गरेर 
डगीको उपचार गर्न डाख्टर घरमा नै बोलाए
ज्वरो खोकी बड्छ भनेर 
डगीलाई अस्पताल लान एमबुलेन्स पनि बोलाए 
एमबुलेन्समा सलाईन चडाएर डगी अस्पताल गयो 
केही दिनपछि अस्पतालबाट फर्किएर आउदा
डगीले डगीनी साथी लिएर रमाउदै घर फर्कियो 
यो सब देखेर 
पाजीको आँखाबाट तप्प आँसू झर्यो 
तर कसैलाई पनि केही पनि भनेन।
-----------------------------------------------------
( साथी हो, तपाईको घर छिमेकमा कसैको गाई, भैसी, कुकुर वा घरेलू पशु बिमार छ भने पशुको अस्पताल छ। त्याँ पशुका धेरै राम्रा डाक्टर छन भनेर भनिदिनुहोस। ताकी जानकारीको अभावमा पाजी जस्तो रूनू नपरोस।)

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद