फखरुद्दीन अली अहमद


भारतका पाँचौ राष्ट्रपति फखरुद्दीन अली अहमदको  जन्म 13 मई, 1905 मा पुरानो दिल्लीको  हौज काजी इलाकामा भएको थियो। उनको पिताको नाम कर्नल जलनूर अली अहमद र बाजेको नाम खलीलुद्दीन अहमद थियो।  फखरुद्दीन अली अहमदका बाजे  गोलाघाट शहर नजिक  कदारीघाटका निवासी थिए जो असमको  शिवसागर  स्थित थियो। 1931 मा फखरुद्दीन अली अहमदले  अखिल भारतीय कांग्रेस पार्टीको प्राथमिक सदस्यता प्राप्त गरेका थिए। यहींबाट उनको राजनैतिक जीवन शुरू भयो।   1937 मा उनी असम बिधानसभामा सुरक्षित मुस्लिम सीटबाट  निर्वाचित भएका थिए। जवाहरलाल नेहरूको सल्लामा उनले  स्वतन्त्र उम्मेदवारका रूपमा  स्वयंलाई नामाङकित गरेका थिए। जवाहरलाल नेहरू, फखरुद्दीन अली अहमदको कार्यशीलताबाट धेरै प्रभावित थिए। 1964 देखि  1974  सम्म उनी कांग्रेस कार्य समिति र केन्द्रीय संसदीय बोर्डमा रहेका थिए। 1938 मा जब गोपीनाथ बारदोलोईको नेतृत्वमा असममा कांग्रेसको संयुक्त सरकार बनीयो तब फखरुद्दीन अली अहमदलाई  वित्त एवं राजस्व मंत्रालयको कार्यभार सुम्पिएको थियो।  सत्याग्रह आंदोलनमा  सक्रिय भूमिका निर्भाह गरेकोमा  अंग्रेजी सरकारले  फखरुद्दीन अहमदलाई  जेल पठाएको थियो। असम सीटबाट राज्यसभाको सदस्यता प्राप्त भएर उनी संसदमा पुगेका थिए। 1957 मा उनले  यू.एन.ओ मा  भारतीय शिष्टमन्डलको  नेतृत्व गरेका थिए। यसपछि  फखरुद्दीन अली असम विधानसभामा निर्वाचित भए र अफ्नो  कार्यकालमा वित्त, कानून र पञ्चायत विभागहरू संभालेका थिए। 1962 मा उनी पुन: असम विधानसभामा पुगेर उनलाई मन्त्रिमन्डलमा स्थान पनि प्राप्त भयो। 29 जनवरी, 1966 मा  प्रधानमन्त्री इन्दिरा गान्धीले  फखरुद्दीन अली अहमदलाई  संघीय मंत्रिमंडलमा सामेल गरेपछि उनलाई सिंचाई एवं ऊर्जा मंत्रालयको  कार्यभार कैबिनेट मंत्रीका  रूपमा प्राप्त भयो। यसरी  असम राज्यका कुनै  व्यक्ति पहिलोपल्ट  केन्द्रीय मन्त्री बन्नमा सफल भएका थिए। जब उनलाई  ‘यूनियन काउंसिल अफ़ मिनिस्टर्स’मा सामेल गरियो तब उनलाई आगामी छ महिनामा  संसदको कुनैपनि सदनको सदस्यता दिलाउनु पर्ने आवश्यकता थियो  अत: अप्रैल 1966 मा उनी राज्यसभामा  पुगे। उनले  शिक्षा मन्त्रीका  रूपमा  14 नवम्बर 1966 देखि  12 मार्च 1967 सम्म  कार्य गरेका थिए।  1971 को लोकसभा चुनाउमा उनी  बारपेटाको  सीटबाट  निर्वाचित भए। उनी  3 जुलाई, 1974 सम्म  खाद्य कृषि मन्त्रीकारूपमा सेवा दिदै गए र अन्ततह  25 अगस्त, 1974 मा फखरुद्दीन अली अहमदलाई  राष्ट्रपतिको पद प्राप्त भएको थियो। 

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद