सकारात्मक- नकारात्मक




बाटो बन्द
तिम्रो बिचारले 
मेरो बाटो खुल्यो 
उसको बाटो बन्ध भयो।

जहिल्यै पनि मेरो खिल्ली गरेर 
वा-वाही बटुल्न चहानेको 
तिम्रो बिचारले हियो डढ्यो,
मलाई हर्षले, उसलाई पश्चतापले निद्रा आएन।


मलाई नयाँ जोशले सताउँछ,
उसलाई ऐठन हुन्छ,
मलाई रात लामो हुन्छ 
उसलाई के दिन के रात
सबै अँध्यारो...।

बल्छिमा झुण्डेको मासुको टुक्राले
अर्काको मृत्युको भविष्यवाणी गर्दै 
माथि देख्ने शिकारी छ भनेर घमण्ड गरे झै
मोरो खुट्टा र बगैचाको बुट्टा काट्ने
सपना अधुरो हुँदा 
सपनामा त्सूनामी 
र बिपनामा भुइचालोको त्रास बढाउदैछ।


 म हिमाल हाँसेको देख्न चहान्छु 
तिम्रो बिचारले 
उ हिमाल रोएको हेर्न चहान्छ।
किन कि अरूलाई रूवाएर 
उ रमाउने गरेको साक्ष
जमेको हिउ पगाल्ने र
ठाउँ ठाउँमा चर्केको हिम नदी अनि 
कालो थोप्ला बसेको हिमशिखरले दिएको छ।
यसैले हिमाल हसाउन मलाई 
साथ देउ
म तिमि र तिम्राहरूको निम्ति जीवन धारा सुरक्षित 
राख्ने बचन दिन्छु।



Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद