राम्रो सङकेत

राम्रो सङकेत 
यस पल्ट प्रधान मन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भएको केन्द्र सरकारले राज्य र राज्यका सांसदहरूले ल्याएको मागलाई मन्त्रालयमा उच्च प्राथामिकता दिने निर्देश  केन्द्रिय मन्त्रीहरूलाई दिइएकोछ।प्रधान नरेन्द्र मोदीले प्रधान मन्त्री पदको शपथ ग्रहण गरेको लगत्तैपछि केन्द्रिय मन्त्रीहरूलाई यो निर्देश दिएका छन।अर्को महत्वपुर्ण कुरा के छ भने प्रधान मन्त्री मोदीले 
ेधेरै अघिदेखि हिमालय क्षेत्रका निम्ति छुट्टै नीतिबनाउने कुरा गर्दै आएका छन।यसलाई सिक्किम जस्तो हिमाली राज्यको निम्ति धेरै लाभ प्राप्त हुने सङकेत मान्न सकिन्छ।
प्रधान मन्त्रीको सकारात्मक सङकेतपछि सिक्किम राज्यका  सांसदहरू अहिले नयाँ दिल्लीमा केेन्द्रिय मन्त्रीहरूसित भेट गर्ने र सिक्किमको थातिमा रहेका मुद्धाबारे मन्त्रीहरूलाई बुझाउने  प्रयास गरिरहेका छन।अहिलेसम्म केन्द्रिय गृह राज्य मन्त्री किरण रिजुजी र पुर्वोत्तर क्षेत्र विकास मन्त्री भी के सिंहसित शिष्टचार भेट गरेर सिक्किमको पुुराना मागबारेमा मुखस्त बनाउने प्रयास भइसकेको छ । 
स्मरण गराइन्छ, यसअघि पुर्व प्रधान मन्त्री अटल बिहारी बाजपेयीको नेतृत्वमा रहेको राष्ट्रिय जनतान्त्रीक गठबन्धन(एन  डीए)-को कार्यकालमा नै सिक्किमलाई पुर्वोउत्तर परिषद्को सदस्य बनाइएको थियो भने सोही कार्यकालमा नथुला भएर भारत-चीनमाझको सिमा व्यापार शुरू गरिऐको थियो।अर्थात एनडिए सरकारले सिक्किम जस्तो सोनो राज्यको मागलाई प्राथामिकता दिन्छ वा दिदै आएको छ भन्ने कुरा स्पष्ट छ।
प्रमुख राजनीतिक मागहरूमा सिक्किमलाई जनजाति राज्य को मान्यता दिलाउनु वा छुटेका 11 समुदादयलाई जनजातिको दर्जा दिलाउनु, लिम्बु  र तामाङ समुदायलाई सिक्किम बिधान सभामा सिट आरक्षण गर्नु,छुटेका पुराना व्यपारीलाई आयकरमा  छुट,कर्मपालाई सिक्किम ल्याउनु,सिक्किमलाई शान्ति बोनस आदि प्रमुख हुन।
अहिले केन्द्र सरकारले जुन प्रकारको सङकेत दिइरहेको छ त्यस प्रति देश आशान्वित छ भन्ने कुरा  सर्वविधित नै छ। देशको आशामा सिक्किम सामेल भएर छिटो छिटो थातिमा रहेका मागहरू पुरा गर्ने बिषयमा सक्रय हुनु पनि राम्रो सङकेत मान्नु पर्छ। यसै पनि सिक्किममा राजनितिक मुद्दाहरूको अभाव छ। राज्यमा समाधान गर्न सक्ने मुद्धालाई एसडिएफ सरकारले  हरसम्भव पुरा गरेको छ। अनि केन्द्र सरकार अधिनस्त  मुद्धाहरूलाई पनि एसडिएफ सरकारले आफ्नो नियन्त्रणमा राखेर क्रमश: केन्द्र सरकार समक्ष आफनो अडान   स्पस्ष्ट राख्दै आएको छ। यदि माथि उल्लेख गरिएका 50 प्रतिशत (कुनै पनि)मागले मात्र प्रथामिकता पाए किक्किमको निम्ति राम्रो सङकेत मान्नु पर्छ। 

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद