देशका सबै नागरिक हवाई अड्डाहरूमा विमानहरूको ल्याण्डिङमा सहयोग गर्नका लागि सीएसआईआर र आईएमडीमा समझौता



सीएसआईआर नेशनल एयरोस्‍पेस लेबोरेट्रीज (सीएसआईआर-एनएएल) बंगलोर  र भारतीय मौसम विज्ञान विभाग (आईएमडी) द्वारा विमानन सुरक्षाको  क्षेत्रमा  महत्‍वपूर्ण उप‍लब्धि हासिल गरिएको छ। दुवैले दृष्टि प्रणालीको संयुक्‍त उत्‍पादनका लागि भागीदारी समझौतामा  हस्‍ताक्षर गरेका छन। यो  कम दृष्‍यताको  स्थितिमा विमानलाई सुरक्षित उतरने र उड़ान भर्नका लागि  महत्‍वपूर्ण मार्गदर्शन हो, जसलाई रनवेको दृष्‍यता श्रेणीको मूल्‍याङकन गर्नका लागि  उन्‍नत उपकरण मानिन्छ।  यो अनुबन्ध प्रौद्यागिकी स्‍वदेशीकरण गर्नका लागि दुइ  सरकारी उपक्रमहरूमा सहयोगको अदान प्रदान गर्ने राम्रो उदाहरण हो। यसअघि यस प्रौद्योगिकीमा केही विकसित देशहरूको मात्र आधिपत्‍य थियो। यस परिष्‍कृत उपकरणको देशमा  उत्‍पादनले  विदेशी मुद्राको मात्र बचत ऩभएर देश उन्‍नत प्रौद्यगिकीको क्षेत्रमा पनि आत्‍मनिर्भर हुनेकुरा स्पष्ट भएको छ। यस समझौतामा  सीएसआईआर नेशनल एयरोस्‍पेस लेबोरेट्रीज (सीएसआईआर-एनएएल) का निदेशक डा. श्‍याम चेट्टी र भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का महानिदेशक डा. एल. एस. राठौरले हस्‍ताक्षर गरेका छन।यस समझौतामा विभिन्‍न मौसम विज्ञान संबंधी सेंसरहरूको आगामी विकासका लागि अनुसंधान र विकास गतिविधिहरूलाई व्‍यापक श्रेणी शामेल छ।  यो अनुबंधले देशको विभिन्‍न हवाईअड्डाहरू जहाँ आईएमडी वैमानिक मौसम विज्ञान संबंधी सेवा उपलब्‍ध छ त्यहाँ दृष्टि प्रणालीको  परिचालन संबंधी तैनातीको  मार्गलाई प्रशस्‍त गर्दछ। दुवै संगठनहरूद्वारा देशका विभिन्‍न हवाईअड्डाहरूमा  लगभग 70 यस्ता प्रणालिहरू स्‍थापित गर्नका लागि  एक वृहत  परियोजना चलाउने योजना छ।     दृष्टि ट्रांसमिसोमीटर दृष्‍यता मापन गर्ने एउटा आफ्नै किसिमको एक नवीन र स्‍वदेशी उत्‍पाद प्रणाली हो। जसलाई सीएसआईआरएनएएल द्वारा डिजाइन र विकसित गरिएको हो ।यसद्वारा कम्तिमा  अधिकतम दृष्‍यता (25 देखि 2000 मीटर सम्म) को व्‍यापक श्रेणीमा  पायलटलाई  विमानलाई सुरक्षित उतारने र उड़ान भर्नमा सहयोग प्राप्त हुनेछ।  अंतर्राष्‍ट्रीय नागर विमानन संगठन (आईसीएओ) र विश्‍व मौसम विज्ञान संगठन (डब्‍ल्‍यूएमओ) का  अनुसार यो किफायती उत्‍पाद सबै  हवाई अड्डाहरूमा  लगाउनु पर्ने  आवश्‍यक प्रणाली हो। सात दृष्टि प्रणालिले  तीन अंतर्राष्‍ट्रीय हवाई अड्डाहरू-चौधरी चरण सिंह अंतर्राष्‍ट्रीय हवाई अड्डा लखनऊमा बिगत  तीन वर्षदेखि र नेताजी सुभाष चंद्र बोस हवाई अड्डामा पर बिगत  डेढ़ वर्षदेखि कार्य गरिरहेको छ।  पाँच प्रणालियहरू देशको  सबैभन्दा ठुले केट आईआईआईबी हवाई अड्डा अर्थात इंदिरागांधी अंतर्राष्‍ट्रीय हवाई अड्डामा विगत दुइ वर्ष देखि  कार्य गरि रहेको छ । वेब युक्‍त स्‍वास्‍थ्‍य निगरानी, डाटासम्म पुर्याउने र रख-रखावका लागि  देशको कुनै पनि  स्‍थानदेखि  प्रणालीको  रिमोट कंट्रोल हुनु यस उन्‍नत प्रणालीको  महत्‍वपूर्ण विशेषताएं रहेको छ। डिजाइनमा  वर्चूअल इन्स्ट्रमेन्टेशन अवधारणालो यसको सर्विसिंगको मोड्युलर इलेक्‍ट्रॉनिक्‍स द्वारा उपभोक्‍तालाइ  अनुकूल र लागत प्रभावी बनाइएको छ। दृष्टिलाई  2013-14 को अवधिमा  राष्‍ट्रीय अनुसंधान विकास निगम (एनआरडीसी) इंस्टिटूशन ऑफ इलेक्‍ट्रॉनिक्‍स एंड टेलिकम्‍युनिकेशन इंजीनियर्स (आईईटीई) इंडिया र इंडियन इलेक्‍ट्रॉनिक्‍स एंड सेमिकंडक्‍टर एसो. (आईईएसए) द्वारा अनेक प्रतिष्ठित पुरस्‍कार प्रदान गरिएको छ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद