महत्वपुर्ण उपलब्धिः भारत वाशिङटन एकर्डको स्थायी हस्ताक्षरकर्ता बन्यो
हस्ताक्षरले तकनिकी र अभियान्तिकी स्नातकहरूलाई वैश्विक स्तरमा रोजगारको अवसर बढनेछःमानव संससाधन मन्त्री
नयाँ दिल्ली,13 जून।
तकनिकी शिक्षा र अभियान्तिकी कार्यक्रमा भारतलाई आज महत्वपुर्ण सफलला हात लागेको छ। 13 जूनको बिहान न्यूजील्यान्डको वेलिङटोनमा वाशिङटन एकर्ड (डब्ल्यूए)-सदस्यहरूको अन्तरराष्ट्रिय सभा सम्पन्न भयो।यस सभामा भारत ले 17 स्थायी देशहरूको चयनित समुहमा प्रवेश गरेको छ।भारतलाई आजैदेखि हस्ताक्षर सहमतिको स्तर प्रदान गरिएको छ।
यस सफलतापछि केन्द्रिय मानव संसाधन विकास मन्त्री स्मृति जुबीन इरानीले मानव संसाधन विकास विभागका अधिकारीवर्ग र एक्रीडेशनका लागि राष्ट्रिय बोर्डका अधिकारीहरूलार्ई बधाई दिदै, यसले हाम्रो तकनिकी र अभियान्तिकी कार्यक्रमा उच्च गुणवत्ता क्रियान्वयन गर्ने विषयलाई सुनिश्चितता गर्दै अभियान्तिकी स्नातकलाई वैश्विक गतिशिलता प्रदान गर्नेछ।
उनले अझ भनिन्,स्नातक डिग्री हुनेलाई मान्यता प्राप्त भएपछि त्यो हस्ताक्षर रीष्ट्रहरूको समतुल्यमा हुनेछ आनि यसले गर्दा हाम्रा स्नातक विधार्थीका निम्ति विश्वभरि नै रोजगारको अवसरहरू बढेर जानेछ।स्मरण रहोस, वाशिङटन एकर्ड विश्वका प्रमुख राष्ट्रहरूको एक अन्तरराष्ट्रिय सम्झौता हो। यसमा अन्तरराष्ट्रिय सिमापार अभियान्ताहरूको गतिशिलता र गुणवत्ता बढाउने विषयको चार्टरसहित सम्झौता गरिएको छ।चार्टरअनुसार हस्ताक्षर राष्ट्रले गुणवत्ता मानक बोर्ड स्थापना गर्नु पर्छ। यस मानक बोर्डले अभियान्तिकी स्नातकको न्यूनतम मानकलाई सुनिश्चित गर्दछ।
वाशिङटन एकर्डमा एक्रिडेशनका लागि राष्ट्रिय बोर्डले हस्ताक्षर गर्दछ। भारतमा सोहीअनुरूप देशमा परिणाम आधारित शिक्षाका निम्ति अभियान्तिकी र अन्य सबै स्तरका तकनिकी कार्यक्रमलाई मान्यता प्रदान गर्ने अधिकार छ।अन्तरराष्ट्रिय अभियान्तिकी सम्बन्ध(आइईए),वाशिङटन एकर्ड सचिवालयले दिसम्बर 2013 मा र जनवरी 2014 मा एनबीएको मान्यता प्रणाली र व्यवहारिकता माथि व्यापक समिक्षा र लेखाजोखा गरेको थियो। यस समिक्षा टोलीले मार्च 2014 मा आफ्नो प्रतिवेदन बेुझाएका थियो।(पीआइबी)
Comments
Post a Comment