तादोङ कलेजका डा. चक्रवर्तीले लन्दनमा व्याख्यान दिने


गान्तोक, 14 जून।
सिक्किम सरकारी महाविद्यालयका रसायन विभागका विभागीय प्रमुख एवं सह प्राध्यापक डा. भाष्कर चक्रवर्तीलाई लन्दनमा 24 जूनदेखि शुरु हुने 15औं टेटराहेड्रोन सिम्पोजियममा कार्य पत्र प्रस्तुत गर्न निमन्त्रणमा आएको छ। स्मरण रहोस्, यूके लन्दनको मिलिनियम ग्लुसेस्टर केनसिङटोनमा 24 देखि 27 जूनसम्म सम्पन्न हुने यो कार्यक्रम अर्गेनिक क्यामेस्ट्रीको चर्चित अन्तरराष्ट्रिय सम्मेलन हो। उल्लेखनीय छ,विश्‍वको चर्चित अर्गेनिक क्यामेस्ट्री जर्नल टेट्राहेड्रोन लेटर्समा प्रकाशित चक्रवर्तीको उत्कृष्ट अनुसन्धान कार्यलाई आधार बनाएर यस संगोष्ठीका निम्ति निमन्त्रणा आएको छ। स्मरण रहोस्, डा. भाष्कर चक्रवर्तीको यस लेखलाई एउटा शैक्षिक वर्षभित्र मात्र कुल 314 प्रशंसा प्राप्त भएको छ। विश्‍वका धेरै नामी वैज्ञानिकहरूले चक्रवर्तीको यस अनुसन्धान कार्यको प्रशंसा गरेका छन्।
जानकारीअनुसार यस अन्तरराष्ट्रिय सिम्पोजियममा विश्‍वका नामी वैज्ञानिक र अर्गेनिक केमेस्ट्रीमा नोबेल पुरस्कार विजेता 22 वैज्ञानिकहरूले आफ्नो व्याख्यान प्रस्तुत गर्ने छन्। भारतबाट प्रतिनिधित्व गर्ने 17 जना वैज्ञानिकहरूमध्ये डा. भाष्कर चक्रवर्ती एक हुन्। सिक्किमबाट डा. चक्रवर्तीले मात्र प्रतिनिधित्व गरिरहेका छन्। डा. भाष्कर चक्रवर्तीअनुसार यो सिम्पोजियम सकेपछि 28 जूनको दिन लन्दनको कार्डिफ यूनिभर्सिटीमा गएर अर्को व्याख्यान दिने कार्यक्रम पनि छ। यहाँ उनलाई प्रोफेसर डेविड नाइटले निमन्त्रणा पठाएका छन्।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद