प्रौद्योगिकी विकास बोर्डले राष्ट्रीय प्रौद्योगिकी दिवस 2014 मनायो



भारत सरकारको  विज्ञान एवं  प्रौद्योगिकी मंत्रालयको  वैधानिक इकाई प्रौद्योगिकी विकास बोर्डले 11 मईको दिन नयाँ दिल्लीमा  राष्ट्रीय प्रौद्योगिकी दिवस 2014 मनायो। विज्ञान एवं  प्रौदयोगिकी विभागका सचिव प्रोफेसर के.विजय राघवनले  समारोहको   अध्यक्षता गरेका थिए। यसमा  प्रोफेसर अशोक झुझुनवालाले  मुख्य अतिथिका रूपमा  विज्ञान एवं  नवोन्मेषी विषयमा  प्रमुख भाषण दिएका थिए।  उनले आफ्नो सम्बोधनमा  नवोन्मेषी र प्रौद्योगिकीको महत्वमा  जोर दिदै यसबाट केवल मानिसको समस्याहरूको हल मात्र ऩभएर  असमानता दूर गर्न अझ धेरै  अवसर प्रदान गर्नुमा सहयोग प्राप्त हुनेछ भने।उनले भने  एटीएम मशीनहरू, मोबाइल फोन र एप्सले मानिसको जीवनमा ठुलो परिवर्तन ल्याएको छ।प्रोफेसर झुझुनवालाले जोर दिदै भने  नवोन्मेष र प्रौद्योगिकीले ठुलोभन्दा ठुलो समस्याको समाधान निकाल्न सक्छ।उनले  शिक्षा र बिजुलीको  कमीका मुद्दाहरूको उल्लेख गर्दै भने प्रौद्योगिकी र नवीनताबाट सबै  शिक्षाको स्तरमा सुधार ल्याउन सकिन्छ। उनले भने  घरमा  डीसी पावर बाहेक  लाइन प्रदान गर्न, एलईडी बल्बको उपयोग र डीसी पावरबाट चल्ने पंखा र उपकरणहरूबाट  बिजुलीको कमी दूर गर्न सकिन्छ ।आईआईटी मद्रासले यस बारेमा  प्रयोग गरेको छ र  चार दक्षिणी राज्य यसलाई अपनाउने कुरामा  सहमत भएका छन। प्रौद्योगिकी विकास बोर्डका  सचिव डा इंद्रजीत सिंहले भने, बोर्ड स्वदेशी प्रौद्योगिकि व्यवसायिकका निम्ति सहयोगी रहेको छ। स्मरण गराइन्छ,11 मई 1998 मा  भारतले  सफलतापूर्वक पोखरणमा  परमाणु परीक्षण गरेको थियो।यसै दिन पहिलो स्वदेशी विमान हंसा-3 को पनि  सफल परीक्षण उड़ान गराउनमा सफलता प्राप्त भएको थियो। यसै दिन  त्रिशुल मिसाइलको परीक्षण पनि गरिएको थियो। यी  उपलब्धिहरूलाई ध्यानमा राख्दै  11 मईको दिन हरेक वर्ष राष्ट्रीय प्रौद्योगिकी दिवस मनाइने गरिन्छ। यस दिन प्रौद्योगिकी क्षेत्रमा   नवीन अनुसंधान र खोज अनि यसको सफल र व्यावसायिक प्रयोगका लागि  संबंधित हस्तिहरूलाई सम्मानित गरिन्छ । यस आयोजनको उद्देश्य  वैज्ञानिक उत्सुकता, प्रौद्योगिकी सृजनता र विज्ञान, समाज र उद्योगको सम्मिलनलाई बढ़ावा दिनु हो। 

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद