जापानी कम्पनी सफ्टब्याङ्कद्वारा एक इशारामा नै मानशिक भावना बुझ्न सक्ने रोबट निर्माण


जापानका एक अरबपति मसायोशीका छोराले आफ्नो पाङ्ग्रामा भएको cooing humanoid को सहायताले एक इशारा मार्फत मानशिक भावना बुझ्न सक्ने रोबट बनाएका छन् | केही दिन अघि एक कार्यक्रमका माझ उनको मोबाइल फोन कम्पनी सफ्टब्याङ्कले “pepper” नाम दिइएको यो रोबोटलाई आउदो वर्षको फरवरी जापानमा 1 लाख 98 हजार  येनमा बिक्रीको लागि राखिने तर प्रवासी बिक्री योजना दुविधामा रहेको बताएका छन् | आफ्नो लामो समयदेखिको व्यक्तिगत रोबोट व्यापारमा जाने सपना रहेको बताउदै उनले भीड समक्ष “pepper”मा आफ्नो वरिपरि रहेका मानिसहरुको अभिव्यक्ति र आवाजको टनलाई स्वीकार्दै उनीहरुको भावना पढ्न सक्ने प्रोग्राम फिट गरिएको बताए |

कुडली रोबोट बन्नु जापानमा कुनै नयाँ कुरा होइनन तर आज सम्म रोबट उत्पादन गर्ने कुनै पनि कम्पनीले बजारमा प्रमुख सफलता पाएको देखा परेको छैन । जापानी इलेक्ट्रनिक्स र मनोरञ्जन कम्पनी सोनी कर्पले 2006  मा आइबो पाल्तु कुकुर रोबट बनाउन छाड्यो | त्यस्तै, एउटा अर्को मोटर कम्पनीले पनि हिंड्न र बोल्न सक्ने असिमो रोबटको उत्पादन गरेको थियो तर घरायसी उपयोगका लागि यो अतिनै महँगो पर्ने गरेको छ।जापानका अन्य प्रतिष्ठित कम्पनीले पनि सानो तथा ठुलो आकारका रोबटहरुको विकाश गरेका छन् तर तिनीहरु केवल मनोरंजन प्रदान गर्न र विभिन्न कम्पनीहरुमा काम गराउन मात्र प्रयोग गर्ने गरिन्छ |

121 सेन्टीमिटर अग्लो र 28 किलोग्राम तौल रहेको यस रोबटको शिरमा कपाल छैन | दुइ ठुला गुडिया जस्ता आँखा भएको यस रोबटको छातीमा चेप्टो प्यानल राखिएको छ जुन अल्ड़ेबारण रोबोटिक, संग संयुक्त रुपमा बिकाश गरिएको थियो ।यस अघि बिकाश गरिएको आवाज चिन्ने विशेषता रहेको यस रोबटको हातमा स्पर्शका लागि दुई सेन्सर, त्यस्तै टाउकोमा तीन स्पर्श सेंसर, र आधारमा तीन बम्पर सेंसर सहित एक दर्जन भन्दा बढी सेंसरले पूर्ण रुप लिएको छ | साथै टाउकोमा दुई क्यामेरा र चार माइक्रोफोनका साथै वाइफाइ र इन्टरनेट सञ्जालीकरण क्षमता रहेको छ । नाच्न र जोक भन्न सक्ने यस रोबटलाई सफ्टब्याङ्क कम्पनीले प्रदर्शनमा राखेको थियो। 

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद