लाल ग्रह

मंगलका बारेमा तिमिहरूले धेरै पढेका छौ होला.... मंगलमा जीवनको उपस्थिति बाहेक अरू धेरै कुरा छन अनि ति कुराहरू रोचक पनि छन। 
1. मंगललाई लाल ग्रह  पनि भनिन्छ किनभने मंगलमा माटोको लोहा खनिजमा मिलेर बसेको कारण वातावरण र माटो रातो वा लाल देखिन्छ।
2. मंगलका दुइ चन्द्रमा छन। यसको नाम  फ़ोबोस र डेमोस हो।. फ़ोबोस डेमोस भन्दा केही ठुलो छ।फ़ोबोस मंगलको सतहदेखि मात्र 6 हज़ार किलोमीटर माथि  परिक्रमा गर्दछ।
3. फ़ोबोस बिस्तारै  मंगल तर्फ  झुक्दै छ हरेक सौ वर्षमा यो मंगलतर्फ 1.8 मीटर झुक्ने गर्छ। यसले गर्दा  5 करोड़ सालपछि फ़ोबोस या त मंगलसित ठोकिन्छ अथवा फुटने उनुमान छ।अनि मंगलको चारै तर्फ एउटा रिङ बनाउनेछ।फ़ोबोसमा  गुरुत्वाकर्षण धरतीको गुरुत्वाकर्षणको एक हज़ारौ भाग छ .सम्झौ कि धरतीमा यदि  कुनै व्यक्तिको तौल 68 किलोग्राम छ भने फ़ोबोसमा त्यो केवल 68 ग्राम हुनेछ। मंगलमा पानी बरफका रूपमा ध्रुवहरूमा भएको मानिन्छ।
4. मानि लिउ सुर्य एउटा दरवाजा जति ठुलो छ भने धरती एउटा सिक्का जस्तै हुनेछ अनि मंगल एक एस्पिरीन ट्याबलेट जस्तै हुनेछ।
5. मंगलको एक दिन 24 घंटाभन्दा केही अधिक हुन्छ। मंगलले सूर्यको एक परिक्रमा धरतीको 687 दिनमा गर्दछ। अर्थात मंगलको एक वर्ष धरतीको  23 महीना बराबर हुन्छ।
6. मंगल र धरती लगभग  दुइ सालमा  एक अर्कामा सबैभन्दा नजिक हुन्छन, दुवै बिच त्यस समयको दुरी मात्र 5 करोड़ 60 लाख किलोमीटर हुन्छ।
7. मंगलमा  पानी बरफको रूपमा ध्रुवहरूमा पाइन्छ र  कल्पना गरिन्छ कि नुनिलो पानी पनि छ जो मंगलको  दोस्रो इलाकमा बगने गर्छ।
8. वैज्ञानिकहरूकाअनुसार  मंगलमा  करीब साढ़े तीन अरब वर्ष पहिला भयंकर बाढ़ आएको थियो।यद्धपि पानि कहाँबाट आएको थियो, कति समय सम्म रह्यो र कता गयो भन्ने कुरा कसैले पनि जान्दैन। 
9. मंगलमा  तापमान धेरै पनि हुनसक्छ र थोरै कम्ती पनि ।
10. मंगल एकमरूभुमि सरह छ यसकारण कोही मंगलमा जान चहान्छ भने पानि लिएर जानु पर्छ।
11. मंगलमा  ज्वालामुखी एकदमै ठुलो छ, मानिन्छ कि निष्क्रिय छ. मंगलमा जुन गहिर्याई छ त्यो गहिर्याई धरतीको सबैभन्दा ठुलो गहिर्याई भन्दा ठुलो।
12. मंगलको  गुरुत्वाकर्षण धरतीको गुरुत्वाकर्षणको एक तिहाई छ, यसको अर्थ के हुन्छ भने मंगलमा कुनै चट्टान यदि झर्यो भने  धरतीको तुलनामा एकदमै  धीमा गतिमा झर्छ।
13. मंगलको सतहमा  धूलोले भरिपुर्ण तूफ़ान आउने गर्छ कहिले काँही यो तुफानले सम्पुर्ण मंगललाई ढाक्ने गर्छ।
14. मंगलमा  वातावरणको दबाव धरतीको तुलनामा धेरै कम्ती छ यसकारण त्यहाँ जीवन धेरै कठिन छ।(स्रोत: नासा)

भारतको मंगल अभियान सफलतापूर्वक आरम्भ.................तिमिहरूलाई थाहछ......
 भारतले मंगलग्रहको आफ्नो पहिलो अभियान मङ्गलबार 5 नोभेम्बर 2013 को दिन  सफलतापूर्वक प्रक्षेपण गरेको छ । यो अभियान सफल भएमा भारत रातो ग्रहमा पुग्ने पहिलो एसियाली देश  हुनेछ र यसले न्यून 
लागतको अन्तरिक्ष प्रविधि प्रदर्शन गर्नेछ । भारतको दक्षिणी भागमा अवस्थित श्रीहरिकोटमा रहेको अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनुसार अपरान्ह २:३८ बजे यो  विमान प्रक्षेपण भएको थियो। रातो तथा कालो रङको उक्त विमान आकाशमा प्रवेश गर्दा टेलिभिजनमा प्रस्तोताले विमान प्रक्षेपण भएको बताएका थिए ।३५० टनको यो प्रक्षेपक विमानमा मानवविहीन  विमान पनि रहेको छ र यसको प्रक्षेपणलाई निकै तनाव अनुभव गरेका दर्जनौँ बैज्ञानिकहरूले अनुगमन गरिरहेका थिए । भारतले सन् १९६३ मा अन्तरिक्ष अभियान आरम्भ गरेपछि यो सबैभन्दा जटिल अभियान हो । भारतले यसअघि कहिल्यै अन्तरग्रह यात्राको प्रयास गरेको थिएन । मङ्गलग्रहका लागि हालसम्मका आधा अभियान असफल भएका छन् र सन् २०११ मा चीन तथा सन् २००३ मा जापानको अभियान असफल भएका थिए ।
तनावपूर्ण ४४ मिनेटपछि अन्तरिक्षयानले आफ्नो ३ सय दिनको यात्रा सफलतापूर्वक आरम्भ गरेको समाचार पाएपछि प्रशान्त क्षेत्रको दक्षिणी भागमा अवस्थित अनुगमन कक्षमा खुशी छाएको थियो । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (आईएसआरओ) का अध्यक्ष के. राधाकृष्णनले आफ्ना एक सहयात्रीको पीठमा धाप मार्दै रकेट पृथ्वीको कक्षमा स्थापना भएकोमा आफू निकै खुसी भएको बताएका थिए।मङ्गलको वरपर घुमने यस अभियानलाई भारतमा मङ्गलयान भनिएको छ र यसका विषयमा पन्ध्र महिना अगाडि मात्र प्रधानमन्त्री मनमोहन सिंहले घोषणा गर्नुभएको थियो । त्यसको केही समयअघि मात्र चीनको अभियानमा रकेट पृथ्वीको वातावरणबाटै बाहिर जान असफल भएको थियो ।हाम्रो देश भारतको स्वतन्त्रता दिवसको अवसरमा दिइएको भाषणमा प्रधानमन्त्री मनमोहन सिंहले घोषणा गर्नुभ भएको थियो।एउटा सानो गाडीको आकारमा रहेको र सुनौला रङको यस अभियानले मङ्गल ग्रहको वातावरणमा मिथेन ग्यास छ कि छैन भन्ने विषयमा अनुसन्धान गर्नेछ । यो विमान निकै छिटो तयार भएको छ र यसलाई अमेरिका तथा रसियाको भन्दा सानो रकेटमार्फत पृथ्वीको कक्षमा स्थापना गरिएको छ । पृथ्वीबाट सोझै प्रक्षेपण गर्दा आवश्यक पर्ने ऊर्जाको कमीका कारण यो विमान एक महिनासम्म पृथ्वीको चारैतिर घुमेको र  त्यसले यस अवधिमा पृथ्वीको गरुत्वाकषर्णबाट मुक्त हुन आवश्यक गति प्राप्तगरेको थियो।त्यसपछि मात्र यसले आफ्नो यात्राको दोस्रो चरण आरम्भ गरेको थियो र यसले भारतीय वैज्ञानिकहरूको परीक्षण लिएको थियो । भारतीय वैज्ञानिकहरूले पाँच वर्षअघि चन्द्रमामा चन्द्रयान पठाएका थिए । मङ्गल अभियानका लागि भारतले ४.५ अर्ब भारतीय रूपैयाँ अर्थात सात करोड ३० लाख अमेरिकी डलर बराबर खर्च गरेको छ । नासाले पनि यसै समय शुरू गरेको मङ्गल अभियानमा ४५ करोड ५० लाख अमेरिकी डलर खर्च गरेको थियो।नासाका मङ्गल अभियानका परियोजना वैज्ञानिक जो ग्रिबोस्कीले भारतले यति छिटै यो अभियान सञ्चालन गर्छ भन्ने आफूहरूले विश्वास नगरेको र यो सफल भएको बताएका थिए । उनले मङ्गलको घुमाइमा यो ग्रह पृथ्वीबाट पाँच करोड किलोमिटर देखि ४० करोड किलोमिटरको दुरीमा रहने र यसको परिक्रमा गर्ने कुरा चन्द्रअभियानको तुलनामा निकै जटिल भएको बताएका थिए।उनले चन्द्रमा निकै नजिक भएको र मङ्गलको परिक्रमा गर्दा त्यो नजिकै पुग्ने अवस्थाका बारेमा निकै ध्यान दिनुपने उल्लेख गरेका थिए। भारतको चन्द्रयानसँगको सम्पर्क सन् २००९ मा टुटेको छ भने सन् २०१० मा अर्को प्रक्षेपक यान पनि विस्फोट भएको थियो ।आइएसआरओ प्रविधिले भारतलाई भूउपग्रहका सहयोगबाट उसको मौसम तथा जलस्रोतको अनुगमन गर्न तथा दूर्गम क्षेत्रमा सञ्चार गर्न सहयोग गरी आर्थिक विकासमा सहयोग गरेको दाबी गरेको छ । बङगलौरमा केन्द्रीय कार्यालय रहेको यस संस्थामा १६ हजार कर्मचारी छन् र उनीहरूले आफ्नो रकेटसम्बन्धी प्रविधि भारतको क्षेप्यास्त्र कार्यक्रम सञ्चालन गर्ने प्रतिरक्षा निकायलाई उपलब्ध गराएका छन् ।अमेरिकाले मात्र मङ्गलको अनुसन्धान गर्न रोबोटिक यन्त्र पठाउन सफलता प्राप्त गरेको छ । उसको क्युरोसिटीले सन् २०१२ मा मङगललाई छोएको थियो । भारतको अभियानको प्रमुख लक्ष्य मङ्गलग्रहमा जीवनका लागि आवश्यक मिथेन ग्यास रहे÷नरहेको विषयमा अनुसन्धान गर्नु रहेको छ । क्युरोसिटीको अध्ययनमा त्यहाँको वातावरणमा थोरै मात्र मिथेर रहेको देखिएको छ ।भारतको अन्तरिक्ष वैज्ञानिक जितेन्द्रनाथ गोस्वामीले एक स्थानको मात्र मिथेनको खोजी पर्याप्त नहुने बताएका छन । नासाले नोभम्बर १८ मा माभेन अभियान प्रक्षेपण गरेको छ। यस संस्थाले आईएसआरओलाई सञ्चारमार्फत सहयोग गरिरहेको छ । मिथेनको बादल मङ्गलग्रहमा यसअघि पनि दूरबिनबाट देखिएको थियो । पृथ्वीमा मिथेन सूक्ष्म जीवाणुले उत्पादन गरेको देखिएको छ ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद