प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा भुटानको संयुक्त सत्रलाई सम्बोधन


प्रधानमन्त्री नरेन्द्र मोदीले आज भोटानको थिम्पुमा भोटानी संसदको दुवै सत्रलाई सम्बोधन गरे।आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले भोटानमा विगत शताब्दीमा या यता वैश्‍विक प्रविृत्तिलाई व्यापकरूपमा विस्तार गर्दै तथा शक्तिलाई केन्द्रियकरण गरेको बताए। उनले लोकतन्त्रको वलियो आधार तयार गरेर भोटानले संवैधानिक लोकतन्त्रको स्थापना गर्ने परिवर्तन ल्याएको बताए। 
प्रधानमन्त्रीले भने, देशको लोकतान्त्रिक इतिहासमा 7 वर्ष थोरै समय हो।तर यस छोटो समयमा भोटानका नागरिकले लोकतन्त्रको संस्थानमा विश्‍वास विकसित गरेका छन।सरकारमा पनि परिवर्तन भएको छ।यसले जनतामा जागरूकता र परिपक्वता आएको प्रमाणित गर्दछ।श्री मोदीले भने,भारतमा हालै चुनाउ सम्पन्न भयो अनि यस चुनाउमा भारतका जनताले असल प्रसाशन र विकासका निम्ति भोट गरे।
भोटान राष्ट्रिय एसेम्बलीका अध्यक्षको स्वागत सम्बोधनमा शक्तिशाली भारत भोटानका लागि राम्रो भनेको कुरालाई प्रधानमन्त्री मोदीले स्वागत जनाए। उनले अझ भने यदि भारत सम्मृद्ध भए सम्पुर्ण क्षेत्र विशेषगरी सार्क देशहरूको  निम्ति नै राम्रो हुन्छ।शक्तिशाली र सम्मृद्ध भारतले मात्र छिमेकी राष्ट्रहरूको समस्यालाई समाधान गर्नसक्छ, मोदीले भने।
भारत भोटानमाझको सम्बन्ध विषय बोल्दै प्रधानमन्त्रीले भने,दुवै देश माझको सम्बन्ध प्रसाशनिक आधारमा मात्र छैन।उनले भने, भारत र भोटान दुवैले सत्ता परिवर्तनलाई देखेका छन तर पनि सम्बन्ध निरन्तर मजबुत बन्दै आएको छ।संस्कृतिक धरोहरको संयुक्त आधारले सम्बन्ध निरन्तर दरो बन्दै आउन सम्भव भएको हो।उनले भने,हामीले एकार्कामा ह्रदय खुल्ला गरेका छौ तर यो खुल्ला भएको ह्रदयलाई बन्द गर्नु हुदैन अनि सम्बन्धको यस धरोहरलाई  भावी पीँडिले उपभोग गर्नु पर्छ।भारतका जनता र भारत सरकार यसका लागि समर्पित छ। 
भोटानले विकासको क्षेत्रमा गरेका विकास उपलब्धि विषय बोल्दै प्रधान मन्त्रीले भने, प्रकृतिको विविध अडचन भए पनि भोटानले प्रगति गरेको छ। भविष्यमा विश्‍वका धेरै साना राष्ट्रहरूले विकास यस मोडललाई अनुकरण गर्नेछन, उनले भने।विश्‍वले जीडीपीको कुरा गर्छ अनि भोटानले सकल राष्ट्रिय खुशहाल(जीएनएच) को कुरा गर्छ।यो सबै, पंक्तिको अन्तिममा भएको नागरिकसित सम्बन्ध राख्ने  नेतृत्वले सम्भव भएको हुन्छ।
उनले भोटानको पनबिजुली दोहन गर्ने क्षमता केवल भोटानको अर्थिक विषय मात्र नभएको अथवा भारतकको आवश्यकता पुर्ती मात्र नरहेको जनाउदै यो वैश्‍विक उष्मीकरण विरूद्ध लडनलाई एउटा सानो योगदान हो भने।
प्रधानमन्त्रीले भोटानको वजटमा शिक्षाको क्षेत्रमा बृहत योगदान बारे बोल्दै यसले भोटानले भावि पीँडिका निम्ति निवेशको गरेको पुष्टि गर्दछ भने।उनले भने, भारत यस उद्देश्यका निम्ति योगदान दिन चहान्छ।उनले,युवाहरूलाई विश्‍वको सम्पर्कमा जोडनलाई तथा लाभ प्रदान गर्नका निम्ति भोटानमा ई- पुस्तकालय स्थापना गर्न भारतले सहयोग गर्ने बताए।उनले भोटानी विद्यार्थीलाई भारतले प्रदान गर्ने छात्रवृत्ति दोब्बर गरिने घोषणा गरे।उनले भारत र भोटानको सम्बन्ध कसरी अघि बढाउदै लैजाउनु पर्छ, त्यस विषयमा पनि भारत र भोटानले सोच्दै जानु पर्छ भने।उनले भारतका हिमालयी राज्य र भोटान,नेपाल माझ कम्तिमा पनि वर्षमा एकपल्ट खेल उत्सव आयोजना गर्नु पर्ने सुझाउ राखे।उनले भने, खेल मार्फत मानिसलाई  जोडेर उनीहरूलाई उत्साह भर्दै खुशियालीमा योगदान दिनुपर्छ। भारतको अन्तरीक्ष तकनिकीलाई पनि भोटानको तकनिकी अझ विकसित गर्नका निम्ति प्रयोग गर्न सकिन्छ भने। 
श्री मोदीले भने, मानिस कहिलेकाहीँ भन्ने गर्छन, हिमालयले हामिलाई अलग गर्छ भने तर म भन्छु हिमालयले हामिलाई एकसुत्रमा बाँधेको छ,किनकि हिमालय हाम्रो साझा धरोहरका अङ्ग हुन। हिमालयका दुवै तर्फका मानिसले हिमालयलाई शक्तिको प्रेररणा श्रोतका रूपमा हेर्नुपर्छ।तर अहिले हिमालयको विविध पक्ष बारे अध्ययन गर्नु पर्ने सही समय भएको पनि उनले बताए। उनले भारतले अघावै जलवायु परिवर्तका लागि राष्ट्रिय कार्य योजना स्थापित गरिसकेको बताए।उनले भने, दिगो हिमालय प्रणालीको निम्ति राष्ट्रिय मिशनलाई पनि मान्न सकिन्छ।उनले अझ भने,भारत हिमालयको अध्ययनका निम्ति केन्द्रिय विश्‍वविद्यालय स्थापना गर्न चहान्छ र यसबाट भोटानले धेरै लाभ पाउन सक्छ।
प्रधानमन्त्रीले भने, भारत र भोटानले पर्यटनको समग्र दृष्टिकोणमा पनि काम गर्न सकिन्छ र भारतको पुर्वोत्तर राज्यहरू र भोटान मिलेर एउटा साझा परिपथ विकसित गर्नुपर्छ।उनले भने, आतङकते विभाजन ल्याउँछ, तर पर्यटनले एकता।यसर्थ भोटानको प्रकृतिक सम्बृद्धिल र क्षमतालाई जोडिएमा त्यो विश्‍वका निम्ति नै ठुलो निमन्त्रण हुनेछ। भोटानका तेस्रो राजाको भनाइ- दूध र पानि जस्तै भारत र भोटान कहिल्यै पनि छुटिन सक्दैनन्  ,भन्ने कुरा स्मरण गराए।उनले मित्रता चिरस्थायी र संस्कृतिक धरोहर आधारित छ भने।प्रधान मन्त्रीले आफुलाई भव्य स्वागत जनाएकोमा भोटानका नागरिकहरू प्रति आभार एवं कृतज्ञता प्रकट गरे।यस अवसरमा राष्ट्रिय परिषदका अध्यक्ष डा. सोनाम किङ्गाले धन्यवाद ज्ञापन गरेका थिए।(पीआइबी
-- 

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद