भन्नु केही छैन.......


हिजो तिम्रो पाखामा आगो लाग्दा ,
हाम्रो घर आँगन उज्यालो भयो ।
आज हाम्रो पाखामा पैह्रो गयो,
तर तिम्रै मुहान नै धमिलो भयो।
भुगोललाई सराप्छौ भने सराप,
भन्नु नभन्नु भन
आखिर नाता तोडेर टाडिने तिम्रो प्रवृति र स्वभावले
हाम्रो सुखमा तिमि रिसाउने र तिम्रो दुखमा
हामी खुशाउने परम्परा नै भाको छ,
अरूले मङगलको निम्ति टिकट काटिसके
तिमि हाम्रो अमङगल चिताउनमा नै व्यस्त छौ,
भन्नु केही छैन.............।

Comments

Popular posts from this blog

महानन्द पौड्याल : नेपाली साहित्यका एक महारथी

मौरी पालन- अनुवाद