भुइँचालो सम्बन्धित विश्वासनीय पूर्व लक्षण-अनुवाद
साधारण मानिसका निम्ति भुइँचालो सम्बन्धित विश्वासनीय पूर्व लक्षण
अरूण बापात
असम राज्य आपदा प्रबन्धन प्राधिकरण
डिसपुर, असम
भारतको पूर्वोत्तर क्षेत्र भुकम्पको दृष्टिले धेरै सक्रिय छ र यस क्षेत्रले दुईवटा प्रमुख भुइँचालोको अनुभव गरिसकेको छ। यी दुइवटा भुइँचालो 12 जून, 1897 र 15 अगस्त, 1950 -मा आएको थियो। यी दुइ भुइँचालोको तीव्रता 8.5 रेक्टर स्केलभन्दा अधिक रहेको थियो। भुइँचालो एउटा प्राकृतिक प्रक्रिया हो र यसले कसैलाई मार्दैन। यद्यपि, मानव निर्मित भवनहरू भत्किँदा मानिसले ज्यान गुमाउँछन्। यदि हाम्रो घर भुइँचालो रोधी ढाँचामा निर्माण गरिए भुइँचालो आउँदा घर लड्दैन अनि थोरै क्षति हुन्छ। यद्यपि, भारतले वर्तमान शताब्दीको प्रथम दशकमा धेरै क्षतिको सामना गर्नु पर्यो। यो भुज (2011), अन्दमान (2004), कश्मिर (2005) को भुइँचालोमा धेरै क्षति भएको हो। यस विषयलाई ध्यानमा राख्दै भुइँचालोको स्थितिबारे साधारण मानिसलाई केही विश्वसनीय भुइँचालो सम्बन्धित पूर्व लक्षण र सुरक्षाका उपायबारे ज्ञान हुन आवश्यक छ। यहाँ प्रस्तुत विवरणमा साधारण मानिसको जीवन रक्षा गर्ने केही उपयोगी र महत्वपूर्ण विषयलाई समेटिएको छ। यहाँ प्रस्तुत गरिएको पूर्व लक्षणहरू मध्यमदेखि वृहत तीव्रताको भुइँचालोमा लागू हुँदैन। यसर्थ, 6.0 तीव्रतादेखि माथिका भुइँचालोहरूको यो पूर्व अनुमान मान्न सकिन्छ। यसप्रकारको पूर्व अनुमानद्वारा थोरै तीव्रताको अर्थात 6.0 तीव्रताभन्दा कम्तिको भुइँचालोको पूर्व लक्षण लागू हुँदैन।
भुइँचालोका विविध लक्षणहरू छन् र यसलाई 3 मुख्य भागमा विभाजित गर्न सकिन्छ। (क) लामो समय अवधि भुइँचालो आउनुभन्दा लगभग 3 देखि 10 वर्ष अघिको लक्षण, (ख) मध्यावधि पूर्व लक्षण ः भुइँचालोभन्दा 6 देखि 12 महिना, (ग) लघु अवधि पूर्व लक्षण ः भुइँचालोभन्दा एक वा दुई हप्ता र (घ) थोरै छोटो समयको पूर्व लक्षण ः भुइँचालोभन्दा 10 देखि 20 घण्टा। यस बुँदामा अन्तिम दुई पूर्व लक्षणबारेमा चर्चा गरिन्छ।
* भुइँचालोभन्दा केही दिन अथवा एक हप्ता अघि के-कस्ता लक्षण देखिन्छ?
* यस अवधिमा जलमा लक्षण देखिन्छ। भुइँचालो आउनुभन्दा 2 देखि 5 दिन अघि नदी, नाला-खोल्सा आदिमा जलस्तरमा आकस्मिक परिवर्तन आउँछ। यो परिवर्तन जलस्तर घट्न वा बढ्न सक्छ। नदीको स्थान र भौगोलिक समरचनामा यसको निर्भर हुन्छ। यद्यपि, परिवर्तन आकस्मिक वा अचानक हुन्छ।
* कुवाको पानी एकदेखि दुई मिटरको स्तरमा घट्छ। कुवामा अचानक हिलो बढ्छ र कुवाको फेददेखि बाहिर आइरहेको देखिन्छ।
* तपक्रम (गर्मी) को लक्षण, भुइँचालोभन्दा 3 देखि 6 दिनसम्ममा देखा पर्छ। स्थानीय क्षेत्रको तापक्रम साधारण तापक्रमभन्दा बढेर जान्छ। तापमान विषय सूचना स्थानीय समाचार पत्रको मौसम सम्बन्धित जानकारीमा उपलब्ध हुन्छ। यदि यो सूचना प्राप्त गर्न नसके भारतीय मौसम विभाग (आईएमडी) -को वेबसाइडबाट पनि प्राप्त गर्न सकिन्छ। साधारणतः तापक्रम बढ्दो क्रममा हुन्छ। उदाहरणका निम्ति पहिलो दिनको तापक्रम साधारण तापक्रमभन्दा 3 डिग्री बढ्नु, दोस्रो दिनको तापक्रम 4 देखि 5 डिग्रीसम्म बढ्नु अनि अन्तिम क्षणमा साधारण स्तरभन्दा 7 देखि 8 अथवा 9 देखि 11 डिग्रीसम्म तापक्रम बढ्न सक्छ। स्कूल र कलेजका विद्यार्थीले दैनिक तापक्रमको नियमित गति माप गर्दै अवस्थाहरूको अवलोकन गर्न सक्छन्।
* भुइँचालो सम्बन्धित विद्युत चुम्बकीय पूर्व लक्षणलाई भुइँचालोभन्दा 3 देखि 6 दिन अघि देख्न सकिन्छ। जमीनको चुम्बकीय गति घट्छ। यसले विद्युत-चुम्बकीय तरङ्ग ग्रहण गर्न, प्रसारण र फैलाउव घट्छ। यसको परिणामस्वरूप भुइँचालोको केन्द्र विन्दु क्षेत्रमा रेडियो तरङ्गको क्षमता घट्ने गर्छ। 3 देखि 5 दिन अघि नै बाधा सिर्जना भएको अनुमान गर्न सकिन्छ। उदाहरणका निम्ति यदि रेडियो स्टेशनले 1000 किलोहर्जमा कार्यक्रम प्रसारण गर्दैछ भने सोही रेडियो स्टेशनका कार्यक्रमहरू भुइँचालो आउने केन्द्र विन्दु परिसरमा 1100, 1200, 1300.... 1600, 1700 किलोहर्ज अथवा यसभन्दा माथि पुग्न सक्छ। यदि तय फ्रिक्योन्सीमा तपाईंको मनपर्दो स्टेशनबाट प्रसारण हुने कार्यक्रम सुन्न नसके आफ्नो फ्रिक्योन्सीलाई बढाएर कोशिश गर्दा तपाईंले आफ्नो रेडियो स्टेशनको कार्यक्रमलाई सुन्न सक्नु हुन्छ।
* भुइँचालोको केही घण्टा अघि के-कस्तो लक्षण देखिन्छ?
* विभिन्न विभागको बेतार सञ्चार बाधित हुन्छ र एक स्टेशनबाट अर्को स्टेशनमा पठाएको सन्देशलाई ग्रहण गर्नु असम्भव पनि हुनसक्छ। पुलिस, सरकारी तथा अन्य विभागले यसप्रकारको बाधालाई अनुभव गर्न सक्छन्। यदि भुइँचालोको तीव्रता केही ठूलो (7.0 अथवा यसभन्दा अधिक) छ भने त्यहाँ कुनै सञ्चार माध्यमले काम गर्दैन। यसलाई सञ्चार माध्यम अवरूद्ध भएको अनुभव मार्फत लिन सकिन्छ। भुइँचालोभन्दा 10 घण्टा अघि यो अवरुद्धको अनुभव गर्न सकिन्छ।
* भुइँचालोभन्दा 10 देखि 15 घण्टा अघि टेलिभिजनको कार्यक्रम बाधित बन्न पुग्छ अनि भुइँचालो नआएसम्म निरन्तर फ्रिक्योन्सीमा भादा हुने क्रम बढ्दो हुन्छ। यसप्रकारको बाधा विशेष केबल नेटवर्कभन्दा अधिक एनटेनाबाट प्राप्त गर्ने टेलिभिजन कार्यक्रममा देखिन्छ।
* भुइँचालोभन्दा 10 देखि 20 घण्टा अघि ल्याण्डलाइन टेलिफोन सेवामा व्यापक बाधा सिर्जना हुन्छ। विशेष ल्याण्डलाइनमा खर-खरको आवाज दोहोरिरहन्छ। यदि यस विषयमा टेलिफोन एक्जेञ्जमा सूचित गर्दा एक्जेञ्जमा सबै थोक ठीक भएको जवाब पनि आउन सक्छ।
* भुइँचालोभन्दा 100 देखि 150 मिनट अघि मोबाइल टेलिफोन सेवा पनि अवरुद्ध बन्छ र यो काम गर्न नसक्ने अवस्थामा हुनसक्छ।
* पशुमा देखिने पूर्व लक्षण
* भुइँचालोभन्दा 10 देखि 12 घण्टा अघि नै पशुप्राणी, पंक्षी, किरा-फटेेङ्ग्रा, सर्पणशील आदि प्राणी जगतमा अत्याधिक बाधा देखिन्छ र उनीहरूलाई बेचैन हुन्छन्। उनीहरूले अनावश्यक हल्ला र खटपटी वा चर्को आवाज निकाल्ने गर्छन्। डर र त्राससहित दिशाहिन ढङ्गमा यताउति कुद्ने गर्छन्।
* पंक्षी समूहमा हुन्छन् तिखो आवाज निकाल्छन्। रुख अथवा गुँडमा बस्दैनन् अनि न्यून उचाईंमा एकैसाथ उड्ने गर्छन्।
* सर्प, मूसा आदि घस्रने जीव-जन्तु त्रसित देखिन्छ। उनीहरू आफ्नो गुँड वा वासस्थानबाट बाहिरिन्छन्।
* घरेलु जवानरहरू जस्तै गाई, भैंसी, कुकुर, बिरालो, घोडा, गधा, कुखुरा-चल्ला आदि स्वतन्त्र हुन चाहन्छन् र स्वतन्त्र हुने प्रयास गर्छन्। हात्ती अति नै सम्वेदनशील हुन्छ र उनीहरूको असभाविक व्यवहार झट्ट देख्न सकिन्छ।
* कुवा वा पोखरीका माछाहरू पनि बाधित वा असान्त अवस्थामा झर्को गरी यताउती कुद्छन्। यदि भुइँचालो 7.0 भन्दा अधिक तीव्रताको भए कुवाको माछा पोखरी छोडेर भाग्ने प्रयासमा उफ्रने गर्छन्।
* किराहरू जस्तै खजुर, रेल किरा, कमिला आदि पनि अशान्त भएको संकेत दिन्छन्। साधारणतः कमिलाहरू एउटा रेखामा हिड्ने गर्छन् तर असभाविक अवस्थामा उनीहरू गोलाकार भएर एक माथि अर्को चडेर हिँड्ने गर्छन्।
* यदि घरेलु पशुको स्वामी छेउमा गए आफ्नो स्वामीलाई नै आक्रमक रूप देखाउने तथा एकदमै अशान्त सभाव देखाउँछ।
* यदि घरेलु पशुले यसप्रकारको अशान्त सभाव देखाए उनीहरूलाई स्वतन्त्र गर्नु। उनीहरूलाई खोर भित्र बन्द नराख्नु।
* चिडिया घर, राष्ट्रिय उद्यान, गोठ, डेरी, पोल्ट्री, सुङ्गुर पालन, आदि फार्महरूमा विविध प्रजातिका पशु प्राणी हुने भएकोले यहाँ असभाविक व्यवहारका परिणामहरू धेरै उपयोगी हुनसक्छ जो एकै स्थानमा एकै समय देख्न सकिन्छ।
* असभाविक मानवीय लक्षणहरू
* यो लक्षण अस्पतालमा डाक्टर, नर्स र अर्धचिकित्सा कर्मचारीले अवलोकन गर्न वा देख्न सक्छन्। यदि यस्तो लक्षण देखिएमा सम्वेदनशील मानिस अतिनै व्याकुल वा अशान्त देखिन्छ।
* रोगीको अचानक रक्तचाप बढ्नु, हृदयमा समस्या बढ्नु, टाउको दुख्नु, माइग्रेन, स्वस-प्रस्वसमा विकार उत्पन्न हुनु, आदि रोगहरूलाई लिन सकिन्छ।
* यसप्रकारका मनोदैहिक रोगहरू कुनै कारण बिनानै देख्न सकिन्छ।
* केही मानिस थकित महसुस गर्छन्। कतिपय मानिसलाई बान्ता आउने जस्तो र कतिपयलाई बान्ता हुनु। धेरै जसो व्यक्तिलाई अत्याधिक टाउको दुख्छ र यसको पछि त्यस समय कुनै कारण भन्न सकिँदैन।
* भुइँचालो आउनु भन्दा 10 देखि 15 घण्टा अघि अस्पतालमा बाहिरी रोग जचाउने (ओपीडी) ठाउँमा अचानक रोगीहरूको संख्या बढेर जान्छ।
* सबैभन्दा उत्कृष्ट संकेत अस्पतालमा सुत्केरीको संख्या हो। भुइँचालो आउने अन्तिम क्षणमा औसतभन्दा 3 देखि 5 गुणा सुत्केरी बढ्ने गर्छन्। भुइँचालो आउनु अघि साधारण औसतभन्दा 8 गुणा अधिक सुत्केरी संख्या बढ्ने सम्भावना हुन्छ।
* भारतमा सन् 1993 -मा महाराष्ट्रको लाटुर, सन् 2001-मा गुजरातको भुजमा, अन्दमानमा 2004 र कश्मिरमा 2005 -मा आएको भुइँचालोभन्दा अघि सुत्केरीहरूको संख्या औसतभन्दा अत्याधिक भएको देखिएको थियो।
* भुइँचालोभन्दा केही मिनट अघि देखिने लक्षणहरू के-के हुन्?
भुइँचालोभन्दा 100 देखि 150 मिनट अघि मोबाइल टेलिफोनको सेवा अवरुद्ध वा ठप्प हुन्छ।
* भुइँचालोभन्दा 10 देखि 30 मिनट अघि आकाशमा बहुरङ्गी चमक देखिन्छ जो असभाविक हुन्छ जसलाई सिस्मिक ग्लो (भुइँचालो चम्कन भनिन्छ) कहिले-काहीं खुल्ला गोलाकार वा अण्डाकार देखिन्छ। यो विशेष रात्रिकालमा हुन्छ। यदि आकाशमा बादल भए भुइँचालो चम्कनलाई देख्न सकिन्न। तर ठूलो भुइँचालो आउनु अघि त्यो चम्कन देखिन्छ। चीनमा 12 मई, 2008 -मा आएको 8.0 तीव्रताको सिचुवान आएको भुइँचालो अघि आकाशमा सिस्मिक ग्लो देखा परेको थियो।
पूर्व लक्षण देख्न सकेमा के गर्नु पर्छ?
* भुइँचालोबारे यदि निम्न प्रकारका लक्षण जस्तै सम्पूर्ण पशु-प्राणी जगतले असभाविक व्यवहारको संकेत दिए,
* रेडियो र टेलिभिजनको ग्रहण क्षमता बाधित भए,
* मोबाइल टेलिफोन ठप्प भए,
* ओपीडीमा डाक्टरहरूले रोगहीरूको संख्या बडेको पाए अथवा साधारण औसतभन्दा धेरै गुणा अधिक सुत्केरी भए,
* वातावरण असभाविक र झर्को लाग्दो भएमा स्थानीय प्राधिकरणलाई सूचित गर्नु,
* दोस्रो कुरा साथी-भाई, इष्ट-मित्र वा आफन्तमा फोनमार्फत 20 देखि 50 किलोमिटरको टाडामा सोही प्रकारको वातावरण छ/छैन त्यसको जानकारी लिनु,
* यदि विभिन्न स्थानमा सोही प्रकारको दृश्यहरू अवलोकन भए (15 देखि 20 स्थान जो 20 देखि 30 किलोमिटरको दूरीभित्र) भए त्यहाँ कुनै पनि समय भुइँचालो आउन सक्छ भन्ने एउटा लक्षण हुन्छ।
* यस्तो अवस्थामा घरको बिजुली, ग्यास र पानी, फायर स्टेग्युस चुल्हा आदि बन्द गर्नु र घरदेखि बाहिर खुल्ला मैदानमा निस्कनुु र घर भत्किएर आउने स्थानदेखि अलग्गै रहनु।
* काँचो खाद्य सामग्री जस्तै चाना, चिउरा, पुवा, मूरै, कोमल चामल, आदि घरबाट बाहिर निस्कनभन्दा अघि तयार राख्नु। किनभने, यी खाद्य सामग्रीलाई नपकाइकन अथवा आगो, पानी र नून नभए पनि खान सकिन्छ। केही दिनसम्म मानिस यसप्रकारको खाद्य सामग्रीमार्फत बाँच्न सक्छन्। यी सामग्री चाँडै बासी हुँदैनन्। घरमा केही पानीको बोतल र आपतकालीन औषधीको पनि व्यवस्था गर्नु।
* खुल्ला स्थानमा बस्दा वा उभिँदा छेउछाउमा भएको बस्तुमा ध्यान दिनु जस्तै रुख, आकाशको बादल आदि अवलोकन गर्नु। यदि छेउछाउमा नदी-नाला भए त्यसको बहाव अवलोकन गर्नु।
* अति महत्वपूर्ण
कुनै एक स्थानमा कुनै एक लक्षण देखेर चुडान्त कुनै निर्णय लिएर त्यसलाई स्वीकारेर नउफ्रिनु।
माथि उल्लेख गरिएका विषयलाई नियमपूर्वक पालन गरी अवश्यै नै भुइँचालोको जोखिमलाई नियन्त्रणमा राख्दै जीवन बचाउन सकिन्छ।
Comments
Post a Comment