इसरोले दोस्रोपल्ट ठीक गर्यो मंगल यानको मार्ग



भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले दोस्रोपल्ट मङगल यानको मार्गलाई ठीक गरेर त्यसलाई सही बैटोमा पुर्याएको छ। साधारण रूपमा यो अभ्यास धेरै  मुश्किल हुन्छ। यस प्रकारको अभ्यासमा अन्य एजेन्सीले आफ्नो धेरै मङगल मिशनमा असफलताको सामना गर्नु परेको छ।मार्ग ठीक गर्नु अर्थात टेजेक्ट्री करेक्शन मेनूवर (टीसीएम-2) लाई 11 जूनको साझ साढ़ेचार बजे परिणाम दिइयो। यसका लागिमङगल यानको 22 'न्यूटन' प्रक्षेपलाई 16 सेकेंडका लागि ताकिएको थियो।इसरोको बयानमा भनिएको छ, यस समय अन्तरिक्षयान र पृथ्वीको रेडियो दूरी 10.2 करोड़ किलोमीटर छ।अब पृथ्वीदेखि अन्तरिक्षयानसम्म  रेडियो सिगनल पुग्नलाई 340 सेकेंड लाग्छ।  इसरोले पहिला अप्रैलमा निर्धारित टीसीएम जरूरी छैन भनेर घोषणा गरेको थियो  र यसलाई जून महिनाका लागि  स्थगित गरेको थियो।  अन्तरिक्षयानले अहिले सम्म 46.6 करोड़ किलोमीटरको यात्रा गरिसकेको छ यसको कुल यात्रा 68 करोड़ किलोमीटर को छ। इसरोको  भनाईमा उसले इण्डियन डीप स्पेस नेटवर्क (आइडीएसएन) को माध्यमले मङगल यानलाई लगातार निगरानी  गरिरहेकोछ। यस अन्तरिक्षयानमा भएको पाँच वैज्ञानिक उपकरणले राम्रोसित काम गरि रहेको छ।उल्लेख्य,450 करोड़ रुपियाँको लागतको यस अभियान अन्तर्गत मङगलयान लगभग 10 महिनाको अन्तरिक्ष यात्रा गरेपछि 24 सितम्बर 2014-को दिन लालग्रहको कक्षामा पुग्नेछ।इसरोको पीएसएलवी-सी 25-ले 1350 किग्राम वजनको मङगलयान आर्बिटरलाई 5 नोभेम्बर 2013 को दिनमा श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट दिउसो 2:38 बजे प्रक्षेपित गरिएको थियो।  अभियानको सफलतापछि  मङगलमा बिजय हासिल गर्ने इसरो विश्वको चौथी अन्तरिक्ष एजेन्सी हुनेछ।यसअघि यूरोपियन  कांसोर्टियमको यूरोपियन स्पेस एजेन्सी, अमेरिकाको नासा र रूसको  रोस्कस्मस मात्र लाल ग्रहको अभियानमा सफल भएको छ।यस उपग्रहसित पाँच स्वदेशी उपकरण फठाइएको छ।यो यन्त्रले मङगलमा  मीथेन, ड्यूटीरियम, जीवनको संभावना र पानीको
उपलब्धतासितै अन्य धेरै महत्वपूर्ण विषयहरूको खोजी गर्नेछ।प्रक्षेपणपछि  उपग्रह माथि नजर राख्नका लागि विशेष परिबन्ध गरिएको छ। पोर्टब्लेयर, बेङगलोर नजिक  बाईलालू र ब्रूनेईमा   स्थापित ट्रेकिङ केन्द्र अलर्ट मोडमा छ।यसबहेक समुद्रबाट यसमाथि नजर राख्नका लागि शिपिङ करपोरेशन अफ इण्डियाको दुइ
जलपोत एससीआइ नालन्दा र एससीआइ यमुना दक्षिण प्रशान्त महासागरमा फिजी तटको नजिक निकट तैनात छन। 

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद