विश्व परिवार दिवस

आज विश्व भरि नै एकल परिवारको लहर नै फैलीएको छ। छोरा-छोरी ठूलो भएर नोकरी गर्नथालेपछि केही अलग भएर बस्न चहानछन अनि यसका लागि परिवारदेखि अलग हुन मनपराउछन।  धेरैजसो महानगरमा त आफना आमा बाबले नै आफना छोरा-छोरीले नोकरी पाएर बिहे गरेपछि छुट्टेर बस्ने सल्लाह दिनछन। तर यसरी एकलै बस्ने बिचारले समाजले धेरै गुमाउनु परिरहेको छ। परिवारबाट अलग भएपछि  नानीहरूले ठूला बडाको साथ पाउदैनन् यसैको परिणाम स्वरूप हाम्रो समाजमा नैतिक संस्कार दिन प्रतिदिन घट्दै गएको छ र यसले समाजमा पनि नकारात्मक असर पर्न गएको छ । समाजमा घटदै गएको नैतिकताको  दुष्परिणाम हामी सबैको सामुन्नेमा छ। नानीहरू अनैतिक कार्यमा सामेल हुनु,  हिंसात्मक प्रतिक्रिया, प्रेमको गलत अर्थ, स्कूलमा  पढ़न छोडेर  मोबाइल जस्ता चीजहरूमा समय बर्बाद गर्नु , आमा बाबको कुरा नमान्नु आदि कयौ घटना छन जसको परिणाम स्वरूप   समाज डुब्दै छ।  संयुक्त राष्ट्र संघले यसै विषयलाई ध्यानमा  राख्दै बर्ष  1994  मा 15 मई को दिन विश्व परिवार दिवस मनाउने  निर्णय लिएको थियो।समाजमा मा परिवारको  महत्वलाई जनतासम्म पुरयाउन सकियोस भनेर यो निर्णय लिइएको थियो। हुनत भारतमा एकल परिवार अहिले त्यति फैलिएको छैन, आज पनि भारतमा यस्ता धेरै परिवार छन जसको धेरै पुस्ता एकैसाथ बस्तै आएको छ र पाइला पाइलामा साथ दिनेगरेको छ तर महानगरहरूमा स्थिति विस्तारै बिग्रिन्दैछ। आशा गरौ आजको दिनले समाजमा  परिवारको  महत्व फेरी बढनेछ र अनि एकैसाथ बस्दा परिवार साथै समाजलाई पनि फाइदा हुनेकुरामा जागरुकता फैलिनेछ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद