गाउँमुखी सरकार !


राज्यको कूल बजेटको 70 प्रतिशत अंश ग्रामिण विकासमा खर्च गर्ने एसडीएफ सरकारले नीति निर्धारण गरेर ग्रामिण जनतालाई जुन न्याय दिने काम गर्दै आएको छ, त्यसको गुण यस पल्टको चुनाउ जनताले एसडीएफलाई फर्काएर पुनः सरकारमा ल्याए। एसडीएफ पार्टीले पञ्चम् विजयी हाँसिल गरेर पुनः सिक्किमको सत्ता हाँक्ने जनताबाट जनादेश प्राप्त गरेको छ। यस ऐतिहासिक विजयका निम्ति एसडीएफ पार्टीको भाग्य निर्माण गर्ने नै ग्रामिण जनता भएको चुनाउको परिणामले स्पष्ट पारेको छ। यहाँ महत्वपूर्ण कुरा के छ भने ग्रामिण जनतालाई न्याय दिन एसडीएफ पार्टीले बजेटको 70 प्रतिशत अंशसितै अन्य धेरै नीति निर्माण गरेर गाउँको विकास गर्ने विषयलाई उच्च प्राथमिकता दिएको छ। सबै समष्ठिमा ग्राम विकास केन्द्रहरूको स्थापना गर्नु, महकुमा कार्यालयहरूको स्थापना गरेर ग्रामिण क्षेत्रमा जनतालाई सरकारी काम-ताजका महत्वपूर्ण कार्यहरूको सेवा दिनु, सत्ता विकेन्द्रिकरण गरेर पञ्चायतलाई प्रशासनिक शक्ति प्रदान गर्नु, ग्रामिण पर्यटनको नीति निर्माण गरेर गाउँमा नै आय श्रोतको माध्यम सिर्जना गर्नु, आर्थिक सामान्ताका निम्ति सहकारी समितिको स्थापना गरेर समानुपातिक ढङ्गमा समाज विकासका योजनामा सहभागि बनाउने विषयहरू महत्वपूर्ण छन्। यसरी नै गाउँबाट युवा वर्गहरू रोजगारको खोजीमा पलायन नहुन भनेर उनीहरूलाई स्वरोजगार बनाउने विकल्पको शुरू गर्ने, जीविकोपार्जन स्कूलको स्थापना गरेर जीविकोपार्जन साथै भविष्य निर्माण अघी बढाउने, ग्रामिण क्षेत्र वा सरकारी स्कूलका नानीहरूलाई मुख्यमन्त्री मेधावी छात्रवृत्ति प्रदान गरेर  सामाजिक सामान्ता स्थापना गर्ने पहल गर्ने जस्ता नीतिहरू अनुकरणीय छन्। 

एसडीएफ सरकारको वितेका 4-वटा कार्यकालमा ग्रामिण क्षेत्रमा भएका अधिकाशं बीपीएल परिवार अहिले एक तले विल्डिङका मालिक बनेका छन्-बन्दैछन्। राज्यको गरिबीस्तर पनि घटेको छ। यहाँ महत्वपूर्ण कुरा के छ भने ग्रामिण क्षेत्रलाई मात्र एसडीएफ प्राथमिकता दिएको छ अनि शहरी क्षेत्रलाई अवहेलना गरेको छ त? भन्ने विषय। यसको उतर सर्वाङ्गीन विकास पुरस्कारका रूपमा भारत सरकारले दिइसकेको छ। राजधानी गान्तोकको एमजी-मार्गमा घुम्म जानेले कमिला हिडेको देख्न सक्छन् अनि अविकसित शहरबाट आउनेले देउरालीमा नै जुत्ता चपल खोलेर आएको भए पनि हुन्थिएछ भन्ने अनुभव गर्छऩ्। यो क्रम राजधानीमा मात्र होइन राज्यका अन्य प्रमुख शहरमा पनि त्यस्तै छ।
 शहरी विकास सुन्दरीकरण अवश्य नै व्यापार धन्दा फस्टाएको छ। यद्यपि, यो विकासलाई शहरी क्षेत्रले स्वीकार नगरेको चुनाउ  परिणामको घोषणाले  स्पष्ट गरेको छ। यसले  सामान्तवादको उदय त होइन भन्ने सङ्केत पनि दिन्छ अनि कतै विकास, गाउँको प्रगति र सम्वृद्धि, शान्ति सुरक्षाको धरोहर मानिने सिक्किमको भाग्यलाई चुनौती दिने क्रम शुरू भएको त होइन भन्ने प्रश्‍न उत्तिकै महत्वपूर्ण छ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद