जल संरक्षणका निम्ति बाँधलाई उच्च प्राथामिकता दिइनेछ: नितिन गडकरी

जल संरक्षणका निम्ति बाँधलाई उच्च प्राथामिकता दिइनेछ: नितिन गडकरी
नयाँ दिल्ली,13 जून।
  केन्द्रिय सडक परिवहन एवं राजमार्ग तथा शिपिङ मन्त्री नितिन गडकरीले जल संरक्षणलाई सरकारले उच्च प्रथामिकता दिने बताउदै, यसका निम्ति दैश भरि नै चेक डाम (बाँध बाँध्ने) र जल संरक्षण गर्ने बताएका छन।नदी उत्थान विषय दुइ दिवसीय राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै केन्द्रिय मन्त्रीले भने, संरक्षण गरेको पानीलाई कृषिमा प्रयोग गर्दा यसले तीन गुणा अधिक खेती बढछ,अनि यसले देशका 50 लाख युवाहरूलाई रोजगार उपलब्ध हुन्छ। यो गरीबी जस्तो संकटसित झुझ्ने माध्यम पनि हुनेछ। ग्रमीण विकास, पञ्चायतीराज एवं पेय जल तथा स्वच्छता मन्त्री समेत रहेका नितिन गडकरीले उजाड तथा बञ्जर भूमिमा ब्यापक तकनिकीको प्रयोग गरेर विशेष साना योजनाहरूको आवश्यतामा जोर दिए।उनले भने,ठूला बाँधमा धेरै पुञ्जी मात्र खर्च हुन्छ अनि धेरै प्रकारका सम्स्या र अडचन पनि आउछन। भूमि अधिग्रहण,विस्थापन र समयमा पुरा गर्नु पर्ने बाध्दता जस्ता समस्या हुने गर्छन।
मन्त्रीले भने, जल परियोजनाहरूमा विलम्ब र भ्रष्टचारलाई सहन गरिने छैन। कार्य आदेशका निम्ति ई-टेण्डरिङ हुनेछ अनि लेखा र सामाजिक आर्थिक प्रभावको मुल्याङकन बाहेक सेटालाइट(उपग्रह)आधारित निरक्षण हुनेछ। अर्थव्वस्था र परिस्थितिकीको एकिकृत पहलको समर्थन गर्दै मन्त्री गडकरीले भने,गामीण क्षेत्रको सर्वाङगीन विकासको ंनिम्ति पानीको उपलब्धता अति नै आवश्यक छ,तर दुखको कुरा स्वतन्त्रताको 65 वर्षपछि पनि देशका गाउँहरूमा कि त पानी छैन अथवा पानी भए पनि प्रदुषित छ। उनले भने,भारतीय नदीहरूलाई सफा गर्न हरेक पहल गरिने छ अनि मन्त्रालयले गंगा र यमुना नदीका निम्ति प्रक्रियाको ंअनावरण गरिरहेको छ। केन्द्रिय मन्त्रीले, आगामी  वर्षहरूमा 01 लाख किलोमिटर राजमार्ग निर्माण ररिने  र 200  करोर रूखका विरूवा सडक परिसरमा रोप्ने र यो कार्य एमजीनरेगा मार्फत गरिने बताए। उनले यस मार्फत  लगभक  30 लाख युवा नागरिकलाई रोजगार प्राप्त हुने बताए।
यस अघि,मन्त्री गडकरीले स्व. गोपीनाथ मुण्डेलाई हार्दिक श्रद्धाञ्जली अर्पण गरे। स्मरण गराइन्छ,गोपी नाथ मुण्डेले ग्रमीण विकास मन्त्रीको रूपमा नदी विषय कार्यशालाको परिकल्पना गरेका थिए तर उनको अचानक दिल्लीमा एक दुःखद सडक दुर्घटनामा मृत्यू भएको थियो।(पीआइबी)

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद