विश्व पर्यावरण दिवस

 5 जुन विश्व पर्यावरण दिवस संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरण प्रति वैश्विक स्तरमा राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ।यसको शुरुवात सन् 1972 मा 5 जूनदेखि 16 जुनसम्म संयुक्त राष्ट्र महासभाद्वारा आयोजित विश्व वातावरण सम्मेलन बाट भएको हो। ।5 जुन सन् 1973  का दिन पहिलो विश्व  पर्यावरण दिवस मनाइएको थियो।विश्व पर्यावरण दिवस संयुक्त राष्ट्र द्वारा सकारात्मक पर्यावरण कार्य गर्नलाई विश्वभरि नै मनाइने उत्सव हो।पर्यावरण र जीवनको गनिष्ठ सम्बन्ध छ।पर्यावरण प्रदूषणको समस्यामा  सन् 1972 मा संयुक्त राष्ट्र सङघले स्टाकहोम (स्वीडन)मा  विश्व भरिका देशहरूको पहिलो  पर्यावरण सम्मेलन आयोजित गरिएको थियो । यसमा 119 देशहरूले भाग लिएका थिए र पहिलो पल्ट  पृथ्वीको एक सिद्धान्तलाई मान्य गरियो। यसै सम्मेलनमा संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम (UNEP) को  जन्म  भयो तथा प्रति वर्ष 5 जूनको दिन पर्यावरण दिवस आयोजित गरेर नागरिकहरूलाई प्रदूषणको समस्या बारे अवगत गराउने निश्चय गरियो। यसको मुख्य उद्देश्य पर्यावरण प्रति जागरूकता ल्याउदै  राजनीतिक चेतना जागृत गर्नु र आम जनतालाई प्रेरित गर्नु रहेको थियो । त्यस  गोष्ठीमा हाम्रो देश भारतकी तत्कालीन प्रधानमन्त्री श्रीमती इन्दिरा गान्धीले 'पर्यावरणको बिग्रन्दो स्थिति र त्यसबाट  विश्वको भविष्यमा प्रभाव' विषयमा  व्याख्यान दिएकी थिइन। पर्यावरण-सुरक्षाको दिशामा यो  भारतको शुरूवाति पाइला थियो। त्यही समयदेखि हामी प्रत्येक वर्ष 5 जूनको दिन  विश्व पर्यावरण दिवस मनाउदै आएका छौ। 

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद