कार्यसंस्कृतिको निष्पादन आवश्यक




सिक्किमको विकास र प्रगतिका निम्ति धेरै दिनदेखि केही विषयमा सुधार गर्नुपर्ने आवश्यकता देखिन्दैथियो, अनि यिनै आवश्यकता मध्ये एउटा विषय हो, सरकारी कार्यालयहरूमा कार्य संस्कारको विकास। सरकारी कार्यालयमा अधिकारी र कर्मचारीको अनियमित उपस्थितिले साधारण जनता कार्यालयमा गएर एकै दिनमा काम गरेर फर्किने विषय अझ पनि आकाशकै फल मानिन्छ्। यसै पनि शहरी क्षेत्रमा भएका कार्यालयमा ट्राफिकको समस्या देखाएर 12 बजेभन्दा अघि कार्यालयमा उपस्थित नहुने अनि आफुभन्दा माथिको अधिकारी नभए 3 बजे भन्दा अधिक समयसम्म पनि बस्न नसक्ने अधिकारी र कर्मचारीको संख्या पनि बढदो छ। मुख्यमन्त्री नहुँदा विभागीय प्रमुख नै कार्यालयमा नहुने अनि आज त बुढो छैन भनेर तल्लोदर्जाका कर्मचारीसम्म मेहे बिनाको दाई हुनाले सरकारी कार्यालयमा जनताको कति काम हुन्छ त्यो कल्पना गर्न सकिन्छ। केही दिन अघि पाकिम महकुमा कार्यालमा विहान 11 बजेसम्म पनि अधिकारी र कर्मचारी नभएको कुरा सोसियल मिडियामा आएको थियो।
 सरकारी कार्यालयमा कार्य संस्कृति जनतामा खट्किएको विषय हो। एकातिर सिक्किमका कर्मचारीले देशका अन्य राज्यहरूको तुलनामा धेरै वेतन पाउँछन् भन्ने कुरालाई कसैले नकार्न सक्दैनन् अनि अर्कातिर कर्मचारीबाट अपेक्षा गरिएअनुसार सेवा जनताले लिनसक्दैनन् वा पाउदैनन्।  दुखलाग्दो विषय त के छ भने, सरकारी कार्यालयमा व्यक्तिको पहिरन वा व्याकित्व हेरेर नै उसको काम हुन्छ। यो दुखद् दृश्य सरकारी अस्पतालमा अधिक देख्न पाइन्छ। खैर, ग्राम विकास केन्द्रहरूको स्थापनाले जनताले धेरै सास फेर्ने मौका पाएका छन्। सरकारले कार्यालयमा कार्यसंस्कारको अभावमा ध्यान नदिएको पनि होइन। विभागका अधिकारीहरूले अप्रत्यक्ष रूपमा कार्य संस्कारको अध्यायन गर्ने अवसर पनि नपाएको होइन। समय-समयमा अधिकारी वर्गलाई विकसित राष्ट्रहरूको भ्रमण पनि गराउँदै आएको छ। तर, परिणाम हात्तीको कथा जस्तो भएको छ।
सरकारी स्कूलको कुरा अझ गम्भीर छ। हिसाब गर्दा धेरैजसो स्कूल वर्षमा 150 दिन पनि लाग्छ के भन्ने प्रश्न गम्भीर छ। अझ निजी स्कुलमा बढदो मनोपलीले राज्यमा अहिले शिक्षामा सामान्तवादको उदय त भइरहेको छैन् भन्ने प्रश्न पनि उतिकै गहन र गम्भीर हुँदैछ। राज्यमा निजी स्कुललाई नियन्त्रण गर्ने नियम फ्यातुलो भएको कारण पनि मनोपली बढिरहेको छ। शान्ति र सुरक्षाको दृष्टिले सिक्किम राज्यमा शिक्षालाई उद्योगका रूपमा बिस्तार गरेर नाफा कमाउने तर शिक्षाको गुणस्तर र मानकलाई ध्यान नदिने प्रथा पनि बढदो गतिमा भएको देखिन्छ। वास्तवमा निजी स्कुलका निम्ति नियम फ्यातुलो भएको कारण पनि मनोपलि बढिरहेको हो। यस विषयमा सरकार, संस्था र प्राज्ञिकहरूले अघी आएर प्रास्ताव र नीति निर्माणमा सहयोग पुर्याउन आवश्यक देखिएको छ। अहिले सरकारले कर्मचारी र स्कूलको कार्यालय र कार्य दिवसमा 12 दिन भए पनि   बढाउने प्रयास गरेको छ। सरकारी कार्यालय र स्कूलबाट जुन अपेक्षा गरिन्छ, त्यो संभव नहुनुमा प्रथम दायित्व स्कूलकै हुन्छ। आखिर, घरबाट बाहिर निस्किए पछि संस्कार, संस्कृति, अनुसाशन र सामाजिक र नैतिक शिक्षा, देश प्रेम, राष्ट्रभक्ति सबै कुरा स्कूलबाटनै सिक्न सकिन्छ। जब यस्ता महत्वपर्ण संस्थानहरूनै अनुशासनहीनता भए देश त के समाजले नै प्रगति गर्ला?


Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद