मकै पाकेछ

आहा मकै पाकेछ,
अब त आमाले जातो पिसेर फ्यापलो पकाउन दुख गर्नु पर्दैन
मिक्सि छँदैछ
आमाले धुवाँ पनि सहनु पर्दैन 
एलपीजी छँदैछ
आहा अब किन ढिलो गर्ने
मकै पाकेछ
हिटरमा मकै पोलेर खाँदा पनि हुन्छ
जङगल बडेर गए पनि
बाँदरले मकै हेर्न छोड्यो
उसको त सडकमा नै बन रोटी पाक्छ
भएन उसले लालबजारको फल र सब्जी पो ताक्छ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद