Posts

Showing posts from May, 2014

विश्व पर्यावरण दिवस

 5 जुन विश्व पर्यावरण दिवस संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरण प्रति वैश्विक स्तरमा राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ।यसको शुरुवात सन् 1972 मा 5 जूनदेखि 16 जुनसम्म संयुक्त राष्ट्र महासभाद्वारा आयोजित विश्व वातावरण सम्मेलन बाट भएको हो। ।5 जुन सन् 1973  का दिन पहिलो विश्व  पर्यावरण दिवस मनाइएको थियो।विश्व पर्यावरण दिवस संयुक्त राष्ट्र द्वारा सकारात्मक पर्यावरण कार्य गर्नलाई विश्वभरि नै मनाइने उत्सव हो।पर्यावरण र जीवनको गनिष्ठ सम्बन्ध छ।पर्यावरण प्रदूषणको समस्यामा  सन् 1972 मा संयुक्त राष्ट्र सङघले स्टाकहोम (स्वीडन)मा  विश्व भरिका देशहरूको पहिलो  पर्यावरण सम्मेलन आयोजित गरिएको थियो । यसमा 119 देशहरूले भाग लिएका थिए र पहिलो पल्ट  पृथ्वीको एक सिद्धान्तलाई मान्य गरियो। यसै सम्मेलनमा संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम (UNEP) को  जन्म  भयो तथा प्रति वर्ष 5 जूनको दिन पर्यावरण दिवस आयोजित गरेर नागरिकहरूलाई प्रदूषणको समस्या बारे अवगत गराउने निश्चय गरियो। यसको मुख्य उद्देश्य पर्यावरण प्रति जागरूकता ल्याउदै  राजनीतिक चेतना जागृत गर्नु र आम जनतालाई प्रेरित गर्नु रहेको थ

बर्षमा दुइपल्ट छायाले साथ छोडने

बर्षमा दुइ पल्ट भनिन्छ छायाले कहिल्यै पनि साथ छोडदैन तर बर्षमा दुइ पल्ट यस्तो दिन आउछ जतिवेला केहि समयका लागि छायाले साथ छोडने गर्छ। गुजरातको  वडोदराबाट प्राप्त जानकारीका अनुसार छाया तब बन्ने गर्छ , जब प्रकाशका बीचमा कुनै वस्तु आउने गर्छ। यस्तो प्रकारले  सूर्यको प्रकाशबाट उत्पन्न भएको छाया  सूर्य पूर्वदेखि पश्चिमसम्म हिडदाखेरि पश्चिमदेखि पूर्वतर्फ झर्ने गर्छ। खगोलशास्त्री दिव्यदर्शन डा.पुरोहितका अनुसार , पृथ्वीदेखि 23.5 डिग्रीको झुकावका कारणले सूर्य 23.5 डिग्रीसम्म पुगेर फर्किआउछ।त्यस समय  विषुवृत्तदेखि कर्क वृत्तसम्म  सूर्य जादाँखेरिको समय र फर्किएर  कर्क वृत्तदेखि विषुवृत्तसम्म आएको समय वर्षमा दुइ पल्ट  ती दुवैका बीच आउने सबै वस्तुहरू अर्थात रूख , घर , गाड़ी सबैको छाया गायब हुन्छ तर  यो चम्तकार कर्कवृत्तदेखि माथि हुनेले देख्न सक्दैनन। दुइ र तीन जूनको दिन यो  स्थिति बनिन्छ।   पुरोहितअनुसार जब सूर्यको  देक्लिनेसन अर्थात आकाशीय ढलान हाम्रो  शहर या गाउँको लेटिट्युड अर्थात  अक्षांससित मेल खान्छ अनि  जब सूर्य शहरको  मध्यान्तर रेखामा आउछ तब  शहरको  साबै छाया दिउसो पुर्ण रूपमा गायब हुन

कार्यसंस्कृतिको निष्पादन आवश्यक

सिक्किमको विकास र प्रगतिका निम्ति धेरै दिनदेखि केही विषयमा सुधार गर्नुपर्ने आवश्यकता देखिन्दैथियो, अनि यिनै आवश्यकता मध्ये एउटा विषय हो, सरकारी कार्यालयहरूमा कार्य संस्कारको विकास। सरकारी कार्यालयमा अधिकारी र कर्मचारीको अनियमित उपस्थितिले साधारण जनता कार्यालयमा गएर एकै दिनमा काम गरेर फर्किने विषय अझ पनि आकाशकै फल मानिन्छ्। यसै पनि शहरी क्षेत्रमा भएका कार्यालयमा ट्राफिकको समस्या देखाएर 12 बजेभन्दा अघि कार्यालयमा उपस्थित नहुने अनि आफुभन्दा माथिको अधिकारी नभए 3 बजे भन्दा अधिक समयसम्म पनि बस्न नसक्ने अधिकारी र कर्मचारीको संख्या पनि बढदो छ। मुख्यमन्त्री नहुँदा विभागीय प्रमुख नै कार्यालयमा नहुने अनि आज त बुढो छैन भनेर तल्लोदर्जाका कर्मचारीसम्म मेहे बिनाको दाई हुनाले सरकारी कार्यालयमा जनताको कति काम हुन्छ त्यो कल्पना गर्न सकिन्छ। केही दिन अघि पाकिम महकुमा कार्यालमा विहान 11 बजेसम्म पनि अधिकारी र कर्मचारी नभएको कुरा सोसियल मिडियामा आएको थियो।  सरकारी कार्यालयमा कार्य संस्कृति जनतामा खट्किएको विषय हो। एकातिर सिक्किमका कर्मचारीले देशका अन्य राज्यहरूको तुलनामा धेरै वेतन पाउँछन् भन्ने कु

देशका सबै नागरिक हवाई अड्डाहरूमा विमानहरूको ल्याण्डिङमा सहयोग गर्नका लागि सीएसआईआर र आईएमडीमा समझौता

सीएसआईआर नेशनल एयरोस्‍पेस लेबोरेट्रीज (सीएसआईआर-एनएएल) बंगलोर  र भारतीय मौसम विज्ञान विभाग (आईएमडी) द्वारा विमानन सुरक्षाको  क्षेत्रमा  महत्‍वपूर्ण उप‍लब्धि हासिल गरिएको छ। दुवैले दृष्टि प्रणालीको संयुक्‍त उत्‍पादनका लागि भागीदारी समझौतामा  हस्‍ताक्षर गरेका छन। यो  कम दृष्‍यताको  स्थितिमा विमानलाई सुरक्षित उतरने र उड़ान भर्नका लागि  महत्‍वपूर्ण मार्गदर्शन हो , जसलाई रनवेको दृष्‍यता श्रेणीको मूल्‍याङकन गर्नका लागि  उन्‍नत उपकरण मानिन्छ।  यो अनुबन्ध प्रौद्यागिकी स्‍वदेशीकरण गर्नका लागि दुइ  सरकारी उपक्रमहरूमा सहयोगको अदान प्रदान गर्ने राम्रो उदाहरण हो। यसअघि यस प्रौद्योगिकीमा केही विकसित देशहरूको मात्र आधिपत्‍य थियो। यस परिष्‍कृत उपकरणको देशमा  उत्‍पादनले  विदेशी मुद्राको मात्र बचत ऩभएर देश उन्‍नत प्रौद्यगिकीको क्षेत्रमा पनि आत्‍मनिर्भर हुनेकुरा स्पष्ट भएको छ। यस समझौतामा  सीएसआईआर नेशनल एयरोस्‍पेस लेबोरेट्रीज (सीएसआईआर-एनएएल) का निदेशक डा. श्‍याम चेट्टी र भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का महानिदेशक डा. एल. एस. राठौरले हस्‍ताक्षर गरेका छन।यस समझौतामा विभिन्‍न मौसम विज्ञान सं

प्रौद्योगिकी विकास बोर्डले राष्ट्रीय प्रौद्योगिकी दिवस 2014 मनायो

भारत सरकारको  विज्ञान एवं  प्रौद्योगिकी मंत्रालयको  वैधानिक इकाई प्रौद्योगिकी विकास बोर्डले 11 मईको दिन नयाँ दिल्लीमा  राष्ट्रीय प्रौद्योगिकी दिवस 2014 मनायो। विज्ञान एवं  प्रौदयोगिकी विभागका सचिव प्रोफेसर के.विजय राघवनले  समारोहको   अध्यक्षता गरेका थिए। यसमा  प्रोफेसर अशोक झुझुनवालाले  मुख्य अतिथिका रूपमा  विज्ञान एवं  नवोन्मेषी विषयमा  प्रमुख भाषण दिएका थिए।  उनले आफ्नो सम्बोधनमा  नवोन्मेषी र प्रौद्योगिकीको महत्वमा  जोर दिदै यसबाट केवल मानिसको समस्याहरूको हल मात्र ऩभएर  असमानता दूर गर्न अझ धेरै  अवसर प्रदान गर्नुमा सहयोग प्राप्त हुनेछ भने।उनले भने  एटीएम मशीनहरू , मोबाइल फोन र एप्सले मानिसको जीवनमा ठुलो परिवर्तन ल्याएको छ।प्रोफेसर झुझुनवालाले जोर दिदै भने  नवोन्मेष र प्रौद्योगिकीले ठुलोभन्दा ठुलो समस्याको समाधान निकाल्न सक्छ।उनले  शिक्षा र बिजुलीको  कमीका मुद्दाहरूको उल्लेख गर्दै भने प्रौद्योगिकी र नवीनताबाट सबै  शिक्षाको स्तरमा सुधार ल्याउन सकिन्छ। उनले भने  घरमा  डीसी पावर बाहेक  लाइन प्रदान गर्न , एलईडी बल्बको उपयोग र डीसी पावरबाट चल्ने पंखा र उपकरणहरूबाट  बिजुलीको कमी दूर

गाउँमुखी सरकार !

राज्यको कूल बजेटको 70 प्रतिशत अंश ग्रामिण विकासमा खर्च गर्ने एसडीएफ सरकारले नीति निर्धारण गरेर ग्रामिण जनतालाई जुन न्याय दिने काम गर्दै आएको छ, त्यसको गुण यस पल्टको चुनाउ जनताले एसडीएफलाई फर्काएर पुनः सरकारमा ल्याए। एसडीएफ पार्टीले पञ्चम् विजयी हाँसिल गरेर पुनः सिक्किमको सत्ता हाँक्ने जनताबाट जनादेश प्राप्त गरेको छ। यस ऐतिहासिक विजयका निम्ति एसडीएफ पार्टीको भाग्य निर्माण गर्ने नै ग्रामिण जनता भएको चुनाउको परिणामले स्पष्ट पारेको छ। यहाँ महत्वपूर्ण कुरा के छ भने ग्रामिण जनतालाई न्याय दिन एसडीएफ पार्टीले बजेटको 70 प्रतिशत अंशसितै अन्य धेरै नीति निर्माण गरेर गाउँको विकास गर्ने विषयलाई उच्च प्राथमिकता दिएको छ। सबै समष्ठिमा ग्राम विकास केन्द्रहरूको स्थापना गर्नु, महकुमा कार्यालयहरूको स्थापना गरेर ग्रामिण क्षेत्रमा जनतालाई सरकारी काम-ताजका महत्वपूर्ण कार्यहरूको सेवा दिनु, सत्ता विकेन्द्रिकरण गरेर पञ्चायतलाई प्रशासनिक शक्ति प्रदान गर्नु, ग्रामिण पर्यटनको नीति निर्माण गरेर गाउँमा नै आय श्रोतको माध्यम सिर्जना गर्नु, आर्थिक सामान्ताका निम्ति सहकारी समितिको स्थापना गरेर समानुपातिक ढङ्गमा सम

मंगलमा पहिलो बस्ती बसाउन जानसक्छन 44 भारतीय

लन्दन नीदरल्यान्डको एक संस्था 'मार्स-वान' ले  2024 मा  मंगल ग्रहको एकतर्फी यात्राको आफ्नो योजनाका लागि 705 जना मानिसलाई  चुनेको छ ,त्यसमध्ये 44 भारतीय छन। जहाँ 17 महिला सामेल रहेको बताईएको छ।  यी व्याक्तिले अब मार्स-वानको एक सेलेक्शन कमिटी समक्ष  इन्टरव्यू दिनुपर्नेछ। स्मरण गराइन्छ, मंगल ग्रहको यो यात्रा यात्रा अहिलेसम्मको सबैभन्दा जोखिमपुर्ण यात्रा पनि हो किनभने मंगल ग्रहमा पुग्ने यी मानिस धर्तीमा फर्किएर आउनेछैनन् त्यही नै बस्नेछन। यस  संस्थाको योजना 2025 देखि मंगल ग्रहमा  एउटा बस्ती बसाउनु रहेकोछ । मार्स वानका  चीफ मेडिकल अफिसर नबर्ट क्राफ्टले उमेद्वारहरूको चयन दोस्रो चरण शुरू गर्नका लागि टीम उत्साहित भएको बताएका छन। यस राउंडमा उमेद्वारले  आफ्नो ज्ञान, अनुकूलन क्षमता र व्यक्तित्वको  परीक्षा दिनु पर्नेछ। मार्स-वानको  योजना 2024 मा मंगल ग्रहमाचार उपनिवेश उतारने रहेको छ । मंगलमा  बसाइने यस  बस्तीका लागि विश्वका  2 लाख मानिसले आवेदन दिएका थिए। संस्थाले दोस्रो  चरणका लागि लिए विश्वभरिबाट  418 पुरुषों र 287 महिलालाई  चयन गरेको छ जहाँ 313 जना अमेरिका, 187 जनान यूरोप , 136 एशि

अब जमिन र आकाशमा एउटै सवारी

विश्व शक्ति मुलुक संयुक्त राज्य अमेरिकाको सेनाले जमिनमा ट्रकको काम गर्ने र आकाशमा हेलिकोप्टरको काम गर्ने सवारी साधन निर्माण गरेको समाचार छ ।समाचार अनुसार ब्लैक नाइट नाम दिइएको उक्त सवारी साधनलाई फ्लाइंग ट्रकको नाम पनि दिइएको छ । यतिबेला यसको निर्माण सम्पन्न भए पनि यसको परीक्षण भने भैसकेको छैन । यो साधनको परीक्षण सफल रहेमा यसलाई केही महिनाभित्रै कार्यक्षेत्रमा तैनाथ गर्न अनुमति दिइने छ ।क्यालिफोर्नियाको एडभान्स्ड टेक्टिक्सलाई बनाउने जिम्मेवारी दिइएको यो सवारीको केही समयअघि मात्र यसको भिडियो सार्वजनिक गरेको थियो । स्मरणीय के छ भने यो सवारी साधनले १९ घण्टासम्म लगातार उडान गर्न सक्छ ।२४१ किलोमिटर प्रतिघण्टा गति रहेको फ्लाइंग ट्रक ४५३ किलोग्रामसम्म भार वहन गर्नसक्छ भने यसलाई रुपान्तरण गरेपछि १५८७ किलोग्रामसम्मको भारवहन गर्नसक्छ।

वर्ष 2011 मा सिक्किमका मुख्यमन्त्री पवन चामलिङले शुरू गरेको एेतिहासिक सिक्किम भ्रमणका बेला

Image
पशिचम सिक्किमको एउटा चर्चित झरनामा थकानलाई भुल्ने प्रयास गर्दै।

फखरुद्दीन अली अहमद

भारतका पाँचौ राष्ट्रपति फखरुद्दीन अली अहमदको  जन्म 13 मई, 1905 मा पुरानो दिल्लीको  हौज काजी इलाकामा भएको थियो। उनको पिताको नाम कर्नल जलनूर अली अहमद र बाजेको नाम खलीलुद्दीन अहमद थियो।  फखरुद्दीन अली अहमदका बाजे  गोलाघाट शहर नजिक  कदारीघाटका निवासी थिए जो असमको  शिवसागर  स्थित थियो। 1931 मा फखरुद्दीन अली अहमदले  अखिल भारतीय कांग्रेस पार्टीको प्राथमिक सदस्यता प्राप्त गरेका थिए। यहींबाट उनको राजनैतिक जीवन शुरू भयो।   1937 मा उनी असम बिधानसभामा सुरक्षित मुस्लिम सीटबाट  निर्वाचित भएका थिए। जवाहरलाल नेहरूको सल्लामा उनले  स्वतन्त्र उम्मेदवारका रूपमा  स्वयंलाई नामाङकित गरेका थिए। जवाहरलाल नेहरू, फखरुद्दीन अली अहमदको कार्यशीलताबाट धेरै प्रभावित थिए। 1964 देखि  1974  सम्म उनी कांग्रेस कार्य समिति र केन्द्रीय संसदीय बोर्डमा रहेका थिए। 1938 मा जब गोपीनाथ बारदोलोईको नेतृत्वमा असममा कांग्रेसको संयुक्त सरकार बनीयो तब फखरुद्दीन अली अहमदलाई  वित्त एवं राजस्व मंत्रालयको कार्यभार सुम्पिएको थियो।  सत्याग्रह आंदोलनमा  सक्रिय भूमिका निर्भाह गरेकोमा  अंग्रेजी सरकारले  फखरुद्दीन अहमदलाई  जेल पठाएको थियो। अ

विश्व परिवार दिवस

आज विश्व भरि नै एकल परिवारको लहर नै फैलीएको छ। छोरा-छोरी ठूलो भएर नोकरी गर्नथालेपछि केही अलग भएर बस्न चहानछन अनि यसका लागि परिवारदेखि अलग हुन मनपराउछन।  धेरैजसो महानगरमा त आफना आमा बाबले नै आफना छोरा-छोरीले नोकरी पाएर बिहे गरेपछि छुट्टेर बस्ने सल्लाह दिनछन। तर यसरी एकलै बस्ने बिचारले समाजले धेरै गुमाउनु परिरहेको छ। परिवारबाट अलग भएपछि  नानीहरूले ठूला बडाको साथ पाउदैनन् यसैको परिणाम स्वरूप हाम्रो समाजमा नैतिक संस्कार दिन प्रतिदिन घट्दै गएको छ र यसले समाजमा पनि नकारात्मक असर पर्न गएको छ । समाजमा घटदै गएको नैतिकताको  दुष्परिणाम हामी सबैको सामुन्नेमा छ। नानीहरू अनैतिक कार्यमा सामेल हुनु,  हिंसात्मक प्रतिक्रिया, प्रेमको गलत अर्थ, स्कूलमा  पढ़न छोडेर  मोबाइल जस्ता चीजहरूमा समय बर्बाद गर्नु , आमा बाबको कुरा नमान्नु आदि कयौ घटना छन जसको परिणाम स्वरूप   समाज डुब्दै छ।  संयुक्त राष्ट्र संघले यसै विषयलाई ध्यानमा  राख्दै बर्ष  1994  मा 15 मई को दिन विश्व परिवार दिवस मनाउने  निर्णय लिएको थियो।समाजमा मा परिवारको  महत्वलाई जनतासम्म पुरयाउन सकियोस भनेर यो निर्णय लिइएको थियो। हुनत भारतमा एकल परिवार अह

ओजोनले भूकम्पको पूर्वानुमान

भूकम्पको सही भविष्यवाणी गर्न व्यापक स्तरमा अनुसन्धान भैरहेका छन् । भूकम्पका हल्का तरङ चाँडै पत्ता लगाउने उपाय भएमा प्राकृतिक विपदबाट बर्सेनि पुग्ने धनजनको क्षति घटाउन सकिने छ । यसपक्षका कयौँ सैद्धान्तिक पहल भएका पनि छन् । अप्लाइड फिजिक्स लेटर्स जर्नलमा गत महिना एक नयाँ पद्धतिबारेमा उल्लेख गरिएको छ । चट्टानको चिराबाट निस्कने ओजोन ग्यासको विश्लेषणबाट भूकम्पको पूर्वानुमान गर्न सकिने नयाँ अनुसन्धानको निष्कर्ष छ । ओजोन एक प्राकृतिक ग्यास हो र विभिन्न स्रोतमा विद्युतीय डिस्चार्ज हुँदा ओजोन ग्यास निस्कने गर्छ । उदाहरणका लागि चट्याङ पर्दा वायुमण्डलमा ओजोन ग्यास बन्छ । यसैगरी नयाँ अनुसन्धानले भने अनुसार उच्च दबाबमा चट्टान फुट्दा पनि ओजोन ग्यास निस्कन्छ । अमेरिकाको भर्जिनिया विश्वविद्यालय अन्तर्गतको स्कुल अफ इन्जिनियरिङमा इन्जिनियरिङ फिजिक्सका प्राध्यापक राउल ए बारागियोलाले इग्नेस र मेटामोफिर्क चट्टानसहित ग्रेनाइट, बेसाल्ट, जेनेसिस, रायोलाइट र क्वार्जलाई फुटाएर त्यसक्रममा उत्पन्न हुने ओजोन ग्यासको मात्रा मापन गरेर हेरेका छन् । चट्टानको गुण अनुसार ओजोन ग्यास निस्कासनको मात्रा फरक हुन्छ ।

मङ्गल अन्वेषणमा नयाँ यान

मङ्गल ग्रहको अन्वेषण सुरू गरिएको करिब ४० वर्ष भएको छ । यस अवधिमा भएका खोजले मङ्गल ग्रहप्रति कौतूहलता झनै बढाएको छ । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था, नासाले मङ्गल ग्रहमा मानवरहित यान नै उतारेर त्यहाँ जीवनको सङ्केत दिने खालका सूचकाङ्क पनि हासिल गरेकाले पृथ्वी बाहिर सबैभन्दा अधिक चासो दिइएको ग्रह नै मङ्गल भएको छ । नासाले गत नोभेम्बर २६ मा मङ्गल ग्रहको अन्वेषणका लागि विशेष अभियान थालेको छ । कार आकारको वाहन क्युरियोसिटीलाई लिएर केप कानाभेरलबाट एट्लस भी रकेट मङ्गल ग्रहका लागि प्रस्थान गरेको छ । क्युरियोसिटीमा मार्स साइन्स ल्याबरोटरीलाई राखिएको छ । नासाका प्रशासक चाल्र्स बोल्डेनको भनाइ छ- मङ्गल ग्रहमा अहिलेसम्मकै उत्कृष्ट वैज्ञानिक प्रयोगशाला पठाउन पाउँदा हामी अत्यन्तै उत्साहित भएका छौँ, मङ्गल ग्रहका बारेमा हामीले चाहेको तथ्य यस प्रयोगशालाले उपलब्ध गराउने छ, यसैको आधारमा हामी रातो ग्रह र अन्य क्षेत्रमा मान्छेलाई पठाउने खाका तयार पार्ने कार्य गर्ने छौँ । मङ्गल ग्रहको गेल क्रेटरमा रहेको एक पहाडको नजिक सन् २०१२ को अगस्त ६ मा क्युरियोसिटीलाई एक आकाशे क्रेनले अवतरित गराउने छ । यसअघि पनि

मंगलका बारेमा

मंगलका बारेमा तिमिहरूले धेरै पढेका छौ होला.... मंगलमा जीवनको उपस्थिति बाहेक अरू धेरै कुरा छन अनि ति कुराहरू रोचक पनि छन।.................हाम्रो पृथ्वीमा बढदो जनसंख्याको कारण मानिसले बिभिन्न प्रकारको समस्या भोग्दैछन भने अर्कातिर वैज्ञानिक समुदाय पनि पृथ्वीको विकल्प खोज्न तत्पर छन अनि यसैको परिणाम स्वरूप मंगल ग्रहमा जीवनको खोजीमा दिन रात परिश्रम गरिरहेका छन।.....................पहिला हामि मंगल ग्रहबारे जानौ। मंगल सौरमन्डलमा सूर्यदेखि चौथो ग्रह हो। पृथ्वीदेखि यसलाई रक्तिम देखिन्छ यसैकारण यसलाई "लाल ग्रह"अर्थात रातो ग्रहको नामले पनि जानिन्छ। सौरमन्डलका ग्रह दुइ प्रकारका हुन्छन  - "स्थलीय ग्रह" जसमा ज़मीन हुन्छ र  "गेसीय ग्रह" जसमा  अधिकजसो ग्यासै ग्यास छ। पृथ्वीमा जस्तै , मंगल पनि एक स्थलीय धरातल भएको ग्रह हो। यसको वातावरण छुट्टै प्रकारको छ। इसको सतह हेर्दा  चन्द्रमाको गर्त र पृथ्वीको ज्वालामुखि, घाटि, रेगिस्तान र ध्रुवीय बरफपुर्ण पर्वतको स्मरण गराउछ। हाम्रो  सौरमन्डलको सबैभन्दा   ऊँच्च पर्वत, ओलम्पस मोन्स मंगलमा पनि स्थित छ। साथै विशालतम केन्यन वेलेस मेरी

युट्युव’को ९ बर्षे इतिहास

सारा बिश्व जगतलाई एकीकृत पार्न महत्वपुर्ण भूमिका खेलीरहेका छन् विभिन्न आधुनिक सामाजिक संजालहरु | इन्टरनेट मार्फत बिश्वका जुनसुकै खबर प्राप्त गर्न सकिने सामाजिक संजालमध्येको एक भिडियो साइट ‘युट्युव’ले आफ्नो स्थापनाको 9 वर्ष पुरा गरेको छ |‘युट्युव’का सहसंस्थापक ज्वाड करिमले ‘सान डियागो चिडियाखाना’मा खिचिएको भिडियो सन् 2005 अप्रिल 23तारिखमा युट्युवमा पहिलो पटक पोष्ट गरेसंगै बिश्वप्रसिद्ध भिडियो साइट युट्युव आधीकारीक रुपमा सुरु भएको थियो |उक्त भिडियो सामान्य भएतापनि निकै लोकप्रिय रहेको छ | अहिलेसम्म यो भिडियो करिव डेढ करोडले हेरिसकेका छन भने झण्डै 95 हजार प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन् ।सन् 2005 मा स्थापना भएको युट्युवले सुरुका दिनमा त्यति लोकप्रियता पाएको थिएन् । सन् 2006 नोभेम्बरमा गुगलले युट्युवको स्वामित्व1 अर्ब 65 करोड डलरमा किनेपछि यसले संसारभरि चर्चामात्र पाएन, प्रयोगकर्ता पनि ह्वात्तै बढे । फ्रान्सको ‘डेलिमोसन’ लगायतका साइट युट्युवको पछि पछि आएको भएपनि ‘ट्वीटर’को स्वामित्वमा रहेको र गत बर्षमात्र सुरु भएको भाइनले भने निकै टक्कर दिइरहेको छ । अहिले युट्युवका मासिक 1 अर्ब प्रय

लाल ग्रह

मंगलका बारेमा तिमिहरूले धेरै पढेका छौ होला.... मंगलमा जीवनको उपस्थिति बाहेक अरू धेरै कुरा छन अनि ति कुराहरू रोचक पनि छन।  1. मंगललाई लाल ग्रह  पनि भनिन्छ किनभने मंगलमा माटोको लोहा खनिजमा मिलेर बसेको कारण वातावरण र माटो रातो वा लाल देखिन्छ। 2. मंगलका दुइ चन्द्रमा छन। यसको नाम  फ़ोबोस र डेमोस हो।. फ़ोबोस डेमोस भन्दा केही ठुलो छ।फ़ोबोस मंगलको सतहदेखि मात्र 6 हज़ार किलोमीटर माथि  परिक्रमा गर्दछ। 3. फ़ोबोस बिस्तारै  मंगल तर्फ  झुक्दै छ हरेक सौ वर्षमा यो मंगलतर्फ 1.8 मीटर झुक्ने गर्छ। यसले गर्दा  5 करोड़ सालपछि फ़ोबोस या त मंगलसित ठोकिन्छ अथवा फुटने उनुमान छ।अनि मंगलको चारै तर्फ एउटा रिङ बनाउनेछ।फ़ोबोसमा  गुरुत्वाकर्षण धरतीको गुरुत्वाकर्षणको एक हज़ारौ भाग छ .सम्झौ कि धरतीमा यदि  कुनै व्यक्तिको तौल 68 किलोग्राम छ भने फ़ोबोसमा त्यो केवल 68 ग्राम हुनेछ। मंगलमा पानी बरफका रूपमा ध्रुवहरूमा भएको मानिन्छ। 4. मानि लिउ सुर्य एउटा दरवाजा जति ठुलो छ भने धरती एउटा सिक्का जस्तै हुनेछ अनि मंगल एक एस्पिरीन ट्याबलेट जस्तै हुनेछ। 5. मंगलको एक दिन 24 घंटाभन्दा केही अधिक हुन्छ। मंगलले सूर्यको एक पर

मौरी पालन- अनुवाद

मौरी पालन प्राचिनकाल देखि नै मानिसले पशु उत्पादको प्रयोग गर्न शुरु गरेका हुन्। पशु उत्पादनको प्रयोग गर्दा मानिसले पशुको जीवन मूल्य समेत प्रयोग गरेका छन्। मौरीको मह मानव सभ्यताको प्रगैतिहासिक समयदेखि नै मानिसले प्रयोग गर्न शुरु गरेका हुन्। यी कुराहरू हाम्रो धर्म ग्रन्थहरू जस्तै वेद, पुराण, रामायण, महाभारत र चारकसंहितामा पनि उल्लेख गरिएको छ। केही विदेशी यात्री जस्तै फाहिन र वेनसनले पनि महलाई औषधीको रूपमा प्रयोग गरिएको विषयलाई चर्चा गरेका छन्। मानिसहरूले मौरीको मह औषधी हुन्छ भन्ने कुरामा धेरै निर्भर रहेको र अति नै आवश्यक पोषण आहार तत्वको रूपमा स्वीकारेको पाउँछौं।  मौरीको अतिनै विकसित सामाजिक सङ्गठनको स्थापना मानव जातिको उत्पति हुनभन्दा अघि नै भएको हो। मौरीले हामीलाई काम-काम अनि सहकार्यसहित कामको शिक्षा दिँदछ। हामी सहजै मौरीको अथक परिश्रमबारे विचार गर्न सक्छौं। एक पावा मह बनाउनका निम्ति एउटा मौरी हाम्रो पृथ्विको परिधिभन्दा दोब्बर यात्रा गर्ने गर्दछ। शुरुमा मौरीको मह निकाल्ने तरिका एकदमै कच्चा किसिमको रहेको थियो। तर सन् 1991 मा लङस्ट्रोटले कृतिम चाका अविस्कार गरेपछि मौरीको मह निकाल्ने

चट्याङ -संकलन

चट्याङ के हो ? मानिसहरू चट्याङ पर्दा फलाम जस्तो चीज झर्छ भन्छन् के यो सत्य हो ?( थाहा पाउन पुरा पढ्नुस्  चट्याङ भनेको एक प्रकारको विद्युतीय चार्ज हो । वास्तवमा वायुमण्डलको सबैभन्दा तल्लो तह ट्रोपोस्फेयरमा धनात्मक र ऋणात्मक चार्ज भएका बादलहरूबीचको घर्षण तथा तिनीहरूबीचको विकर्षण र खण्डीकरणका कारण ठूलो शक्ति उत्पत्र हुन्छ । जसबाट ताप , प्रकाश र ध्वनि वा गर्जन एकैसाथ निस्कन्छ । त्यसलाई हामी बिजुली चम्किएको , गर्जिएको वा चट्याङ परेको भनेर बुझ्छौँ ।तर यसरी एकैसाथ ताप , प्रकाश अनि ध्वनी निस्कने भएपनि बिजुली चम्किएको केही छिन पछि मात्र गर्जन सुनिन्छ । कारण प्रकाशको गति ध्वनीको गतिभन्दा बढी हुन्छ यानकी प्रकाश ध्वनीभन्दा चाँडो दुगुर्छ । उदाहरणको लागि यदी तपाई रुख काट्दाको समयमा रुख काटेको ठाँउ नजिकै हुनुहुन्छ भने बन्चरोले रुखमा हानेकै समयमा ठ्याङ गरेको आवाज सुन्न सक्नुहुन्छ तर यदी तपाई अर्को डाँडा जहाँबाट रुख काटेको देखिन्छ , अनि हेर्नुस् बन्चरोले रुखमा हानेको केही बेरमा मात्र ठ्याङ गरेको सुनिन्छ । अव फेरा चट्याङ तिरनै लागौँ । यसरी विपरीत चार्जभएका बादलहरूबीचको प्रतिक्रिया वा घर्षणबाट हज