राज्यमा स्वचालित 145 मौसम स्टेशन बनाउने काम शुरु
जलपाइगढ़ी, 24 अप्रेल ।
पश्चिम
बङ्गाल
कृषि विभागले मौसम परिवर्तन मामिलाको जानकारीको निम्ति राज्यका विभिन्न इलाकाहरूमा पूर्णतः आधुनिक तथा स्वचालित 145 मौसम
स्टेशनहरू बनाउने काम शुरु गरेको छ। सम्पूर्ण देशमा कुनै राज्यमा यति ठूलो मौसम स्टेशन नभएको विभागका अधिकारीहरूको दावी छ । पश्चिम बङ्गालमा
नै पहिलोचोटि यति ठूलो मौसम स्टेशन चालू हुन गइरहेको छ। यसैबीच कतिपय मौसम स्टेशनहरू स्थापनाको काम पूरा भएको छ। मौसम लगातार बद्लिरहेको छ। यद्यपि कृषि विभागको मौसम विभागसित स्वयं आफ्नो कुनै आधुनिक स्वचालित मशीन छैन। धेरै पुरानो मशीनद्वारा विभागे काम चलाउनु परिरहेको छ।
पूर्णतः
स्वचालित प्रक्रियाले मौसमको निर्धारण भयो भने धेरै सुविधा हुने विभागीय अधिकारीहरूको दावी छ, । यसले
किसानहरूलाई पूर्वाभास बताउन र खेतीको
प्रक्रियामा पनि सुविधा हुनेछ। कृषि राज्य मन्त्री बेचाराम मन्नाले बताएअनुसार, वर्तमानमा जुन मौसम स्टेशन छ, त्यो
धेरै पुरानो छ। आधुनिक तक्निकले युक्त पूर्णतः आधुनिक तथा स्वचालित मौसम स्टेशन बनाउने काम धमाधम चलिरहेको छ। विभागीय निर्देशानुसार उत्तर बङ्गालका
छःवटा जिल्लाका 39 वटा
इलाकाहरूमा स्वचालित मौसम स्टेशनको स्थापनाको काम तीव्र गतिले चलिरहेको बारेमा कृषि विभागका उत्तर बङ्गालका
अतिरिक्त निदेशक सत्य रञ्जन विश्वासले बताए,छन।जलपाइगढ़ी
जिल्लाका फसल रक्षा अधिकारी तपन कुमार सरकारअनुसार, स्वचालित मौसम स्टेशनको स्थापनाको काम राम्ररी पूरा हुनसाथै फलदायक प्रमाणित भयो भने मौसम र कृषिमा
सफलता प्राप्त हुनेछ। मौसमको नयॉं सूचनाको आधारमा किसानहरूलाई परामर्श दिइनेछ। यसले मौसम अनुसारको फसलको बीमा क्षेत्रमा किसानहरू लाभान्वित हुनेछन्।
विभागीय सूत्रअनुसार, राज्यका सबै जिल्लाहरूमा ब्लकका कृषि फार्महरूमा मौसम स्टेशन छ। यस स्टेशनबाट वर्षा, तापमान
र आर्द्रताको
परिमाप प्राप्त हुन्छ। यद्यपि धेरै जस्तो स्टेशन खराब भएको छ। यसकारण काम ठीकसँगले हुन सक्दैन। त्यसको निम्ति केन्द्र सरकारको राष्ट्रिय कृषि योजनाको धनद्वारा कृषि विभागले सम्बद्ध मौसम स्टेशनहरूलाई आधुनिक गर्ने काम शुरु गरेको छ।त्यसैको आधारमा कृषि विभागका अधिकारीहरूले मौसम स्टेशन तयार गर्ने काम शुरु गर्नको निम्ति सबै जिल्लाहरूलाई निर्देश पठाएका छन्।
त्यसै अनुसार राज्यका विभिन्न जिल्लाका 145 इलाकाहरूमा
स्वचालित मौसम स्टेशनको स्थापनाको काम प्रारम्भ गरिएको छ। नयॉं स्टेशनको कार्यप्रणालीमा, पुरानो सिस्टम अन्तर्गत दिनमा दुइपल्ट तापमात्रा प्राप्त हुनथ्यो, तर
नयॉं सिस्टम अन्तर्गत प्रति घण्टा मौसम सम्बन्धी जानकारी प्राप्त हुनेछ। त्यस स्टेशनबाट अटोमेटिक रूपले कम्प्यूटर सर्वरमा मौसम सम्बन्धी सूचनाहरू अपलोड हुँदै जानेछ। यसले सूर्योदय, सूर्यास्त, वर्षा, आर्द्रता, हावाका गतिविधिहरू तथा दिनको सर्वाधिक र सर्वनिम्न
तापमान आदि सूचनाहरु क्षणभरमा प्राप्त हुनेछ। विभागीय अधिकारीले सबै सूचनाहरू इण्टरनेटमा हेर्न सक्नेछन्।
फुटबल जस्तै डल्लो पार्न मिल्ने कार
ईण्डोनेशियाका एक आटिरस्टले फुटबल जस्तो डल्लो पार्न मिल्ने कार तयार पारेका
छन । ईण्डोनेशियाका ५० बर्षिय ईचवान नुरले १९५३ मोडल फक्सवेगन बीटललाई फोल्ड गर्न
मिल्ने गरि तयार पारेका हुन उनले एक पुरानो कारलाई गजब तरिकाले संशोधन गर्दै फुटबल
जस्तो देखिने बनाएका छन । कारलाई रिवेप गरेर दुरुस्तै बल जस्तो देखिने बनाईएको छ ।
प्रयोगकर्ताले आवस्यकता नपरेको बेला कारलाई फोल्ड गरेर बल जस्तो बनाएर राख्न
सक्नेछन । नुरले बीटलको सबै पार्ट्सको प्रयोग गरेर कार
तयार पारेका हुन । तर उनले पार्ट्सलाई एक अर्कामा जोड्न कपडा र एल्मुनियमको प्रयोग
गरेका छन
भारतमा दश करोडले फेसबुक प्रयोग गर्छन
एउटा अध्ययनअनुसार भारतमा दश करोड नगरिकले फेसबुकको प्रयोग गर्ने गर्दछन् । यस
अध्ययनले भारत फेस बुकको प्रयोगमा संयुक्त राज्य अमेरिकापछिको दोस्रो ठूलो फेसबुक
प्रयोगकर्ता देश बनेको दाबी गरेको छ। फेसबुक कम्पनीले हालैमात्र गरेको यस
सर्वेक्षणमा सो तथ्य भेटिएको हो। यसलाई ठूलो उपलब्धिका रुपमा लिइएको सो कम्पनीले
जनाएको छ।भारतमा मोबाइल फोनको बजार विस्तार भइरहेको र इन्टरनेटको सुविधा पनि
पर्याप्त एवम् पहुँचयोग्य भएकोले पनि फेसबुकका प्रयोगकर्ताको सङ्ख्या बढेको
बताइएको छ ।भारतमा कम्तीमा पनि एक अर्ब दुई करोड नागरिकमा इन्टरनेटको पहुँच पुगेको
छ। भारतमा इन्टरनेट सेवा भरपर्दो रहेको पनि बताइएको छ । यही रफ्तारमा भारतीयहरुले फेसबुक प्रायोग गरेभने
वर्षदिन मात्र पछि भारतीयहरु सबैभन्दा बढी फेसबुक प्रयोग गर्ने देशका रुपमा आउने
सो सर्वेक्षणले देखाएको छ। वर्ष 2015 मा करिब
१५ करोड भारतीयहरुले फेसबुकको प्रयोग गर्ने अनुमान गरिएको छ ।विश्वमा फेसबुकका
प्रयोगकर्ता एक अर्ब २३ करोड रहेका छन् । फेसबुकले भारतलाई यस व्यवसायको एक
महत्वपूर्ण स्थानका रुपमा हेरेको छ ।तर जनसङ्ख्याका हिसाबले विश्वको सबैभन्दा ठूलो
देश चीनमा भने सन् २००९ देखि नै फेसबुकको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।त्यसैगरी
रसियामा पनि यसको फेसबुकको बजार त्यति राम्रोसँग विस्तारित हुन सकिरहेको छैन ।
भारतमा फेसबुकको प्रयोग निकै लोकप्रिय भइरहेको छ । चार वर्षमात्र अघि भारतको
हैदरावादमा यसको प्रयोगमा सुरु भएको हो ।त्यस वर्षमात्र त्यहाँ ८० लाख प्रयोगकर्ता
भएका थिए । चार वर्षको अन्तरमा नै यसरी यसका प्रयोगकर्ता बढेका हुन् ।
नाडीलाई अपग्रेड गर्नुहोस्, अब आयो ‘स्मार्टवाच’को जमाना -
प्रबिधि दुनियाँमा आजकल ‘स्मार्ट कल्चर’ भित्रिएको छ ।
स्मार्टफोनबाट सुरु भएको यो कल्चर अहिले स्मार्ट टीभी, स्मार्ट जुत्ता हुँदै स्मार्ट वाचसम्म फैलिइसकेको छ ।सन् २०१७ सम्ममा
स्मार्टफोनको सट्टा ‘स्मार्ट वेयर’ दबदबा बढ्ने भन्दै ठूला
कम्पनीहरु स्मार्ट वेयरको उत्पादनमा तल्लिन छन् । एकाध बर्षअघि मात्र सुरु भएको
स्मार्टवाचको कल्चरमा अब सवैजसो मुख्य टेक कम्पनीको प्रतिस्पर्धा गर्दैछन् ।
............नाडीमा लगाउने घडीको काम अब समय दिनेमा मात्र सिमित रहेन् ।
स्मार्टफोन झैं टच गरेर चलाउने मिल्ने स्मार्टवाचमा तपाईको मोबाइलमा आएका एसएमएस, इमेल र नोटिफिकेसन जानकारी दिने, तपाईको स्वास्थ्यमा
निगरानी राख्ने लगायतका धेरै काम हुन्छन् । फोन डायल गर्ने, रिसिभ गर्ने, तस्वीर खिच्ने मात्रै हैन टीभीको रिमोट कन्ट्रोलको
काम पनि यिनै घडीले गर्छन्।निर्माता कम्पनिले स्मार्टवाचलाई मात्र घडीका रुपमा नभएर एक्टीभीटी
ट्रयाकर अर्थात तपाईका गतिबिधिमाथि निगरानी राख्ने र सूचना दिने एकद्वारका रुपमा
बिकाश गरेका छन् । बजारमा हाल उपलब्ध सवैखाले स्मार्टवाचको बिशेषता भनेको कुनै न
कुनै रुपमा यी तपाईको मोबाइलसँग कनेक्टेड हुन्छन् । स्मार्टवाच बिकाशको सुरुवाती
चरणतिरै भएकाले अहिले यसमा धेरै ठूलो प्रतिस्पर्धा भइसकेको छैन् ।
लेक्ज्याण्डर ग्राहम बेलको संक्षिप्त परिचय
(Alexander Graham Bell) (३ मार्च, १८४७ – २ अगस्ट, १९२२-लाई सारा दुनिया सामान्यतया टेलीफोनका आविष्कारकका
रूपमा नैं ज्यादा जान्दछ। धेरै कम मान्छे नैं यो जान्दछन् कि ग्राहम बेलले न केवल
टेलीफोन, बल्कि कम्युनिकेशन
टेक्नोलजीका क्षेत्रमा धेरैमा पनि उपयोगी आविष्कार गरे छन्। तीब्र गतिमा तथ्याङ्क
पठाउन मिल्ने अप्टिकल फाइबरको चलनमा प्रयोग गरिने -अप्टिकल-फाइबर सिस्टम, फोटोफोन, बेल र डेसिबॅल यूनिट, मेटल-डिटेक्टर आदिका आविष्कारकहरूको श्रेय पनि तिनलाईनैं जान्छ। यी सबै यस्तो
प्रविधीमा आधारित छन्, जो ऩभए
संचार-क्रंतिको कल्पना पनि गर्न सकिन्न।ग्राहम बेलको जन्म स्कटल्याण्डको
एडिनबर्गमा ३ मार्च सन १८४७ मा भएको थियो। उनी विलक्षण प्रतिभाका धनी थिए।ग्राहम
बेलको विलक्षण प्रतिभाको अन्दाज यस कुराबाट लगाउ सकिन्छ कि उनी मात्र तेरह वर्षका
उमेरमा नैं ग्रेजुएट भएका थिए। यो पनि एकदम आश्चर्यको कुरा हो कि उनी केवल सोह्र
वर्षको उमेरमै एक राम्रो म्यूजिक टीचरका रूपमा प्रसिद्ध भएका थिए।भनिन्छ, ग्राहम
बेललाई आमाको बहिरोपनाले बाटो देखायो अपाङगता कुनै पनि व्यक्तिको लागि एक
अभिशापभन्दा कम हुँदैन, तर ग्राहम बेलले
अपङगतालाई अभिशाप बन्न दिएनन्। खासगरि, ग्राहम बेलकी आमा बहिरी थिइन्। आमाका सुन्नमा असमर्थताबाट ग्राहम बेल एकदम
दुखी र निराश रहन्थे, तर आफ्नो
निराशालाई उनीहरूले कहिल्यै आफ्नो सफलताको बाटोमा रोकावट बन्न दिएनन्। उनले आफ्नो
निराशालाई एक सकारात्मक मोड दिन नैं राम्रो बुझे। यही कारण थियो कि उनी ध्वनि
विज्ञानको मददबाट नसुन्ने मानिसहरूको लागि यस्तो यन्त्र बनाउनमा सफल भए, जुन आज पनि बहिरा मानिसहरूको लागि कुनै वरदान
भन्दा कम छैन।
ग्राहम बेलको बधिरहरूसित खास लगाव थियो। ग्राहम बेलले आफ्नो पूरा जीवन कान
नसुन्ने अर्थात बधिर मानिसहरूको लागि कार्य गर्नमा लागाएका थिए भन्दा अन्यथा
नहोला। उनको आमा त बधिर थिइन नै,ग्राहम बेलकि
पत्नी र उनका एक खास मित्र पनि सुन्नमा असमर्थ थिए। किन कि उनीहरूले शुरूबाट नैं
यस्तो मानिसहरूको तकलीफलाई एकदम नजीकबाट महसूस गरेका थिए, यसैले तिनको जीवनको राम्रोपनको लागि र केही गरेर जानु पर्दछ भन्ने कुरालाई उनी राम्रो ढंगबाट सम्झिन सक्थे। हुन सक्दछ कि शायद आफ्नो जीवनको यहि खास परिस्थितिहरूका
कारणबाट ग्राहम बेल टेलीफोनका आविष्कारमा सफल हुन पाए।ग्राहम बेललाई आविष्कारहरूका
जनक भन्ने गरिन्छ,ग्राहम बेल बाल्यकालबाट नैं ध्वनि विज्ञानमा गहिरो चासो राख्थे,
त्यसैले लगभग २३ सालको उमेरमा नैं उनीहरूले एक
यस्तो पियानो बनाए, जसको मधुर आवाज
एकदम टाढासम्म सुनी जान सक्थो। केही समयसम्म उनी स्पीच टेक्नोलजी विषयका टीचर पनि
रहे थिए। यस बेला पनि उनीहरूले आफ्नो प्रयास जारी राखयो र एक यस्तो यन्त्रलाई
बनाउनमा सफल भए, जुन म्यूजिकल
नोट्स पठाउन मात्र सक्षम थिएन कि आर्टिकुलेट स्पीच पनि दिन सक्थ्यो। यो नै
टेलीफोनको सबै भन्दा पुरानो मोडेल थियो।
Comments
Post a Comment