बर्षमा दुइपल्ट छायाले साथ छोडने

बर्षमा दुइ पल्ट

भनिन्छ छायाले कहिल्यै पनि साथ छोडदैन तर बर्षमा दुइ पल्ट यस्तो दिन आउछ जतिवेला केहि समयका लागि छायाले साथ छोडने गर्छ। गुजरातको  वडोदराबाट प्राप्त जानकारीका अनुसार छाया तब बन्ने गर्छ, जब प्रकाशका बीचमा कुनै वस्तु आउने गर्छ। यस्तो प्रकारले  सूर्यको प्रकाशबाट उत्पन्न भएको छाया  सूर्य पूर्वदेखि पश्चिमसम्म हिडदाखेरि पश्चिमदेखि पूर्वतर्फ झर्ने गर्छ। खगोलशास्त्री दिव्यदर्शन डा.पुरोहितका अनुसार, पृथ्वीदेखि 23.5 डिग्रीको झुकावका कारणले सूर्य 23.5 डिग्रीसम्म पुगेर फर्किआउछ।त्यस समय  विषुवृत्तदेखि कर्क वृत्तसम्म  सूर्य जादाँखेरिको समय र फर्किएर  कर्क वृत्तदेखि विषुवृत्तसम्म आएको समय वर्षमा दुइ पल्ट  ती दुवैका बीच आउने सबै वस्तुहरू अर्थात रूख , घर , गाड़ी सबैको छाया गायब हुन्छ तर  यो चम्तकार कर्कवृत्तदेखि माथि हुनेले देख्न सक्दैनन। दुइ र तीन जूनको दिन यो  स्थिति बनिन्छ।  पुरोहितअनुसार जब सूर्यको  देक्लिनेसन अर्थात आकाशीय ढलान हाम्रो  शहर या गाउँको लेटिट्युड अर्थात  अक्षांससित मेल खान्छ अनि  जब सूर्य शहरको  मध्यान्तर रेखामा आउछ तब  शहरको  साबै छाया दिउसो पुर्ण रूपमा गायब हुन्छ। पुरोहितले बताएअनुसार  आम धारणामा दिउसो  12 बजे यस्तो स्थिति बनिन्छ तर यो सत्य होइन।  जब शहर या गाउँको  मध्यान्तर रेखामा  सूर्य नारायण आउछन तब यस्तो हुन्छ। वड़ोदरामा यो  स्थिति दुइ र तीन जूनको दिन दिउसो 12.35 बजे बनिन्छ जबकि आठ र नौ जुलाईको दिउसो  12.42 बजे वड़ोदरामा यो  स्थिति बनिन्छ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद