मंगलमा पहिलो बस्ती बसाउन जानसक्छन 44 भारतीय
लन्दन
नीदरल्यान्डको एक संस्था 'मार्स-वान' ले 2024 मा मंगल ग्रहको एकतर्फी यात्राको आफ्नो योजनाका लागि 705 जना मानिसलाई चुनेको छ ,त्यसमध्ये 44 भारतीय छन। जहाँ 17 महिला सामेल रहेको बताईएको छ। यी व्याक्तिले अब मार्स-वानको एक सेलेक्शन कमिटी समक्ष इन्टरव्यू दिनुपर्नेछ। स्मरण गराइन्छ, मंगल ग्रहको यो यात्रा यात्रा अहिलेसम्मको सबैभन्दा जोखिमपुर्ण यात्रा पनि हो किनभने मंगल ग्रहमा पुग्ने यी मानिस धर्तीमा फर्किएर आउनेछैनन् त्यही नै बस्नेछन। यस संस्थाको योजना 2025 देखि मंगल ग्रहमा एउटा बस्ती बसाउनु रहेकोछ । मार्स वानका चीफ मेडिकल अफिसर नबर्ट क्राफ्टले उमेद्वारहरूको चयन दोस्रो चरण शुरू गर्नका लागि टीम उत्साहित भएको बताएका छन। यस राउंडमा उमेद्वारले आफ्नो ज्ञान, अनुकूलन क्षमता र व्यक्तित्वको परीक्षा दिनु पर्नेछ। मार्स-वानको योजना 2024 मा मंगल ग्रहमाचार उपनिवेश उतारने रहेको छ । मंगलमा बसाइने यस बस्तीका लागि विश्वका 2 लाख मानिसले आवेदन दिएका थिए। संस्थाले दोस्रो चरणका लागि लिए विश्वभरिबाट 418 पुरुषों र 287 महिलालाई चयन गरेको छ जहाँ 313 जना अमेरिका, 187 जनान यूरोप , 136 एशिया , 41 अफ्रीका र 28 ओसीनियाबाट सामेल छन।
Comments
Post a Comment