चट्याङ -संकलन

चट्याङ के हो ? मानिसहरू चट्याङ पर्दा फलाम जस्तो चीज झर्छ भन्छन् के यो सत्य हो ?(थाहा पाउन पुरा पढ्नुस् 
चट्याङ भनेको एक प्रकारको विद्युतीय चार्ज हो । वास्तवमा वायुमण्डलको सबैभन्दा तल्लो तह ट्रोपोस्फेयरमा धनात्मक र ऋणात्मक चार्ज भएका बादलहरूबीचको घर्षण तथा तिनीहरूबीचको विकर्षण र खण्डीकरणका कारण ठूलो शक्ति उत्पत्र हुन्छ । जसबाट ताप, प्रकाश र ध्वनि वा गर्जन एकैसाथ निस्कन्छ । त्यसलाई हामी बिजुली चम्किएको, गर्जिएको वा चट्याङ
परेको भनेर बुझ्छौँ ।तर यसरी एकैसाथ ताप,प्रकाश अनि ध्वनी निस्कने भएपनि बिजुली चम्किएको केही छिन पछि मात्र गर्जन सुनिन्छ । कारण प्रकाशको गति ध्वनीको गतिभन्दा बढी हुन्छ यानकी प्रकाश ध्वनीभन्दा चाँडो दुगुर्छ । उदाहरणको लागि यदी तपाई रुख काट्दाको समयमा रुख काटेको ठाँउ नजिकै हुनुहुन्छ भने बन्चरोले रुखमा हानेकै समयमा ठ्याङ गरेको आवाज सुन्न सक्नुहुन्छ तर यदी तपाई अर्को डाँडा जहाँबाट रुख काटेको देखिन्छ,अनि हेर्नुस् बन्चरोले रुखमा हानेको केही बेरमा मात्र ठ्याङ गरेको सुनिन्छ ।
अव फेरा चट्याङ तिरनै लागौँ । यसरी विपरीत चार्जभएका बादलहरूबीचको प्रतिक्रिया वा घर्षणबाट हजारौँ डिग्री सेल्सियससम्म ताप उत्पत्र हुन्छ । सामान्य चट्याङको विद्युत् शक्तिसमेत एक अर्ब भोल्टसम्मको हुन्छ । बिजुली चम्कँदा उत्पत्र हुने ताप शक्ति सूर्यको सतहको तापक्रमभन्दा पाँच गुणा बढी हुन्छ । त्यो ठूलो तापीय र विद्युत् शक्तिको केही हिस्सा पृथ्वीसम्म आइपुग्यो भने पनि त्यसले ठूलो क्षति पुर्याउँछ ।
क्युमुलोनिम्बस नामको जलवाष्पयुक्त बादल नै चट्याङको मुख्य कारण हो । यसमा प्रसस्त मात्रामा विपरीत विद्युतीय
ध्रुवको निर्माणमा भने हावाहुरी, सौर्य विकिरण, जलचक्रको प्रक्रिया, आद्रताजस्ता प्रक्रियाले सहयोग पुर्याउँछन् । वाष्पीकरणका कारण जब ऊष्ण र आद्र हावा जोडसाथ माथि जान्छ र सेलाउँदै क्युमुलोनिम्बस बादल बन्छ । चट्याङ यही बादलबाट निस्कने ऊर्जाको उपज हो । यो वायुमण्डलमा देखिने बिजुलीको धार हो ।
चट्याङका बेला फलाम, मुसल वा त्यस्तै कुनै पदार्थ (जसलाई सामान्य बोलीचालीमा 'बज्र' भनिन्छ।) आकाशबाट झर्छ भत्रे परम्परागत सोचाइ हाम्रो गाउँघरमा छ, तर त्यस्तो धारणा सत्य होइन । चट्याङ पर्दा कुनै पदार्थ पृथ्वीमा खस्ने नभई ठूलो परिमाणको विद्युत् र तापशक्ति पृथ्वीमा आउँछ जसले सामुत्रेको जुनसुकै चिजलाई पनि नष्ट गर्न सक्छ । मोर्डन इन्स्टिट्युसन अफ एस्ट्रोनोमिकल साइन्स एण्ड रिसर्च सेन्टरको अनुसार ठुलो परिमाणको बिद्युत् बहन कुनै माध्यमको आवश्यकता पर्दैन तर बहनको क्रममा बाटोमा भेटीएका माध्यमको भने यसले उपयोग गर्छ ।फलस्वरुप यसको प्रत्यक्ष असर प्राय ठुलाठुला रुख मा पर्छ। बिद्युत् बगेको रुखले ठुलो परिमाणको बिद्युत् परिबहन सहन नसक्ने हुनाले यो चिरा पर्छ वा फुट्छ ।चट्याङले जमिन जोत्ने धारणा भने केही हदसम्म सत्य हो । चट्याङ सँगै आएको बिद्युत् शक्ति जमिनमा प्रवेश गर्ने क्रममा जमिनको सतहमा पृथ्वीमा भएको चार्ज र चट्याङको बिद्युतीय चार्जसँग प्रतिक्रिया हुन्छ र जमिनको थोरै सतही क्षेत्रफलमा उथलपुथल मच्चिन्छ र जमिन च्यात्तिएर चिरा पर्छ ।
माथी मैले पृथ्वीमा पनि चार्ज हुन्छ भनें । अब तपाइको मनमा जिज्ञासा उठ्न सक्छकी कस्तो चार्ज हुन्छ भनेर । पृथ्वीको दुई चुम्वकीय ध्रुव, दक्षिणी र उत्तरी ध्रुवको कारणले चार्ज उत्पादन भईरहेको हुन्छ । जव बिजुली चम्कन्छ तब पृथ्वीमा बहिरहेको चार्ज र चट्याङको बिद्युतीय चार्जको बीचमा आकर्षण पैदा हुन्छ । यसैकारण चट्याङ पर्दाको बिजुली उँभो नगइ जमिन तिरनै आउने गर्छ ।
सामान्यतया हावाहुरी, घना वर्षा वा हिमपातसँगै चट्याङ पर्छ, तर पनि कहिलेकाही वर्षापूर्व वा वर्षा नभै पनि चट्याङ पर्छ ।चट्याङका असर-

क्युमुलोनिम्बस बादमा हुने थन्डरस्ट्रोम प्रक्रियाको उपज हो चट्याङ । चट्याङ सँगै पृथ्वीको सतहमा रहेका भौतिक तथा जैविक वस्तुहरूमा क्षति पुग्ने त छँदैछ थन्डर स्ट्रोम प्रक्रियाका अरूधेरै असरहरू पनि छन् । ठूलो आवाजको गड्याङ गुडुङ मानिसलाई सुन्नका लागि पनि निकै डरलाग्दो हुन्छ भने जति धेरै आकाश गज्र्यो उति धेरै वषर्ा हुने गरेको पनि सबैले अनुभव गरेको कुरा हो । क्युमुलोनिम्बस बादलमा हुने थन्डरस्ट्रोम प्रकृयाले ठूलो हावाहुरी, आँधीवेहेरी, असिनापात, तथा टोर्नाडो, साइक्लोन जस्ता विनाशकारी आँधी समेत ल्याउने गर्छ । भुमध्यरेखिय क्षेत्रहरू तथा समुद्रकेा नजिक पर्ने क्षेत्रहरुमा चट्याङ सँगै यस्ता प्राकृतिक विपत्तिहरू आउने गर्छन् । त्यस्तै निकै ठूलो वषर्ा -क्लाउड ब्रस्ट) का कारण बाढी पहिरो जस्ता विपद पनि यही वायुमण्डलीय उर्जाका परिणति हुन् ।

चट्याङका फाइदा ः

आकाश गर्जने, विजुली चम्किने वा चट्याङ पर्ने प्रक्रिया हानीकारक मात्र होइन फाइदाजनक पनि हुन्छ । पर्यावरणीय सन्तुलनको लागि चट्याङ पर्ने बेलामा उत्पन्न हुने तापीय उर्जा निकै महत्वपूर्ण हुन्छ । आकाशमा विपरित चार्ज भएका बादलहरूबीचको घर्षणले जुन ठूलो मात्राको तापीय उर्जा उत्पन्न गर्छ त्यसले गराउने रासायनिक प्रतिक्रियाबाट उत्पन्न हुने पदार्थ वनस्पतीहरूका लाििग फाइदाजनक हुन्छ । वायुमण्डमा ग्यासको रूपमा रहेको ठूलो परिमाणको नाइट्रोजनलाई वनस्पतीले ग्रहण गर्नसक्ने खालको नाइट्रेटको रूपमा बदल्ने काम त्यही तापिय उर्जाले गर्छन । बिजुली चम्किँदा उत्पन्न भएको अत्यधिक तापक्रममा नाइट्रोजन ग्यास अक्सिजन ग्यास सँग मिलेर नाइट्रेट बन्दछ जुन पदार्थ वषर्ासँगै पृथ्वीमा आउँछ माटोमा मिल्दछ जसलाई विरुवाले मलको रुपमा लिन्छन् । त्यसकारण पनि गड्याङ गुडुङ् सहित परेको पानी मलिलो हुन्छ भन्ोर बुढापाकाले भन्ने गर्छन् । गड्याङगुडुङ् सहित परेको पानीले युरिया मलमा भएको जस्तै पोषण तत्व बोकेको हुन्छ त्यसैले बालीनाली वा बोटविरुवाका लागि यो निकै फाइदाजनक हुन्छ । त्यसकारण हाम्रा भौतिक संरचना वा जनधनको विनाश गर्ने रूपमा आएको चट्याङ हाननीकारक भएपनि जुन प्रक्रियाद्धारा चट्याङ पर्छ त्यो बोटविरुवा, बालीनाली वा अन्ततः हाम्रै लागि निकै फाइदाजनक र अत्यावश्यक छ । 
चट्याङबाट कसरी बच्ने
थन्डरस्ट्रोम प्रक्रियाद्धारा बिजुली चम्किने, चट्याङ पर्ने, गर्जन हुने, वषर्ा, हुरी वा आँधीबेहेरी हुने लगायतका प्रकोपहरु सिर्जना हुन्छन् । चट्याङ सबैभन्दा बढि भयानक प्रकोप मानिन्छ । हुनत चट्याङ पर्दा पृथ्वीमा आउने ताप र विद्युत उर्जा निकै छोटो समयसम्म मात्र रहन्छ तरपनि ठूलो परिमाणको उर्जा हुने भएकाले यो प्रलयकारी हुन्छ । चट्याङबाट मानिस, जिवजन्तुको मृत्यु हुने, हरिया रुखहरू समेत मर्ने समेत हुनसक्छ । भौतिक संरचनाहरूमा चट्याङ परेमा आगलागी हुने, विद्युत, टेलिफोन लगायतका पोल तथा स्टेशन समेत चट्याङको बढि जोखिममा हुन्छन् । चट्याङबाट बच्नको लागि 

चट्याङ एक प्राकृतिक प्रक्रियाको उपज हो । यसलाई रोक्न सकिन्न तर सावधानी अपनाउने हो भने यसले पुराउने क्षति केही मात्रामा रोक्न सकिन्छ ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद